Tuesday, February 1, 2011

एउटै भेषभुषामा एकै पल्ट हजारौको उपस्थिित

एकै ठाँउमा । एकै दिन । एकै समय । एउटै र उस्तै भेषभुषा लगाएर कति मानिस उपस्थित होलान एक साथ पाँच हजार भन्दा बढी यसरी उपस्थित होलान भन्ने तपाइलाइ लागेको छैन भने यो गलत साबित गराएका छन पुर्वी नेपालका धिमाल मलिाहरुले ।
सय जना या बढीमा एक हजार या यस्तै अनुमान लगाउनु भएको होला तर झापाको दमकमा आइतबार शुरु भएको आदिबासि जनजाति एबं धिमाल महोत्सब २०११को पहिलो दिन पाँच हजार भन्दा बढी धिमाल महिलाहरु परम्परागत भेषभुषामा एक साथ उपस्थित भएर सबैलाइ अचम्मित बनाएका छन ।
आफैले बुनेको पेटानीसेतो पटुकी र चोलोमा बिभिन्न परम्परागत गरगहनामा सजिएका धिमाल महिलाहरु महोत्सबको आकर्षण बने ।
स -साना धिमाल बालबालीका देखि लिएर सधै पेन्ट सर्टमा देखिने धिमाल युवायुवती समेत धिमाल पोशाकमा आएकाले एउटै भेषभुषामा यति धेरै धिमालहरु भेला भएकोमा आयोजक नै दङ्ग परेका थिए ।
मौलिक र परम्परागत भेषभुष हराइरहेको बेला यसरी एकै साथ पाँच हजार भन्दा बढी महिला तथा पुरुष परम्परागत भेषभुषामा सजिएर निस्कनुले एउटा नयाँ सन्देश दिइएको नेकपा एमाले झापा जिल्ला उपाध्यक्ष लोकबहादुर धिमाल बताउनु हुन्छ ।
धिमाल जाती बिकास केन्द्रका बिभिन्न गाँउ समिति र टोल समितिबाट औपचारीक निर्णय गरेर झापा मोरङ र सुनसरी जिल्लाबाट परम्परागत भेषभुषामा धिमालहरु कार्यक्रममा सहभागी भएको धिमाल जाती बिकास केन्द्रका अध्यक्ष रामबहादुर धिमालले बताउनु भयो ।
कार्यक्रममा सहभागी धिमालहरुले भेषभुषाको ब्यवस्था आफै गरेको र प्रतेकको घरघरमा परम्परागत भेषभुषा जिबित रहेको यसले देखाएको माच सम्बद्ध संघिय लिम्बुवान राज्य परिषदका केन्द्रिय सदस्य वाङयाइ धिमालले जनाउनु भएको छ ।
दमक नगर पालीकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले धिमाल जातिको सास्कृतिक मोह र परम्परा जोगाउने यो कदम अनुकरणिय भएको र यति धेरै एउटै भेषभुषामा एकै ठाँउमा धिमालहरुको सभागिता नसोचेको बताउनु भयो ।
एउटै घरका सात आठ जना सम्म मौलिक परम्परालाइ जोगाउनका लागी परम्परागत भेषभुषामा सहभागी भएको र नयाँ बन्ने संबिधानमा मौलिक सस्कृति र परम्परा जोगाउने राज्यको जिम्मेवारी उल्लेख गरीनु पर्ने आफुहरुको माग पुरा गराउन दबाब पनि यसले मिल्ने धिमाल युवा अजित धिमाल बताउनु हुन्छ ।
धिमालका अनुसार पच्चिस सय भन्दा बढी धिमाल युवाहरु मौलिक भेषभुषामा आएका थिए भने यसमा अधिकाँश युवतीहरु नै रहेका थिए ।
महोत्सब उद्घाटनका लागी दमक आउनु भएका नागरीक उड्यान तथा पर्यटन मन्त्रि शरदिसंह भण्डारीले धिमालको मौलिक भेषभुषा देखेर यस्ता सस्कृतिको जगेर्ना गर्नु राज्यको दायित्व भएको र यसमा राज्य पछि नपर्ने पनि बताउनु भएको थियो ।
यहाँको सबै भन्दा पुरानो आदिबासि समुदायको रुपमा रहेको धिमाल जातीको बसोबास पुर्वी नेपालको झापा मोरङ र सुनसरी जिल्लामा मात्र रहेको छ ।

No comments:

Post a Comment