तपाइको मोटरसाइकल या अन्य सवारी साधनको नम्बर प्लेटमा डिजिटल प्रबिधिबाट नम्बर हाल्नु भएको छ यदि त्यस्तो छ र दमक आउदै हुनुहुन्छ भने तपाइ कार्बाहिमा पर्नु हुनेछ र नम्बर प्लेट नफेरेसम्म तपाइले तपाइको लाइसेन्स पनि पाउनु हुने छैन ।
इलाका ट्राफिक प्रहरी कार्यलय दमकले मंगलबार देखि डिजिटल रुपमा लेखिएका नम्बर प्लेट राख्ने सवारी साधन माथि कार्बाहि शुरु गरेको छ भने एक हप्ताको अबधिमा पाँच तीन हजार भन्दा बढी सवारी साधनले नम्बर प्लेट परिर्वतन गरेका छन ।
यसरी डिजिटल रुपमा नम्बर प्लेटमा नम्बर राख्नेहरुमा सबै भन्दा बढी मोटरसाइकल र निजि कारहरु रहेका छन ।
सवारी ऐनमा डिजिटल नम्बरबाट लेखेर नम्बर प्लेट राख्न नपाउने र अगे्रजीमा पनि लेख्नु नहुने भनिएपनि यसको पालना गरेको नपाएपछि ट्राफिकले यसमा कडाइ गरेको हो ।
सवारी साधनको अगाडी भागमा सबैले देख्ने गरी र पछाडी पनि यसरी नै नेपाली भाषामा नम्बर राखिनु पर्ने भएपनि अंग्रेजीमा समेत नम्बर राख्ने गरेको पाइन्छ ।
नम्बर प्लेटमा डिजिटल रुपमा अक्षर नबुझिने गरी र नम्बर हेर्दा आँखा नै बिग्रने गरी समेत राखेको पाइएकोले यसमा कडाइ गर्नु परेको जनाइएको छ ।
इलाका ट्राफिक प्रहरी कार्यलय दमकका प्रमुख होमप्रसाद अधिकारीका अनुसार डिजिटल रुपमा नम्बर लेखेर नम्बर प्लेटमा टाँस्ने र अपराधिक कार्य गरेर तथा दुर्घटना गराएर तत्काल त्यो नम्बर च्यातेर फ्यालिदिने गर्नाले अनुसन्धानमा बाधा पुग्ने गरेको पाइएकाले यो अभियान थालिएको हो ।
अहिले शुरुमा जरिवाना नगरीएको र त्यस्ता नम्बर प्लेट राख्नेको लाइसेन्स राखेर नम्बर प्लेट फेरेर आएपछि लाइसेन्स उपलब्ध गराउने गरेको अधिकारीले बताउनु भएको छ ।
यस कार्यले अपराधमा संलग्न सवारी साधन र दुर्घटना गराउने सवारी साधनको पहिचानमा समेत सहयोग पुग्ने प्रहरीले बताएको छ ।
झापाका प्रमुख बजारहरुमा डिजिटल रुपमा लेखिने मेशिनहरु भित्रिए संगै अधिकाँश सवारी साधनहरुले सवारी साधनमा डिजिटल नम्बर नै हाल्दै आएका थिए भने अहिले स्थानिय हस्तकला केन्द्रहरुमा भिड लाग्न थालेको छ ।
शुरुमा डिजिटल नम्बर हटाउन समय दिने र लाइसेन्स राखिदिने गरीएपनि बारम्बार अटेर गर्नेलाइ भने कार्बाहि नै गरीने ट्राफिक प्रहरीले जनाएको छ ।
पुर्व पश्चिम राजमार्गको दमक र लखनपुर सडक खण्डमा दैनिक रुपमा ट्राफिक प्रहरी बसेर डिजिटल नम्बर प्लेट लगाएका मोटरसाइकल र अन्य सवारी साधनलाइ नम्बर प्लेट फेर्न भन्दै आएका छन ।
यस कार्यलाइ निरन्तरता दिइने र एक महिना भित्रमा यस क्षेत्रमा कुद्ने सबै सवारी साधनबाट डिजिटल नम्बर हटाइ सकिने इलाका ट्राफिक प्रहरी कार्यलय दमकले जनाएको छ ।
केहि लब्ध प्रतिष्ठित ब्याक्ति र राजनैतिक दलका स्थानिय नेताहरुको समेत लाइसेन्स लिइएको र उहाँहरुले भने अलि अप्ठ्यारो मानेको ट्राफिक श्रोतले बताएको छ ।
सबैलाइ समान ब्यवहार गर्न र कानुन सबैलाइ पालना गराउन आफुहरु प्रयत्नशिल रहेको ट्राफिकको भनाइ रहेको छ ।
जुनसुकै जिल्ला र जुन सुकै ठाँउका मोटरसाइकललाइ पनि डिजिटल नम्बर हटाइन लगाइएको र नम्बर प्लेट लेखेर आएपछि मात्र लाइसेन्स दिइने गरेको बताइएको छ ।
केहि दिन अघि सम्म डिजिटल नम्बर लेखाउन डिजिटल मेशिन भएको ठाँउमा लाइन बस्ने सवारी साधन चालक तथा मालिकहरु अहिले हस्तकलाहरुमा लाइन बसेर नम्बर प्लेट लेखाउन थालेका छन ।

No comments:
Post a Comment