कुकुरलाई हरेक बिहान डुलाउनुपर्ने भएकाले कुकुरको मालिकले आफ्नो स्वास्थ लाभ गर्ने गर्छ ।
हरेक बिहान केही समय पैदल हिँड्नु स्वास्थ्यका लागि लाभदायी मानिन्छ । तर, तपाइर्ंलाई बिहान-बिहान पैदल हिँड्न अल्छी लाग्छ भने त्यसको सजिलो उपाय छः तपाइर्ंले घरमा एउटा कुकुर पाल्नुहोस् । हालै गरिएको एउटा अध्ययनले कुकुरले आफ्नो मालिकलाई उसको जीवनकालमा २३ हजार माइल पैदल हिँड्न बाध्य पार्ने तथ्य पत्ता लागेको छ । कुकुरलाई हरेक बिहान डुलाउनुपर्ने भएकाले कुकुरको मालिकले आफ्नो स्वास्थ लाभ गर्ने गर्छ ।
अध्ययनले एक व्यक्तिले आफ्नो कुकुरलाई एक सातामा ८ घन्टा ५४ मिनेट डुलाउने गरेको तथ्य खुलाएको छ । यस हिसाबले कुकुर धनीले एक दिनमा ३६ माइल यात्रा गर्छ भने एक वर्षभरिमा उसले १८५५ माइल पैदल यात्रा गर्छ । कुकुरको औसत आयु १२ वर्ष आठ महिना हुन्छ । कुकुरलाई उसको जीवनका भरि डुलाउँदा मालिकले झन्डै २३ हजार ७ सय ३९ माइल यात्रा गर्न पुग्दछ । इन्स्योरेन्स र्फम इस्युरले आफ्नो अध्ययनमा कुकुर एक दिनमा औसमतमा सात माइल हिँड्ने गरेको उल्लेख गरेको छ ।
शोध अध्ययनका क्रममा कुकुरधनी आम मान्छेको तुलानामा बढी स्वस्थ र फुर्तिलो रहने गरेको पाइएको छ । यसो हुनमा कुकुरलाई डुलाउन लग्दा मालिकको शरीरको समेत स्वतः व्यायाम हुने तथा कुकर खेल्ने भएकाले मालिकले घरपालुवा जनावरको स्नेह र इमान्दारीता पनि महसुस गर्ने गर्दछ । जसकारण उनी सधैँ प्रफुल्ल रहुन्छन् । कुकुर निकै बफादार जनावर भएकाले मान्छेले उबाट बफादारिता सिक्न पाउँछ । अध्ययनकर्ताले लामो आयु बाँच्न चाहनेलाई कुकुर पाल्ने सल्लाह दिएका छन् ।

No comments:
Post a Comment