Monday, February 7, 2011

अझै पनि यौन सम्पर्क गर्न मन लाग्छ....................


हिजोआज पनि गाउँमा अन्तर्रजातीय विवाह त्यति सहज छैन । बाहुनको छोराले तमाङ्नी विवाह गरेको कुरा सुन्दा गाउँलेहरू अझैँ नाक खुम्च्याउछन् तर गाउँका अनपढ एक ब्राहृमणले अर्कैकी तामाङ श्रीमती त्यो पनि जारी तिरेर लैजादा अन्तर्रजातीय विवाहमा क्रान्ति नै गरेको मान्नुपर्छ । तिनैको नाम हो प्रेमनाथ न्यौपाने । जसले ६५ वर्ष पहिले आˆनै गाउँ नजिकैको धनकुमारी तामाङसँग प्रेम विवाह गरे । माया प्रेम बसेपछि के लाग्दोरहेछ र । न्यौपानेले ६५ वर्ष पहिले धनकुमारीलाई ६० रुपियाँ जारी तिरेर गाउँ भगाए । तीन वर्षपछि गाउँ र्फकदासमेत उनलाई गाउँलेले कुरा काट्न छाडेनन् आज उनका छोराहरूले समेत तामाङ्नी युवती विवाह गरेर गाउँमा विवाहमा क्रान्ति नै ल्याएका छन् । नुवाकोट काहुने गाविस-९ चलाङ डाँडामा १९६५ मा जन्मिएका प्रेमनाथको शारीरिक र मानसिकरूपमा पनि अझ उत्तिकै फूर्तिला देखिन्छन् ।
९० वषर्ीया धनकुमारी पनि विवाह गर्दा जस्तो दिगो माया बूढाबूढीमा अहिले पनि रहेको बताउँछिन । यी बूढाले मलाई भगाउँदा जति राम्रो लागेको थियो । अहिले पनि 'उस्तै लाग्छ' धनकुमारीले भनिन । आजभोलि पनि फिकुरी गाविसको सातदोबाटोसम्म दुई घण्टा हिँडेर चिनी चियापत्ती साबुन आफैँ किन्न जाने गरेको न्यौपानेले बताए । चार छोरा र आठ छोरीको धनी न्यौपाने दम्पत्ती अचेल छुट्टै बस्दै आएका छन् । उनको दुई छोराले पनि तामाङ्नी नै विवाह गरेका छन् । पढ्न लेख्न नजानेका न्यौपानेले श्लोक भने मज्जाले भन्दारहेछन् । उनको प्रेममयी श्लोकमा लठ्ठएि प्रेम गरेको धनकुमारीले बताइन् ।
उमेरले बूढो भए पनि यिनीहरूको १६ वर्षे जस्तै मिल्ने जोडी देख्दा जो कोहीलाई पनि लोभ लाग्छ । गाउँको ताजा दही ध्यु, मही सागपात नै हालसम्म तन्दुरुस्तीको कारण उनले खुलाए । समयमा खाना खाने, आराम गर्ने बानीले पनि स्वस्थ रहन सघाएको यी दम्पत्तीले बताए । उनीहरूले अहिलेसम्म बिरामी पर्दा औषधि खाएका छैनन् । गाउँमा जडीबुटी सङ्कलन गरेर औषधि बनाएर खाने गरेको प्रेमनाथ न्यौपानेले बताए । उनलाई अझै पनि यौन सम्पर्क गर्न मन लाग्छ तर शरीरले साथ दिदैन ।

No comments:

Post a Comment