परम्परागत भेषभुषा सजिएका सन्थाल महिलाहरुको बाक्लै उपस्थिति । ति मध्ये एक महिलाको टाउकोमा माटोको घैटा ।त्यहाँ भित्र जाँड र भुँजा ।स्टेजमा पालैपालो सबैलाइ भिन्न प्रकारले नमस्ते गरेर अभिबादन ।
यो दृश्य रहेको थियो दमकमा माघ १६ गते देखि जारी आदिबासि जनजाति एबं धिमाल महोत्सब पर्यटन बर्ष २०११ को अवसरमा सोमबार सन्थाल समुदायले प्रदर्शन गरेको आफ्नो लोपन्मुख बन्दै गएको परम्परा एबं सस्कृति ।
लोपन्मुख सन्थाल नृत्य देखि लिएर हरेक मेला तथा चाडमा स्ान्थाल पुरुषहरुको मात्र उपस्थिति देखेका पुर्वेलीहरुले एक साथ सन्थाल पुरुष र महिला संगै नाँचेको कमै मात्र देखेका थिए ।
लोपन्मुख अवस्थामा पुग्न लागेको सन्थाल जाती र यसमा महिलाहरु आर्थिक राजनैतिक सामाजीक लगायत हरेक क्षेत्रमा पछाडी परेका छन भने उनिहरु यस्ता महोत्सब तथा मेलाहरुमा पुरुस संग नाँचेको देख्नेहरु सायदै मात्र होलान ।
चाडपर्वमा लाग्ने मेलाहरुमा र बिशेष गरी दशै मेलामा प्रदर्शन गरीने सन्थाल नृत्यमा महिलाहरुले नृत्य गर्ने गरेको पाइदैन ।
उनिहरु मेलामा उपस्थिति जनाउन त आउछन तर उनिहरु पुरुष संग नाच्ने भने गर्दैनन ।
तर आइतबार डेढ दर्जन भन्दा बढी सन्थाल महिलाहरु हजारौ दर्शकको अगाडी झकिझकाउ स्टेजमा पन्ध्र बर्ष उमेर देखि पचास काटेका सम्मले कम्मर मर्काइ मर्काइ पुरुषहरु संगै नाँचे ।
नाँच्नमा मात्र सिमित रहेनन उनिहरु । सन्थाल महिलाहरुले हातमा माइक्रोफोन लिएर सन्थाल गीत पनि गाए ।
चालीस बर्ष काटेका सन्थाल महिलाहरुले माइक्रोफोन हातमा समातेर गीत गाँउदा र बुढापाका पुरुषहरु संगै सन्थाल महिला नाँचेको देखेर आफु पनि अचम्ममा परेको आदिबासि जनजातिका नेता नित्यानन्द ताजपुरीयाले बताउनु भयो ।समाजमा उनिहरु धेरै परिवर्तन भइसकेको र उनिहरुलाइ समाजले अवसर दिन नसकेको आफुलाइ लागेको ताजपुरीयाले बताउनु भयो ।
महोत्सबमा सहभागी एक सन्थाल बृद्ध बुर्कु मर्डिका अनुसार उहाँलाइ यसरी ठुला स्टेजहरुमा सन्थाल महिलाहरुले आफ्नो कला देखाएको थाहा थिएन ।
आफ्ना चेलीबेटीहरुले हराउदै गएको कला सस्कृति देखाउदा आफुलाइ धेरै खुसि लागेको उहाँले बताउनु भयो ।
आफुहरुको पहिचान र परम्परालाइ कसैले वास्ता नगरेकोले हराउदै गएको र चेलीबेटीहरुलाइ गिज्याउने गरेकाले आफुलाइ दुख्ख लाग्ने गरेको मर्डिले दुखेसो पोख्नु भयो ।
दमककी माहिली सतारले पनि यसरी आफुहरुलाइ मेलामा जानु पर्छ र आफ्नो सस्कृति देखाउनु पर्छ भनेर पहिलो चोटी भनिएकाले हेर्न आएको बताउनु भयो ।
पन्ध्र मिनेट सम्म स्टेजमा प्रस्तुती देखाइरहदा सन्थाल महिलाहरुले परम्परागत सन्थाल भाषाकै मौलिक गित गाए भने पुरुषले बाजा गाजा बजाए ।
त्यसैको तालमा डेढ दर्जन भन्दा बढी सन्थाल महिला र केहि सन्थाल पुरुष नाँचमा सहभागी भए ।
पुर्वी नेपालको झापा र मोरङमा बसोबास रहेको तथा फाट्टफुट्ट मात्र सुनसरी जिल्ल्ाामा रहेको यो जाती यस क्षेत्रमा अन्य जातिको तुलनामा धेरै पछाडी परेको जाति हो ।
सोझा र इमान्दर सन्थालहरु गरिबिका कारण यहाँ बाट बर्षेनी पलायन भएर भारत तिर जाने गरेका छन ।
गरिबि र अशिक्षाले गर्दा उनिहरुको परम्परागत सस्कृति र रितिरिवाज समेत हराउदै गएको छ ।

No comments:
Post a Comment