Tuesday, February 22, 2011
निरन्तरको आन्दोलनले दमक क्याम्पस अस्तब्यस्त
पुर्वााचलमा नै राम्रो ख्याती कमाएको झापाको दमक बहुमुखि क्याम्पसमा केहि समय यता दिनहु जसो भएको आन्दोलनले क्याम्पस धराशयी बनेको छ भने दोश्रो उच्च शिक्षा परियोजनाको काम समेत प्रभावित बनेको छ ।
क्याम्सका प्राध्यापकहरु आन्दोलनमा उत्रिएपछि क्याम्पसको पठनपाठन समेत अस्तब्यस्त बनेको छ भने क्याम्पस प्रमुख माथि हातपात भएको बिषयले तनाब पनि सिर्जना भएको छ ।
क्याम्पस प्रमुख हरिप्रसाद जैसवालले आफुमाथि दुब्र्यवहार तथा हातपात भएको बताएपनि आन्दोलनरत शिक्षकहरुले हातापात नगरेको जनाएका छन ।
एक साता देखि प्राध्यापक तथा क्याम्पस प्रमुख र ब्यवस्थापन पक्ष बिचको किचलोको कारण बिद्यार्थीहरुको पडाइमा अबरोध सिर्जना भएको छ भने बिद्यार्थीहरुले पठनपाठन तत्काल शुरु गर्न माग गरेका छन ।
अनेरास्यबियु अनेरास्यबियु क्रान्तिकारीनेबिसंघ।संघिय बिद्यार्थी युनियनले संयुक्त बिज्ञप्ति जारी गरेर बार्ता बाट समस्याका सामधान खोज्न र चौबिस घण्टा भित्र पढाइ संचालन गर्न माग गरेका छन ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सुरेश सुब्बाका अनुसार प्राध्यापकहरुको मागको बिषयमा ब्यवस्थापन समितिले चासो दिएपनि प्राध्यापकहरुले क्याम्पस र बिद्यार्थीको हित भन्दा ब्याक्तिगत हित र स्वार्थमा लागेकाले समस्या आएको बताउनु भएको छ ।
क्याम्पसमा शिक्षाको गुणस्तर अभिबृद्धि गर्न र यहाँको भौतिक पुर्वधार निर्माणका लागी सत्र करोड रुपियाँ बजेट दोश्रो उच्च शिक्षा परियोजना अन्र्तगत क्याम्पसले प्राप्त गरीरहेको अवस्थामा क्याम्पसमा असहजता आएकाले यो परियोजना समेत प्रभावित बन्ने सम्भावाना रहेको एक ब्यवस्थापन समितिका सदस्यले बताउनु भएको छ ।
क्याम्पसले उच्चमाबि र त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत रहने गरि प्राध्यापकहरुको बर्गिकरण गरेको भन्दै उच्च्ा माबि तहका प्राध्यापकहरुले आफुहरुलाइ पनि त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत नै राखिनु पर्ने माग अघि सारेका हुन ।
उच्च माबिमा अध्यापनका लाथि नियुक्ति दिइएको र यसैमा राजि भएर आएका प्राध्यापकहरुले अहिले त्रिभुवन बिश्वबिद्यालयकै प्राध्यापकको रुपमा आफुहरुलाइ समाबेश गर्नु पर्छ भन्ने माग न्यायोचित नभएको क्याम्पस ब्यवस्थापनले जनाएको छ ।
आन्दोलन गरीरहेका प्राध्यापकहरुले आफलु चाहि क्याम्सको नियम पालना नगरीरहेको र अन्य उच्च माबिमा समेत पडाइरहेको अवस्था रहेको भन्दै प्राध्यापकहरुको यो आन्दोलन क्याम्पसको अवस्था बिगार्न मात्र भएको एक ब्यवस्थापन समितिका सदस्यले आरोप लगाउनु भएको छ ।
पुरै समय अबधिभर आफ्नो पिरियड नपढाउने र समय निकालेर अर्को उच्च माबि जाने प्राध्यापकहरुले आफुहरुलाइ त्रिभुवन बिश्व बिद्यालय अन्र्तगत रहने गरि बर्गिकण गर्नु पर्ने माग उठाउनु हास्यस्पद भएको ति सदस्यले बताउनु भएको छ ।
क्याम्समा उच्च माबि पनि रहेकाले उच्च माध्यमिक शिक्षा परिषद अन्र्तगत दश जोड दुइका प्राध्यापक सबैलाइ त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत राख्न सिफारिस गर्न नसकिने क्इाम्पस श्रोतले जनाएको छ ।
पुर्वााचलमा दोश्रो उच्च शिक्षा परियोजना लागु भएको क्याम्पस दमक बहुमुखि क्याम्पस मात्र भएको र प्राध्यापकहरुको कार्यले यो परियोजना संकटमा पर्न लागेको जनाइएको छ ।
अठ्ठाइस जना आन्दोलनरत प्राध्यापकहरुले भने आफुहरुको आन्दोलनले परियोजनालाइ असर नगर्ने दाबि गरेका छन ।
आन्दोलनरत प्राध्यापक धनाजय बास्कोटाका अनुसार आफुहरुलाइ दुबै तिरको नियुक्ति दिइएको तथा दुबै तिर पडाउन भनिएको भएपनि अहिले आएर बिभेदकारी रुपमा बर्गिकरण गरि त्रिभुवन बिश्वबिद्यालयमा नाम सिफारिस नगरिएकाले आन्दोलन गर्नु परेको बताउनु भयो ।
क्याम्पसको समय चोरेर अन्यत्र आफुहरुले नपडाएको र एउटा क्याम्पस पडाउनेले अर्कोमा पडाउन नपाउने भनेर कहि उल्ल्ोख नभएको भन्दै देश ब्यापि रुपमा यो नियम लागु भए आफुहरुले पनि पालना गर्ने बास्कोटाले बताउनु भएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment