Friday, February 4, 2011
‘कल गर्ल’को अन्तराष्ट्रिय संजाल
* डिएसपी थापाको आत्महत्यामा कल गर्ल को हात
* भारतका व्यापारीदेखि मन्त्रीसम्म सम्पर्क
नेपालमा ‘कर्ल गर्ल’ को अन्तर्राष्ट्रिय संजाल रहेको र धेरै नेपाली युवती यसमा संलग्न रहेको रहस्य खुलेको छ । काठमाडौंको बसुन्धरामा केही दिनअघि आत्महत्या गरेका प्रहरीका डीएसपी कन्चन थापाको आत्महत्याबारे अनुसन्धान गर्दै जादा प्रहरीले यो रहस्य फेला पारेको हो । डीएसपी थापाले समेत पेशेवर बेश्याको चुंगुलमा परेर आत्महत्या गरेको खुलासा भएको छ ।
आत्महत्याका समयमा थापासँगै रहेकी खोपकुमारी अधिकारीसँगको बयानका क्रममा प्रहरीले सो तथ्य पत्ता लगाएको हो । अधिकारीले सुरुमा आफू थापाको श्रीमती भएको दावी गरेपनि प्रहरीसँगको बयानका क्रममा पेशेवर यौन व्यवसायी ‘कलगर्ल’ भएको र आफ्नो सञ्जाल भारतदेखि सिंगापुरसम्म रहेको स्वीकार गरेकी छन् ।
खोपकुमारीले नेपालदेखि भारत, थाइयान्ड र सिंगापुरसम्मका विभिन्न सहरमा नेपाली युवती पुर्र्याउने गरेको र सञ्जालमा २० देखि २५ जना युवती संगठित रहेको बताएकी प्रहरी उच्च स्रोतले बताएको छ । नेपालबाट विभिन्न ठाउँमा ‘कलगर्ल’ का रुपमा काम गर्दै आएका केहीको नाम र तस्बिरसमेत फेला परेको प्रहरीको जनाएको छ । जसमध्ये केही उच्च बर्गका महिला समेत सलग्न रहेको प्रहरीको दावी छ ।
थापाको आत्महत्याको कारण बेश्या
डिएसपी थापाले पनि वेश्याको चंगुल फसेर नै आत्महत्या गर्नुपरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । थापाले खोपकुमारीलाई चार वर्षदेखि बसुन्धरामा घर भाडामा लिएर राख्दै आएका थिए । खोपकुमारीसँगको प्रेममा समेत परेका थापाले विवाहको योजना बनाएका थिए । तर खोपकुमारीको मोबाइलमा आफुसँग यौन सम्पर्कका बेला खिचिएको क्लिप देखेपछि थापाले आत्महत्या गरेको प्रहरी दावी छ ।
ठुलो संजाल
भारतको कर्नाटक राज्यका पूर्वन्त्री सुरेन्द्रसिंह राठौरसँग समेत सम्बन्धमा रहेकी खोपकुमारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका उच्च अधिकारी तथा ठूला व्यापारीसम्म पनि युवती पुर्याउने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । खोपकुमारी स्वयंले पनि नेपालका उच्चपदस्थ सरकारी अधिकारी, प्रहरी, सेना तथा व्यापारीसम्म ‘कल गर्ल’को सेवा दिने गरेको प्रहरीसँग स्विकार गरेकी छिन् ।
भारतीय पूर्वमन्त्री राठौरलाई चंगुलमा पारी खोपकुमारीले दुई वर्षमा एक करोडभन्दा बढी नगद लिएकी छिन् । नयाँदिल्लीको एक्स ब्लकमा बस्दै आएका ६६ वर्षीय राठौर खोपकुमारीलाई भेट्नका लागि बेलाबेलामा नेपाल आउने र खोपकुमारी पनि पटक–पटक नयाँ दिल्ली जाने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । खोपकुमारीले राठौरले २०६५ सालमा पठाएको साढे ६२ लाख रुपैयाँले नेपालटारको हिले टोलमा तीनतले घर बनाएको र २०६६ सालमा पठाएको ४० लाख रुपैयाँ बैंकमा जम्मा गरेको प्रमाण प्रहरीले फेला पारेको छ ।
खोपकुमारीको कथा
रसुवाको भोर्ले ९ स्थायी घर भएकी २४ वर्षीया खोपकुमारीले १४ वर्षको उमेरदेखि यौन पेशामा लागेकी थिइन् । सुकेधारामा फ्लायाट भाडामा लिएर यौन व्यवसाय चलाएकी उनी पछिल्लोपटक यौन व्यवसायका लागि भारतका विभिन्न सहरसम्म पुग्ने गरेकी थिइन् । उनको ‘कल गर्ल’ सञ्जालमा १५ वर्षदेखि ३५ वर्षउमेरसम्मका युवती रहेको प्रहरीले जनाएको छ । उनीहरुले एकपटकको भारत भ्रमणमा प्रतिव्यक्ति ५० हजारभन्दा बढी रकम लिएर फर्कने गरेको प्रहरीको दावी छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment