Monday, February 21, 2011

एक साथ डेढ करोड भन्दा बढी दिप प्रज्वलन

साँझको समय ।बिशेष प्रकारको मण्डप।सयौ भक्तजनहरुको उपस्थिति ।घरघर बाट मेवाको बिशेष प्रकारको दियो बनाएर त्यसमा बाति ल्याएर आउनेको भिड ।
कोहि घिउ तथा तेलमा बाति भिजाउन ब्यस्त थिए भने कोहि कहाँ बाट कति बाति आयो त्यसको लेखाजोखा पनि भइरहेको थियो ।
आइतबार साँझ सम्भवत मेची अंचलमा नै पहिलो पटक देशमा शान्तिको कामना गर्दै तोपगाछी गाबिसको नरेन्द्र उच्च माबिमा एक साथ डेढ करोड भन्दा बढी दिप प्रज्वलन गरीएको छ ।
बिद्यालयको स्तर उन्नतिकोलागी लगाइएको पुराणको छैटौ दिन एबं प्रजातन्त्र दिवशको अवसर पारेर एक करोड पन्ध्र लाख दिप प्रज्वलन गर्ने तयारी भएपनि डेढ करोड दिप प्राप्त भएको बिद्यालयका प्राचार्य शिब रेग्मिले बताउनु भयो ।
लाख वटा सम्म दिप प्रज्वलन भएको सुनेका र देखेकाहरु टाढाटाढा बाट करोड भन्दा बढी दिप प्रज्वलन भएको हेर्न आएका थिए ।
बिशेष प्रकारको ठुलो माटाको मण्डप तयार पारीएको थियो भने जिल्लाका दर्जनौ ठाँउमा स्थापना गरीएका दिप संकलन केन्द्रहरुबाट ल्याइएको दिपलाइ एकिकृत गरेर मण्डपमा राखिएको थियो ।
मण्डपलाइ वरीपरी घेरेर कसैलाइ पनि पस्न दिइएको थिएन ।धार्मिक पुजा आजा गरी बैदीक परम्परा अनुसार दिप प्रज्वलन गरेर त्यसपछि मात्र सबैका लागी मण्डप खुला गरीएको थियो ।
पुर्वमा यति धेरै एक साथ दिप प्रज्वलन गरीएको पहिलो भएक्ो र पुर्वबाट देशमा शान्तिको दिप सकाल्काउन शुरु गरीएको बिद्यालयका प्राचार्य रेग्मिले बताउनु भएको छ ।
शुरुमा यो काम कठिन हुन्छ भन्ने लागे पनि पन्ध्र दिन अघि देखि यसको तयारी गरेकाले काम सहज रुपमा भएको र लक्ष्य भन्दा पन्ध्र लाख बढी दिप प्रज्वलित भएको उहाँले बताउनु भयो ।

No comments:

Post a Comment