पश्चिमा सस्कृति र भेषभुषामा रमाउन थालेका युवा पूसताहरु मोीलक भेषभुषा र पहिचानमा देखिन थालेपछि दमक केहि देखि आदिबासि सस्कृतिमय बन्दै गएको छ ।
आदिबासि जनजाति तथा धिमाल महोत्सब पर्यटन बर्ष २०११को चौधो दिन बिहिबार महोत्सबको प्रमुख आकर्षण मगर जातिको परम्परागत सस्कृति बन्यो ।
मौलिक भेषभुषा र गरगहनामा सजिएका मगर समुदायले लोप्नमुख बनेको मौलिक एबं ऐतिहासिक हुर्रा नाचलाइ प्रदर्शन गरेर महोत्सबमा सहभागीहरुको मन जितेका थिए ।
त्यति मात्र होइन महोत्सबमा सहभागी अधिकाँश मगर समुदायका बालबालीका देखि युवायुवती र पाका उमेरका सम्म मौलिक भेषभुषामा ठाँटिएर आएका थिए ।
पुर्वमा नै पहिलोपटक आदिबासि जनजातिहरुको सहभागितमा यति ठुलो महोत्सब भएकाले यसमा यहाँ रहेका सबै जाजातिले आफ्नो पहिचान देखाउन पाउने धिमाल जाति बिकास केन्द्रका अध्यक्ष रामबहादुर धिमालले बताउनु भयो ।
यस भन्दा अगाडी धिमाल समुदाय र राजबंशी समुदायले आफ्नो मौलिक पहिचान देखाइसकेका छन ।
यसैगरी शनिबार महोत्सबमा यहाँ रहेका एक्काइस जनजातिका मौलिक भेषभुषामा युवायुवतीहरु र् याम्प अर्थात मोडलिङ्गमा निस्कदै छन ।
धिमालमगरराइलिम्बुराजबंशी लगायतका सबै जातीका युवायुवतिहरु र् याम्प प्रस्तुत हुने र त्यस दिन पच्चिस हजार भन्दा बढी दर्शक आउने अनुमान गरीएको महोत्सब ब्यवस्थापक बिष्णु अधिकारीले बताउनु भयो ।
महोत्सब फागुण एक गते सम्म चल्दैछ ।

No comments:
Post a Comment