आफ्नो मनको कुरा मुखै खोलेर जाहेर गर्दा छिमेकी डबाइटले इन्कार गरेपछि वृद्धा हेलनको रिसको पारो तात्यो । उनलाई डबाइटले आफ्नो प्रस्ताव अस्वीकार गरेकोमा हीनताबोध भयो । अनि उनले निकालिन् अटोमेटिक पेस्तोल । अनि चलाइन् गोली छिमेकी डबाइटको टाउकोलाई ताकेर । तर, भाग्यवश उनले चलाएको गोली डबाइटलाई लाग्न पाएन । 'केही गरी मेरो टाउको एक इन्चमात्र अगाडि भइदिएको भए गोली वारपार हुन्थ्यो,' डबाइटले पुलिससमक्ष घटनाबारेमा बताएका छन्, 'म भाग्यले बाँचँ ।' गोली चलाउने ती वृद्धालाई पुलिसले नियन्त्रणमा लिएको छ । वृद्धाले आफ्नो प्रस्ताव डबाइटले सीधै अस्वीकार गरेपछि आफूलाई निकै रिस उठेको र रिसकै झोँकमा उनीमाथि गोली चलाएको बयान पुलिसलाई दिएकी छन् । छिमेकी पुरुषले किस गर्न नमाने पनि वृद्धा घरभित्र पसेकी थिइन् । त्यसको केही मिनेटमै हातमा पेस्तोल लिएर निस्किएकी उनले डबाइटलाई ताकेर गोली हानेकी थिइन् ।

No comments:
Post a Comment