जननेता मदन भण्डारीको सोच्ालाइ ग्रामिण स्तर सम्म पुर्याउन र मदन ग्रामको रुपमा बिश्वमा चिनाउने उदेश्यले भण्डारीको कर्म थलो मोरङको इटहरालाइ नमुना गाँउ निर्माण गर्न काम शुरु गरिएको छ ।
भण्डारीले अगाडि सार्नु भएको सामाजिक आर्थिक सोच अनुरुपको गाउँ विकास गर्ने उदेश्यका साथ नमुना गाउँको लागि मोरङको इटहरामा प्रारम्भिक चरणको काम शुरु भएको बताइएको छ ।
मदन भण्डारी स्मृती प्रतिष्ठानको संयोजनमा नेकपा एमालेका तत्कालिन महासचिव एवंं भण्डारीको जन्मथलो ताप्लेजुङ्गको ढुङ्गेसाघुँ र कर्मथलो मोरङको इटहरा र उर्लावारीलाई नमुना मदन गाउँ वनाउने योजना अनुसार इटहरामा प्रारम्भीक चरणको काम थालिएको प्रतिष्ठानले जनाएको छ।
इटहरा र ढुंगे साघुँलाई नुमना मदन गाउँ वनाउनका लागि काम अगाडी बडेको र त्यस पछि नगरन्मुख गाबिस उर्लावारी पनि यस प्रकि्रयामा रहेकेाे छ ।
नमुना मदन गाँउ निर्माणका लागि आवाधिक दिगो विकास योजना निर्माण सडक सुधार विद्यालयको शैक्षिक एंवम भौतिक सुधार लगायतमा ध्यान दिइने प्रतिष्ठानका अध्यक्ष गुरु बराल बताउनु हुन्छ ।
यी गाबिसमा सुचना एवंम साचार प्रविधिको प्रवद्र्धन बालबालिका र युवाको नेतृत्व विकास ग्रामीण विधुतिकरण यहाँको प्रमुख समस्या नदि नियन्त्रण लगायत कि्रयाकलापहरु साचालन गरिने र काम शुरु भएको प्रतिष्ठानका अध्यक्ष बरालले जनाउनु भएको छ ।
ग्रामीण क्षेत्रमा रहेका समस्याहरुको दिर्घकालिन समाधान आत्मनिर्भरतको लागि कार्यक्रम उद्यमशिलताको बिकास व्यवसायिक हितका लागि कार्यक्रम निर्माण स्वास्थ्यमा सुधार गरि नमुना गाबिस बनाउने लक्ष्य अनुसार नमुना मदन गाउँको अवधारण अगाडि सारिएको उहाँ बताउनु हुन्छ ।
प्रतिष्ठानका सामाजिक विकास अधिकृत रुद्र वहादुर तामाङका अनुसार यी गाबिसमा काम तिब्र गतिमा अगाडि बडाइएको छ ।
मदन भण्डारी स्मृती प्रतिष्ठान मदन ग्राम पूर्वाधार संरक्षण समिति नेपाल प्रशंसनिय दृष्टिकोष राष्ट्रिय साजाल लगायतको सहकार्यमा इटहरा दिगो विकास योजना निर्माण संयोजन समितिको अगुवाइमा विशेष कार्यक्रमहरु अगाडि वढाइएको उहाँले बताउनु भयो ।
प्रतिष्ठानले इटहरा र ढुङ्गेसाघुँ गाविसलाइ नमुना गाउँ प्रवद्र्धनका लागि बजेट समेत विनियोजन गरी विभिन्न कार्यक्रम गरिरहेकेा अधिकृत तामाङले जानकारी दिनु भयो ।
भौतिक पूर्वाधार निर्माण सँगसंगै स्वास्थ्य र सरसफाई शिक्षा साचार पशु पालन तथा वृक्षारोपण सहकारी गरिवि न्युनिकरण महिला शसक्तिकरण सामुदायिक विकास सामाजिक सुरक्षा लगायतका कार्यलाइ प्राथमिकतामा राखिएको छ ।
प्रतिष्ठानले यी गाविस पश्चात धनकुटाको छिङताङ इलामको चमैता तेह्रथुमको आङवा संखुवासभाको सयावुन झापाको खुदुनावारी सिन्धुलीको भिमान सिन्धुपाल्चोकको पिस्कर रामेछापको रामेछाप ओखलढु्रगाको रापपुर लगायतको स्थानहरुलाई समेत नुमना गाउँ प्रवद्र्धनका लागि काम गर्ने बताएको छ ।
प्रजातन्त्रको आन्दोलनमा यस यस क्षेत्रमा थुप्रैले ज्यान गुमाएकाले यी ठाँउको महत्वलाइ बचाउन यो काम शुरु गरिएको प्रतिष्ठानका कार्यकारी प्रमुख रोम ओलीले बताउनु भएको छ ।

No comments:
Post a Comment