Tuesday, March 15, 2011
मान्छेभन्दा लामो कपाल
जेन बुरगेस १५ वर्षकी हुँदा उनको कपाल छोटो थियो। त्यहीबेला उनले नकाट्ने र कपाल पाँच फिट लामो पार्ने प्रतिज्ञा गरिन्। ५५ वर्ष नकाटेपछि उनको कपाल पाँच फिट ६ इन्च लामो भएछ। उनलाई साढे दुई घण्टा त कपाल कोर्न समय लाग्छ। उनको कपाल धुन ४५ मिनेट लाग्छ भने सुक्न २४ घण्टा। यी कुराको रहस्य उनले ७० औं जन्मोत्सव मनाउन आयोजित कार्यक्रममा खोेलेकी हुन्। १५ वर्षकी हुँदा मेरी हजुरआमाले छिः कस्तो केटाको जस्तो कपाल भनेर घृणा गरेपछि उनलाई कपाल पाल्न रहर जागेको थियो। पाँच छोराछोरी र दुईपटक सम्बन्धविच्छेद गरेकी बुरगेसले एकपटक कपाल काट्ने सोच पनि बनाएकी थिइन्, तर मायाले गर्दा काट्न सकिनन्। 'विशेष अवसर अथवा प्रत्येक ६ महिनामा मात्रै कपाल धुने र प्राकृतिक तेलको प्रयोग गर्छिन् उनी।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment