यो समाचारसंगै मानिसलाई प्रश्न उठेको छ, प्रयोग गरिएको कण्डम असावधानीवस नै परेको भएपनि कसरी दूधका प्याकेटमा पर्न गयो ? स्वेडेनकी एक गृहिणीले आजकल दूधबाट बनेको ‘फिल्मजोल्क’ खान छोडेकी छिन् । आफ्नी छोरीलाई खाजा तयार गर्ने क्रममा सबेरै दूधको बोत्तल खोल्दा उनले कण्डमको रबर र बाहिरी खोल भेटिन । पवित्र दूधमा ‘कामवस्तु’ भेटेपछि उनी छक्क मात्र परिनन्, उक्त दूग्ध उत्पादन भोलिपल्टबाट घरै ल्याउन छोडिन् । ‘आमा त आश्चर्य चकित हुनु भो,’ मिलिका नामकी युवतीले बताइन्, ‘मैले त दुई दिनसम्म दूध पिउनै सकिन ।’ दूधमा कण्डम भेटिएपछि आमाको दैनिक भोजन ब्यवहारमा रुचि कम भएको उनले थपिन् ।
‘आमाले विस्तारै खाना खान थाल्नु भएको छ, तर फिल्मजोल्क भने कहिल्यै घर ल्याउनु हुन्न,’ छोरीले भनिन् । घटनापछि दूग्ध पदार्थ उत्पादक अर्ला डेरी र्फमकी प्रवक्ता कटरिना माल्मस्ट्रोमले तत्काल छानविन गरिने जनाइन् । अत्याधुनिक प्रविधिबाट फिल्टर गरी बोत्तलभित्र दूध राखिने हुँदा कण्डम भेटिनु आश्चार्यजनक रहेको उनले बताइन् । उक्त दूग्ध पदार्थ खान छोड्नेहरुको संख्या यकिन गर्न नसकिए पनि र्फमको बजार भने घट्ने निश्चित देखिन्छ ।

No comments:
Post a Comment