Tuesday, March 15, 2011

अनौठो चोरी.........

यहाँका बासिन्दा एउटा अनौठो चोरीका कारण हैरान बनेका छन् । गत केही वर्षदेखि सुकाउन राखिएको ब्रा र पेन्टी चोरीको विगविगी बढेको छ। स्थानीयबासीले अहिलेसम्म बुझेका छैनन् कि चोरिएको ब्रा र पेन्टी चोरले केमा प्रयोग गरेको छ।
महिलाको अण्डरगार्मेन्टका साथ अरु सामान पनि जस्तो कि ल्यापटप, गहना, मोबाइल फोन, राहदानी र पैसा पनि चोरी भएका छन् । यो चोरीबाट मानिसहरु यति हैरान बनेका छन् कि अब त जुत्ता, चप्पल बाहिर राख्न पनि डराउन थालेका छन् ।
जलन डाटो र जलन याहाजस्ता  क्षेत्रमा भइरहेको यस्ता घटनाबाट मानिसहरु हैरान छन् । यस विषयमा एक ट्युटर सन सन वाङका अनुसार अहिलेसम्म उनको सात जोर जुत्ता हराइसकेको छ।

No comments:

Post a Comment