Saturday, March 12, 2011

'मेरो स्वतन्त्रता हो, मैले जोसँग विवाह गरे पनि मान्यता दिनु पर्दछ'

यतिखेर जर्मनका एक पुरुषले बिरालीसँग विवाह गरी विवाह दर्ता अधिकारीसमक्ष सो विवाह दर्ता गर्न गएकोमा उनीहरूले दर्ता गर्न इन्कार गरेपछि विश्वमा मान्छेले गैरमान्छेसँग विवाह गर्न हुने वा नहुने - त्यस्तो विवाहको कानुनी मान्यता के हुने भन्नेबारेमा विधिशास्त्रीय बहस सुरु भएको छ । समय-समयमा यस्ता कुराहरू सुन्नमा आउँछन् । कानुनी रूपमा प्रश्नहरू पनि खडा हुन्छन् । 'मेरो स्वतन्त्रता हो, मैले जोसँग विवाह गरे पनि मान्यता दिनु पर्दछ' भन्ने व्यक्तिको तर्क रहेेको पाइन्छ । यता कानुनले त्यस्तो विवाहलाई मान्यता दिन सक्दैन भन्ने रहेेको छ । विवाहको एक उद्देश्य जीवन बिताउने, घर बसाउने, सन्तान उत्पत्ति गर्ने तथा यौनसर्म्पर्क राख्नेजस्ता आधाभूत कुराहरू रहेका छन् । सन्तान उत्पत्ति व्यक्तिको इच्छाको कुरा भए तापनि कतिपय राज्यमा जनसंख्या कम भएको कारणले राज्यले नै नागरिकलाई सुरुमा सन्तान जन्माउन उत्प्रेरित गर्ने, नमानेमा अनिवार्य प्रावधान राख्नेसम्मको सोच बनाएको अवस्था छ । यौन सन्तुष्टिको कुरा गर्ने हो भने मान्छे र जनावरका बीचमा पौराणिक कालदेखि नै यौन सर्म्पर्क हुँदै आएको देखिन्छ । प्रत्येक देशमा त्यस्तो यौन सर्म्पर्क राखेमा कानुनी रूपमा सजाय  हुने व्यवस्था गरेबाट पनि समाजमा त्यस्तो प्रचलन रहेको प्रमाण प्राप्त हुन्छ ।
ऐतिहासिक कालदेखि तथा धार्मिक रूपमा मान्छेले गैरमानवसँग विवाह गर्दै आएको प्रशस्त प्रमाणहरू छन् । नेपालकै कुरा गर्ने हो भने बहुविवाहको दोष काट्न भनेर कुम्भ, वरपीपल, स्वामी, आदिसँग विधिसहित विवाह गर्ने गरेेको पाइन्छ । त्यसैगरी र्सार्वजनिक रूपमै बेल विवाह गर्ने चलन नेपालमा अद्यापि छ । धार्मिक कृत्यसम्म रहँदा कुनै आपत्ति नभए पनि सो विवाह दर्ता गर्न भनेर कसैले आवेदन गरेको अवस्थामा कानुनी रूपमा समस्या खडा हुने गरेको छ । हिन्दू दर्शनमा र क्रिस्चियनमा विवाहलाई एक पवित्र सम्बन्धका रूपमा लिइन्छ भने मुस्लिममा विवाह एक करारको रूपमा लिइन्छ । विश्वका प्रचलित कानुनहरूले गैरमानवसँग भएका विवाहलाई कानुनी रूपमा दर्ता गर्न सक्ने गरी प्रावधानहरू राखेको पाइँदैन । त्यति मात्र नभएर पुरुष-पुरुष, महिला-महिलाका बीचमा भएको विवाहलाई नै मान्यता दिन नसकिने अवस्था छ । यसबारेमा विश्वमा मान्यता दिनु पर्दछ भन्ने बहस चलिराखेको छ । तेस्रोलिंगीको विवाहको पनि उत्तिकै समस्या रहेको छ ।
हालसम्म प्रसिद्ध रहेका केही उदाहरण हेरौं । ऐतिहासिक कालमा केलिटक आयरलेन्डका राजाले घोडीसँग विवाह गरेको थिए । यसै वर्षबेइजिङमा चेन नाम गरेकी एक महिलाले पानी नाम -महिलाले दिएको नाम) गरको घोडासँग विवाह गरेको घोषणा गरेकी छन् । जुन २००३ मा कलकत्ताकी नौ वषर्ीय बालिकाको झन्डै सय जनाको उपस्थितिमा औपचारिक रूपमै कुकुरसँग विवाह गराइयो । नाभेम्बर २००७ मा दक्षिण भारतको एक पुरुषले हिन्दू रीतिसँग कुकुरनीसँग विवाह गरे । फेब्रुअरी २००९ मा पर्ूर्वी भारतको एक बच्चाको कुकुरनीसँग विवाह गराइयो । डिसेम्बर २००५ मा ४१ वषर्ीय महिलाले पुरुष डल्पिmनसँग विवाह गरिन् । फेब्रुअरी २००६ मा अहमद वुदल्लाह नाम गरेको एक व्यक्तिले छिमेकीको बाख्रीसँग यौन सर्म्पर्क गरिरहेेको फेला पारेपछि स्थानीय सभाले बाख्रीधनीलाई यथेष्ट रकम तिर्न लगाउँदै विवाह गर्न आदेश दियो, उसले विवाह गर्‍यो । जुन २००६ मा भारतको उडिसामा एक महिलाले झन्डै दर्ुइ हजारको उपस्थितिमा कोब्रा र्सपसँग विवाह गरिन् । पछि ती महिला जनावरवादीसमेत भइन् ।
मान्छेले गैरमानवसँग विवाह गर्ने कुराको विभिन्न देशहरूमा आ-आफ्नै कहावतहरू पनि रहेको पाइन्छ । कोरियामा एक राजाकी छोरीले घोडासँग विवाह गरेको कथा छ । क्यानडामा क्रि जातका मान्छेहरूमा केटी र कुकुरसँग विवाहको कथा छ । ध्रुवीय भालुसँग मान्छेले विवाह गरेको कथा रहेेको छ । जापानमा पनि मान्छे र गैरमानवसँग विवाहको विभिन रोचक कथाहरू रहेेका छन् ।
पौराणिक कालदेखि नै मान्छे र गैरमान्छेसँगको यौन सम्बन्ध हुँदै आएको पाइए तापनि त्यतिखेर पनि यसलाई निन्दनीय मानिन्थ्यो । विश्वका प्रायः सबै मुलुकहरूमा अप्राकृतिक यौन सम्बन्धलाई नियन्त्रण गर्न कानुनहरू बनाएको पाइन्छ । तर पनि समय-समयमा वैवाहिक सम्बन्ध नै स्थापित गर्ने गरेको पाइन्छ । भनिन्छ, माया लागेपछि छोड्नै कठिन हुन्छ ।
वैवाहिक सम्बन्ध स्थापित भएपछि राष्ट्रिय रूपमा धेरै कानुनहरूलाई प्रभावित पार्दछ । विदेशी भएमा नागरिकताको कानुन, अध्यागमनसम्बन्धी कानुन, त्यसैगरी अंशहक, पालन पोषण, माना चामललगायतका दाम्पत्य जीवन सञ्चालन गर्न आवश्यक पर्ने सम्पर्ूण्ा अवयवहरूलाई असर पार्दछ । विवाहले अधिकार र कर्तव्य दुवैको सिर्जना गर्दछ ।
गैरमानवसँग हुने विवाहले के-कस्तो अधिकार र कर्तव्य सिर्जना हुने भन्ने सम्बन्धमा कुनै विधिशास्त्रको विकास भएको छैन । अर्कोतर्फयस्तो विवाहको वैधानिकताका बारेमा नै कानुनले यसै हुन्छ भनेर भन्न सकेकेा छैन । सांस्कृतिक, धार्मिक रूपमा भने यस्तो विवाह समाजमा हुँदै आएको छ । कानुनले प्रथालाई पनि मान्यता दिन्छ भनेर मान्ने हो भने पनि यस्तो प्रथालाई स्वीकार गर्न सकिने अवस्था छैन । यदि छैन भन्ने हो भने नेपालमा चलिआएको बेलविवाहलाई रोक लगाउने कानुन बनाउन देशको संसद्लाई हम्मेहम्मे पर्ला । यो सतीप्रथा, बालविवाह, दासप्रथाजस्तो पनि होइन ताकि तत्कालै यसको विरोधमा आवाज उठाउन सकियोस् ।
कसैले मेरो अधिकार भनेर गैरमानवसँग विवाह गर्न पाउनु पर्दछ र यस्तो विवाहलाई कानुनी मान्यता दिनु पर्दछ भनेर भन्यो भने हामीसँग सांस्कृतिक, धार्मिकबाहेक कानुनी जवाफ छैन । अन्तर्रर्ााट्रय मानवअधिकारका दस्तावेजहरूमा विवाह गर्ने परिवारको स्थापना गर्न पाउने अधिकार रहेेको कुरा उल्लेख गरिएको छ । यसले गैरमानवसँगको विवाहको कुरालाई संकेत गर्दैन । कतिपय अवस्थामा गैरमानवसँग कानुनी प्रक्रिया मिलाउन पनि गरिएको अवस्था छ । आजभोलि मान्छे निकै एकलकाँटे हुँदै गएको छ । वृद्धावस्थामा साथ दिने भनेको कुकुर, बिराला हुने गरेका दर्दनाक अवस्था विकसित भनिएका देशहरूमा देख्न, सुन्न तथा पढ्न पाइन्छ । त्यस अवस्थामा ती ज्येष्ठ नागरिकहरूले आफ्नो सम्पत्ति कुकुर-बिरालाका नाममा गरिदिने गरेको पाइन्छ । त्यस्तो सम्पत्ति आफ्नो नाममा नामसारी गराउन पनि कुकुर-बिरालासँग विवाह गर्ने गरेेको कानुनी जोक पनि विधिशास्त्रमा देखिएको छ । यस्ता घटनाले अब परिवार, समाजले विवाहको बारेमा पुनर्विचार गर्नुपर्ने अवस्था देखिन आएको छ ।
पारिवारिक अवस्था जे-जस्तो भए तापनि गैरमानवसँग विवाह गरेको अवस्थामा गाली बेइज्जतीसम्बन्धी कानुनलाई भने प्रत्यक्ष असर पर्ने देखिन्छ । जस्तै नेपालमै कसैले कुकुर-बिरालासँग विवाह गर्‍यो भने कसैले गाली गर्दा कुकुरनीको पोइ, बिरालीको पोइ, कुकुरकी स्वास्नी भनेर भनियो भने कुरा वास्तविक भए पनि त्यसले गाली बेइज्जती गरेको ठहरिन्छ ।
कानुनका विद्यार्थीहरूमा आएको यो समस्याको सही समाधान आउन सकेकेा छैन । धेरै वर्षपहिले एक महिलाले कुकुरसँग विवाह गर्न पाउने गरी विश्वको कुनै एक अदालतबाट फैसला भएको भन्ने विषयलाई लिएर नेपालका सर्वोच्च अदालतका स्वर्गीय माननीय न्यायाधीश गजेन्द्रकेशरी बाँस्तोलाज्यूले सो फैसलाप्रति टिप्पणी गर्दै लेख्नुभएको लेख नेपाली कानुनशास्त्रीहरूले पुनः एक पटक हर्ेर्नुपर्ने आवश्यकता छ । नेपालको अदालतले विश्वमै सम्भवत पहिलो पल्ट तेस्रोलिंगीलाई कानुनी मान्यता दिँदै फैसला भएको छ । भोलिको दिनमा तेस्रोलिंगीहरूले विवाह गरेर विवाह दर्ता गराउन आएमा नेपालका अधिकारीहरूले इन्कार गर्न अब कठिन हुन्छ । सांस्कृतिक रूपमा गरिएका, दोष काट्न गरिएका विवाहलाई पनि कसैले दर्ता गराउन खोज्यो भने पाउने कि नपाउने - यदि दर्ता गर्न पाउँछ भनेर एकै क्षणलाई मान्ने हो भने भोलि मानवसँग विवाह गरे भने बहुविवाहमा कारबाही चलाउन मिल्ला कि नमिल्ला - यति मजाक गर्दै विधिशास्त्रमा गैरमानवसँगको विवाहलाई के भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने भएको कुरा निवेदन गर्दै बाँकी प्रश्नहरू अनुत्तरित ।

No comments:

Post a Comment