Saturday, March 12, 2011

कुमारी बन्न धमाधम ‘अप्रेसन’

वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने शारीरिक रूपमा कुनै पनि महिलाको कुमारीत्व भंग हुनका लागि उसले पुरुषसँग यौनसम्पर्क गर्नैपर्छ भन्ने जरुरी छैन । महिलाको यौनांगमा हुने झिल्ली या सिल (जुन नतोडिनु कुमारीत्वको लक्षणका रूपमा लिइने गरिन्छ ) साइकल चढ्दा या यस्तै उछलकुदपूर्ण काम गर्दा पनि तोडिन सक्छ ।

केही कट्टर समुदायमा विवाहको पहिलो रात दुलहीको कुमारी रगतले ओछ्यान लपक्कै भिजेन भने उसको श्रीमान्ले उसलाई भोलिपल्टै छोडिदिन सक्छ । यस्ता समुदायमा कतिसम्म पाखण्डको प्रदर्शन हुन्छ भने नवदम्पतीको शयनकक्ष भव्य ढंगले सजाइन्छ । तर, खाटमा हालिएको हुन्छ सेतो तन्ना, ताकि भोलिपल्ट थाहा पाउन सकियोस्- तन्ना कति रगताम्य छ ?
 पछिल्ला दिनमा बि्रटेन, बेल्जियमलगायत केही युरोपेली देशमा कुमारीत्व पुनप्राप्तिका लागि शल्यक्रिया (भर्जिनिटी रिपेयर अप्रेसन) गराउने युवतीको संख्या धमाधम बढिरहेको छ ।
यो शल्यक्रियामा चार हजार पाउन्डजति खर्च हुन्छ । र, यस्ता शल्यक्रिया विशेष गरेर निजी क्लिनिकमा गरिन्छन् । विवाहको पहिलो रात आफ्नो पतिलाई ‘कुमारीत्व सुम्पनुपर्ने’ मानसिक दबाबका कारण महिलाहरू यस्ता शल्यक्रिया गर्छन् ।
लन्डनस्थित रिजेन्सी क्लिनिकका स्त्रीरोग विशेषज्ञ डा. म्याग्डी हेन्ड करिब लामो समयदेखि यस्तै शल्यक्रिया गरिरहेका छन् । कुमारीत्व शल्यक्रियामा महिला जनेन्दि्रयको हाइमेन झिल्लीको कृत्रिम तरिकाले पुनर्निर्माण गरिन्छ । यो झिल्लीको उपस्थितिलाई नै कुमारीत्व भनिने गरिएको छ । १८ वर्षअघि नै डा. हिन्डले मध्यपूर्व तथा खाडी राष्ट्रहरूमा यस्ता शल्यक्रिया सुरु गरिसकेका थिए ।
उनी भन्छन्, ‘केही संस्कृतिमा महिलाहरू विवाहको पहिलो रात रगतपच्छे हुन् भन्ने चाहन्छ । आफ्नी पत्नी कुमारी नहुनु पतिका लागि ठूलो बेइज्जती हो यस्तो समाजमा ।’
यस्तो शल्यक्रिया पूर्णतः कस्मेटिक प्रक्रियाको पनि हुन सक्छ । यसअनुसार एक झिल्लीको पुनर्निर्माण गरिन्छ । र, कहिलेकाहीँ यस प्रक्रियामा जनेन्दि्रयभित्र रगतजस्तै एक कृत्रिम पदार्थ भरिएको क्याप्सुल पनि राखिन्छ ।
मध्यपूर्वमा डा. हेन्डले यस्तो शल्यक्रिया सुरु गर्दा त्यहाँ यसप्रति असाध्यै उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो । र, त्यहाँ एक प्रकारको प्रतिस्पर्धा नै चलेको थियो ।
यस्ता शल्यक्रिया गराउनेहरूमा मुख्यतः मुस्लिम महिलाहरू पर्छन् । त्यसो त कुमारी हुने लहडमा बि्रटिस महिला पनि शल्यक्रिया गराउँछन् । विस्तारै युरोपेली महिलाहरूमा कृत्रिम कुमारीत्व पनि एक फेसनका रूपमा विकसित हुँदै छ । एसियाली मुलका महिलाका लागि भने यो एक बाध्यता हो ।
जिससकी माता म्यारीलाई भर्जिन म्यारीका रूपमा पूजा गरे पनि कुमारीत्व भन्ने अवधारणा मुख्यतः वर्चस्ववादी पुरुष मानसिकताको उपज हो । केही संस्कृति महिलाका मामिलामा आफैंमा त्रुटिपूर्ण छन् । भर्जिनिटी रिपेयर अप्रेसनका विरोधीहरू यसलाई एक जड परम्परालाई बल पुर्‍याउने कदमका रूपमा विश्लेषण गर्छन् ।

No comments:

Post a Comment