Wednesday, March 9, 2011

नारीलाइ दुख दिने कोहि पनि सुखी हुन नसक्ने

मंगबार एक सय एक औं विश्व नारी दिवश कहि नेताहरुको भाषणमा बित्यो होला त कहि नारा जुलुस भए होला कतै ठुलाठुला होटलहरुमा सेमिनार र गोष्ठि नै भए होला ।
यो बर्ष झापाको दमकमा नारी दिवश बिगतमा भन्दा फरक रुपमा बैग्ला बेग्लै रुपमा सम्पन्न भयो ।
सधै बर्षहरुमा देखिने र सुनिने नेताका भाषण र अनौपचारीक कार्यक्रमको सट्टा चेतना फैल्याउने नयाँ कामको शुरु भएको छ ।
दमक जेसिजले कनैु राजनैतिकका नेता र महिला अधिकारकर्मिलाइ नबोलाएर दमक नगर भित्र कार्यरत स्वयंसेविका र अन्य सर्बसाधरण महिलाको उपस्थितिमा महिलाहरुमा हुन सक्ने क्यान्सर रोग र पाठेघर खस्ने समस्या र सामधानको उपायको बिषयमा अन्तरकि्रया कार्यक्रम गरेर बिश्व नारी दिवश मनाएको छ ।
कार्यक्रममा सहजीकरण गर्दै डा।मुक्ति भट्टराइले छिटो बिवाह गर्ने र परिपक्क उमेर नभइ गरिने यौन सम्पर्कले पाठेघरको क्यान्सरको समस्या बडेको पाइएको कार्यक्रममा जानकारी दिनु भएको थियो ।
सामाजीक मुल्य र मान्यताले गर्दा महिलाहरु अझै पनि रोग लुकाएर बस्न बाध्य रहेका अस्पतालमा आएर भन्न समेत डराउने तथा लाज मान्ने गरेकाले यसका लागी चेतना आवश्यक रहेको उहाँले बताउनु भयो ।
प्ााठेघर खस्ने समस्याका कारण नै धेरैको सुखद दाम्पत्य जीबन समेत दुखद बनेको र यो रोग सामन्य र सजिलै तथा निशुल्क भट्टराइल उपचार हुन्छ भन्ने थाहा नभएर धेरैले हैरानी बेहोर्नु परेको समेत भट्टराइले जनाउनु भयो ।
नेपाल नेटवर्क फर क्यान्सर ट्रीटमेन्ट एण्ड रिसर्चका फर्माटिस्ट ओमप्रकाश गौतमले अहिले नेपालको अवस्थामा क्यान्सरको उपचारलाइ हेर्दा फोक्सोको क्यान्सर भएकाले एक हजार खर्च गर्दा एक दिन बाँच्ोका पाइएको बताउनु भयो ।
यसै गरी स्तन क्यान्सर भएकाले एक हजार खर्च गर्दा दश दिन बाँचेकोपाठेघरको क्यान्सरमा यति नै खर्च गर्दा आठ दिन बाँचेको र पेटको क्यान्सर भएका चार दिन बाँचेको पाइएको जानकारी दिनु भयो ।
यसरी पनि निश्चित समय मात्र बाँच्ने र त्यसपछि जति खर्च गरे पनि नहुने भएकाले समयमा नै सचेत हुन र बेलैमा जाँच तथा उपचार गर्न पछि नहटन आग्रह गर्नु भयो ।
कार्यक्रममा दमक जेसिजका अध्यक्ष सुवासचन्द्र भट्टराइले चैत सोह् गते देखि दमकमा जेसिजले महिलाहरुका लागी एक साता लामो क्यान्सर रोगको जाँच तथा उपचार शिबिर संचालन गर्ने पनि जानकरी दिनुभयो ।
समाज परिवर्तन गर्न धर्म तथा धर्म गुरुको महत्वपुर्ण हुन्छ र गुरुले भनेको धेरैले मान्ने पनि गरेका छन ।
यसैले गर्दा बिश्व नारी दिवशको अवसरमा झापाको दमकमा हेवन्लीपाथ नारी नेपाल झापाले खुल्ला रुपमा धर्म गुरु मार्फत महिला अधिकारको बिषयमा प्रवचन कार्यक्रम राखेर बिश्व नारी दिवश मनाएको छ ।
बाल तपस्वी ओम नन्दले दमकको किरात भवन अगाडी पन्ध्र सय भन्दा बढी सहभागी रहेको कार्यक्रममा महिलाहरुको अधिकारले घरसमाज हुदै गाँउ र राष्ट्रनै बिकास हुने बताउनु भयो ।
नारीलाइ दुख दिने कोहि पनि सुखी हुन नसक्ने बताउदै नारीको सम्मानले मात्र मनुश्य चोलाको सार्थकता रहने जनाउनु भयो ।
कुनै पनि धर्म र धर्म ग्रन्थहरुमा नारीहरुलाइ दोश्रो दर्जाको रुपमा नराखिएको र नारी भनेको आमा तथा जननी भएकाले जननीलाइ हिँसा गरेमा त्यसको अपराध लाग्ने भन्दै कसैले पनि नारीलाइ हेप्नु र होच्याउनु भनेको जननीलाइ हेप्नु र होच्याउनु भएको सन्देश ओम नन्दले दिनु भएको छ ।

No comments:

Post a Comment