Thursday, March 31, 2011
दमक क्याम्पस असि लाख घाटामा
झापाको दमकमा रहेको समुदायबाट संचालीत दमक बहुमुखि क्याम्पसमा प्रतेक महिना तीन लाखको दरले घाटामा रहेको पाइएको छ ।
क्याम्पस श्रोतका अनुसार प्रतेक महिना घाटा बडदै जाँदा अहिले क्याम्पसको घाटा असि लाख पुगि सकेको छ ।
हेर्दा बाहिर आकर्षक र भौतिक सुबिधाले समेत सम्पन्न रहेको क्याम्पस आर्थिक रुपमा भने धराशयि बन्दै गएको जनाइएको छ ।
क्याम्पसका कर्मचारी तथा प्राध्यापकहरुको तलब र भत्तामा बडि खर्च भएर क्याम्पस घाटामा गएको बताइने गरेको छ ।
दमक बहुमुखि क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सुरेश सुब्बाले क्याम्पस घाँटामा रहेको स्विकार गर्नु भएको छ ।
नयाँ ब्यवस्थापन समितिले काम शुरु गरेको छ महिना मात्र पुगेको र आफुहरु आउनु अगाडी नै साठी लाख रुपिया क्याम्पस घाटामा रहेको र तयसपछि करिब अठार लाख घाटा रहेको सुब्बाले बताउनु भएको छ ।
मासिक तीन लाखको दरले घाटा हुन थालेपछि आन्तरिक श्रोत जुटाएर क्याम्पसलाइ घाटा मुक्त बनाउन बिशेष समिति निर्माण गरेर काम शुरु गरिएको ब्यवस्थापन समितिको भनाइ रहेको छ ।
महगी बृद्धि भएको र क्याम्पसमा बिभिन्न शंकाय तथा बिषय थप भएका कारण क्याम्पसको ब्यभार बडेको तर क्याम्पसको श्रोत भने न खोजीएकाले यो अवस्था आएको बताइने गरेको छ ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सुब्बाका अनुसार प्रतेक बर्ष क्याम्पसमा बिद्यार्थीको संख्या घटिरहेको र अन्य क्याम्पस पनि खुलेकाले चुनौती बडदै गएको छ ।
पाँच बर्ष देखि बिद्यार्थीको शुृल्क बृद्धि गर्न नसकिएको र बिद्यार्थी संगठनहरुले शुल्क बृद्धि गर्न नदिएका कारण क्याम्पस आर्थिक रुपमा धराशयि बन्दै गएको ब्यवस्थापन समितिका सदस्यहरुले बताउने गरेका छन ।
क्याम्पसको निति निर्माण देखि लिएर हरेक गतिबिधिलाइ चुस्त रुपमा चलाउन दुइ सय पचास भन्दा बढी क्याम्पस सभाषदको ब्यवस्था भएपनि सभाषदहरु नै क्याम्पसको अवस्थाको बिषय अनबिज्ञ रहेका छन ।
एक क्याम्पस सभाषदका अनुसार दुइ पटक क्याम्पस सभाका लागि क्याम्पस गएपनि कोरम नपुगेर फर्किएको र यस बिषयमा आफुलाइ केहि पनि थाहा नभएको बताउनु भयो ।
बर्षमा एक पटक क्याम्पस सभा हुने गरेको क्याम्पस सभाको बिषयमा सबै सभाषदहरुलाइ जानकारी भएको क्याम्पसले जनाएको छ ।
क्याम्पसका सहायक प्रमुख एबं उच्च माबि प्रमुख डिल्लि भट्टराइले क्याम्पस आर्थिक रुपमा धराशयि नबनेको र बर्षौ देखि भर्ना शुल्क लगायतका शिर्षकमा शुल्क समायोजन नभएकाले केहि समस्या आएको बताउनु भयो ।
बिद्यार्थीको संख्या कम भएपनि प्राध्यापकहरुको संख्या बडिरहेका कारण तलब भत्तामा नै बडि खर्च भइरहेको भन्ने गुनासो खासै जायज नभएको भन्दै समयनाकुल शंकाय तथा बिषय थप हुँदा त्यहि अनुसार खर्च बडेको उहाँले बताउनु भयो ।
क्याम्स यो क्षेत्रको धरोहर भएकाले यसलाइ जोगाउन सबै लाग्नु पर्ने र प्रशासनिक रुपमा पनि भ्रमण तथा भत्तामा खर्च कटौति गरेर केहि घाटा हटाउन सकिने समेत जनाउनु भयो ।
दमक क्याम्पसमा केहि बर्ष अघि देखि दोश्रो उच्च शिक्षा परियोजना समेत संचालनमा रहेको छ ।
यसका लागि बिभिन्न चरणमा क्याम्पसले अठार करोड भन्दा बढी रकम पाउने भएपनि यो रकम तलब भत्ता तथा तोके बाहेकका अन्यत्र खर्च गर्न नपाउने प्राबधान रहेकाले क्याम्पसको घाटा पुर्तिका लागि श्रोतको खोजिमा क्याम्पस लागेको क्याम्पस संचालक समितिले बताउदै आएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment