Sunday, March 20, 2011

अनेक सुबिधाको घोषणा गर्दा पनि .............

कतै खानेपानी आयोजना नभएर उभोक्ता शुद्ध खानेपानी पाउन बाट बिाचत छन भने कतै धारा जडान गर्न जति सुकै सुबिधा दिए पनि उपभोक्ताले धारा जडान नगर्दा खानेपानी आयोजना संचालन नहुने अवस्थामा पुगेको सुन्दा अचम्म लाग्ला ।
तर अब अचम्म नमाने हुन्छ झापाको दमकमा एउटा खानेपानी आयोजनाको हालत यस्तै भएको छ ।
अनेक सुबिधाको घोषणा गर्दा र त्यति गर्दा समेत नभएपछि बनले दिँदै आएको सेवा सुबिधा कटाउने सम्मको डर देखाउदा समेत खानेपानीको धारा जडानमा उपभोक्ता उत्साहित बन्न्ा सकेका छैनन ।
दमकको उत्तरी भागमा पर्ने हंसेदुम्से सामुदायिक बनको खानेपानी योजना सम्पन्न भएर चालु गर्न लाग्दा समेत उपभोक्ताहरु आकर्षित नभएपछि उपभोक्ता समितिको टाउको दुखाइ बनेको छ ।
खानेपानी आयोजनाको संचालनमा देखिएको समस्या सामधान गर्न सर्व पक्षीय पहल गरे पछि भने केहि उपभोक्ताहरु सक्रीय भएका छन् ।
सामुदायीक बन शरणार्थीहरुलाइ सहयोग गर्दै आएको विश्व लुथर फेडेरेशन र दमक नगर पालिका लगायतको १ करोड २० लाख रुपयाँ लगानीमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न भएको हो ।
उपभोक्ताले धारा जडानमा चासो नदेखाए पछि वनको आव्हानमा माघको अन्तिम साता सर्व पक्षीय बैठक बसेको थियो ।
उपभोक्ताले धारा जडान नगरेपछि बिभिन्न सुबिधा समेत घोषणा गरीएपनि पर्याप्त रुपमा धारा जडान गर्न उपभोक्ताहरु आएका छैनन ।
बैठकले फाल्गुन महिना भित्र धारा जडानका लागि आवेदन भर्नेलाई एक लेवर र एक प्लम्बर निशुल्क दिने बताइएको थियो ।
यो सुबिधा दिँदा पनि धारा जडानका लागी फारम नभर्नेलाई ह्रासकोष रकममा अतिरीक्त शुल्क ५० प्रतिशत लिने निर्णय भएको समेत जनाइएको छ।
उपभोक्ताले अझ बैशाखसम्म पनि चासो नदेखाए सामुदायिक बनको केही सेवा सुविधाबाट समेत बन्चित गरिदै लैजाने निर्णय भएको सामुदायीक बनका अध्यक्ष महेन्द्र िसंह निरौलाले बताउन भयो ।
फागुण महिना सम्ममा एक सय भन्दा बढीले फारम भरेको र फारम भर्ने क्रम जारी रहेको निरौलाले बताउनु भयो ।
एक लाख लिटर पानीको क्षमता रहेको आयोजना मार्फत छ सय घरधुरीले शुद्ध खानेपानी उपभोग गर्ने आयोजनाको उदेश्य रहेको थियो ।
आयोजनाले बनका उपभोक्तालाइ सुबिधा कटाउने निति अख्तियार गरेर भएपनि सबैलाइ धारा जडान गर्ने बाध्यकारी अवस्था सिर्जना गर्न लागेको एक उपभोक्ता समितिका सदस्यले बताउनु भयो ।
उपभोक्ताहरुले भने कमाइ माध्यम केहि नभएको र बिद्युतको समेत रकम तिर्न अप्ठ्यारो परेको बेला खानेपानीको महशुल बुझाउन समस्या हुने भएकाले धारा जडान नगर्ने बताउने गरेका छन ।
धारा जडान गर्नु नगर्नु आफुहरुको अधिकार भएकाले धारा जडान नगर्दा बनले सुबिधा काटनु नहुने समेत बन आसपासका बासिन्दाले बताएका छन ।
यता झापाको तोपागाछीमा रहेका तीन वटा खानेपानी आयोजनाहरु पनि बन्द हुने अवस्थामा पुगेका छन ।
क्षमता अनुसार उपभोक्ताले धारा जडान नगरेका कारण आयोजनाको खर्चब डि भएपनि आम्दानी नहँुदा र बिद्युत बक्यौता समेत लाखौ पुगेकाले यहाँका आयोजनाहरु बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।
खानेपानी उपभोक्ता समितिका सचिब बिष्णु निरौलाका अनुसार राज्यले बिद्युत महशुल नतिरीदिएको खण्डमा जहिले पनि खानेपानी आयोजना बन्द हुन सक्ने अवस्थामा रहेको छ ।
खानेपानी आयोजना स्किम नं २ को मात्रै सात लाख भन्दा बढी बिद्युत महशुल प्राधिकरणलाइ तिर्नु छ ।
यस आयोजान अन्र्तथत पाँच सय धार जडानको उदेश्य रहेपनि तीनसयको हाराहारीमा मात्रै धारा जडान भएकाले समस्या आएको निरौलााले बताउनु भयो ।

No comments:

Post a Comment