अमेरिकामा व्यावसायिक रूपमा सवारी साधन चलाउने चालकले अब केही समयपछि मोबाइल प्रयोग गर्न नपाउने भएका छन् । त्यहाँको यातायात मन्त्रालयले प्रस्तुत गरेको मस्यौदा विधेयकले कानुनी रूप लिए लगत्तैदेखि सार्वजनिक सवारी साधन चलाउने अमेरिकी चालकले मोबाइल बोक्न पाउने छैनन् । सन् २००९ मा मात्र सार्वजनिक यातायातका साधन चलाउने चालकले गाडी चलाइरहेका बेला मोबाइल फोन प्रयोग गरेकै कारण भएका दुर्घटनामा झण्डै पाँचहजार भन्दा बढी सर्वसाधराणले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएपछि यातायात मन्त्रालयले चालकलाई मोबाइल बोक्न बन्देज लगाउने तयारी गरेको हो । मन्त्रालयको यो निर्णयपछि त्यहाँ सार्वजनिक सवारी साधन चलाउने चार लाखभन्दा बढी सवारी चालक प्रभावित हुने अनुमान गरिएको छ ।
"जब जब बस र ट्रक चालकले मोबाइल प्रयोग गर्न थाल्छन् उनीहरूको ध्यान अन्यत्रै जाने हुँदा ठीक त्यही समयमा दुर्घटना हुने गरेको पाइएको छ । सवारी चालकको यस्तो हर्कतबाट हजारौं निर्दोष सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । निर्दोषको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले चालकलाई मोबाइल प्रयोगमा बन्देज लगाउन तयारी गरिएको हो'' यातायात मन्त्री रे लाहुडले भनेका छन् ।

No comments:
Post a Comment