Sunday, March 27, 2011

गुन्द्रुकको झोल ख्वाएर अतिथिलाइ स्वागत

देश भर मात्र नभएर अन्तराष्ट्रिय स्तरमा समेत ख्याती कमाएका साहित्यकारहरु आउने भएपछि झापाको गौरादहमा कार्यक्रम कसरी गर्ने छलफल भयो ।
कसैले क्याम्पसको सभा हलमा गर्ने भने त कसैले गाबिस भवनमा तर स्थानिय महिला समुहले ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको गौरादहको पोखरीको डिलमा कार्यक्रम गरेर यी दहको ऐतिहासिकता सबैमा बुझाउनु पर्ने प्रस्ताब राखे ।
यहि प्रस्ताब पास भयो र शनिबार राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका साहित्यष्कारहरु नौ बिघाह क्षेत्रफलमा ओगटिएको गौरादहको दहको किनारमा बसेर बिशेष कार्यक्रममा सहभागी बने ।
अतिथिहरुले के ख्वाउने र कस्तो ख्वाउने भन्ने पनि छलफल भयो र यस बिषयमा पनि नयाँ पन दिने यहाँका बासिन्दाहरुले अठोट लिए ।
पोखरीको डिलमा नै खाना पकाइयो र संगसंगै गु न्द्रुकको झोल ख्वाएर अतिथिलाइ स्वागत गर्ने त्यो पनि टपरा र दुनामा मात्र ख्वाउने ।
टपरा र दुनामा गुन्द्रुको झोल संग तिल पिधेर बनाएको चटनि संग अतिथिहरुले उत्साहका साथ खाना खाए ।
जुहि प्रकाशन समुह भद्रपुर र बिहानी साहित्य समाज गौरादहले आयोजना गरेको साहित्यिक समारोह यसरी नै चल्यो
कार्यक्रममा साकित्यकार डा।टक न्यौपानेभाषाबिद बालकृष्ण पोखरेल प्राज्ञ कृष्णभुषल बल र अनिरुद्ध ति_िम्सनासाहित्यकार कृष्णबिनोद लम्सालचुणामणि रेग्मि रामप्रसाद ज्ञवाली लगायतका पाँच दर्जन भन्दा बढी साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
बिहानी साहित्य समाज गौरादहका दिपक सुबेदीका अनुसार ग्रामिण क्षेत्रमा पनि साहित्यको माध्यमबाट पनि केहि गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरीएको हो ।
कार्यक्रममा परिवर्तनका लागि साहित्यको भुमिकाको बिषयमा छलफल संगै यस क्षेत्रका पुराना साहित्यकार र शिक्षासेवीहरु पनि सम्मानित भए ।
यसरि सम्मानित हुनेहरुमा घनेन्द्र शर्माजगन्नाथ दाहालकर्णकुमार श्रेष्ठ एक्लेनारायणबहादुर कार्की र उदयलाल यादब रहनु भएको थियो ।
दिपक सुबेदीले कला र साहित्यमा गौरहद एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने गौरादह बहुमुखि क्याम्पसका पुर्व क्याम्पस प्रमुखले गौरादहका पोखरीको बिषयमा चर्चा गर्नु भएको थियो ।
नयाँ तथा पुराना र ख्याती कमाएका साहित्यकारहरुको बाक्ले उपस्थिति रहेको कार्यक्रममा डम्बरुबल्लभ भण्डारीको महाकाब्य अब क्रान्ति बाँकि छ बिमोचन पनि गरिएको थियो ।
साहित्य र कलाको कुनै सिमना नहुने भन्दै ग्रामिण क्षेत्रमा हुने यस्ता कार्यक्रमहरुको महत्व बडदै गएको साहित्यकार प्रकाश बुढाथोकीले बताउनु

No comments:

Post a Comment