इलामको चुरीया क्षेत्र हुदै झापाको दमक आउने फाल्गुणानन्द सडक भएर रतुवा खोलाको बगर नै बगर दैनिक रुपमा बिस ट्रक भन्दा बढी काठ झापा आउने गरेको प्रत्यक्षदर्शिहरुले बताएका छन ।
सरकारले सरकारी तथा सामुदायीक बनमा बनपैदावरमा रोक लगाएकोले निजि बनको कु काठ भनेर कागजपत्र बनाएर काठ तस्करी भइरहेको श्रोतले बताएको छ ।
दैनिक रुपमा बिस ट्रक भन्दा बढी उतिशको गोलिया भन्दै झापाको दमक हुँदै बिभिन्न ठाँउमा काठ पुर्याइने गरेको हो ।
ट्रकको माथिमाथि उतिशको काठ राख्ने र तल सखुवा लगायतका बहुमुल्य काठका टुनाहरु ल्याइने गरेको समेत श्रोतको दाबी रहेको छ ।
इलामको एक सामुदायीक बनका अध्यक्षका अनुसार जिल्ला बन कार्यलय बाट निजि बनको उतिशको काठ ओसार पसारका लागी केहि ट्रक काठको छुटपुर्जि बनाएर दिनदाहाडै काठ तस्करि भइरहेको छ ।
यसमा बन कर्मचारी बाटामा रहेका रेाजपोष्ट र प्रहरीहरुको समेत अप्रत्यक्ष संलग्नता रहने गरेको जनाइएको छ ।
निजि बनको कु काठ भनेर सरकारी तथा सामुदायीक बनको र चुरिया क्षेत्रका रुखहरु काटिने गरेको बताइएको छ ।
जिल्ला बन कार्यलय संग अनुमति लिएर र टाँचा लगाएर निजि बनको कु काठ ओसारपसार गर्न पाइने र यसमा सरकारको प्रतिबन्ध नलाग्ने भएकाले यसरी नै कागज पत्र बनाएर काठ तस्करि भइरहेको जानकारहरुको भनाइ रहेको छ ।
दैनिक रुपमा बिस ट्रक भन्दा बढी काठ यो एउटा सडक मात्र भएर आइरहेको र निजि बनको काठ भन्दै बन मास्ने क्रम नरोकिएको प्रतयक्षदर्शिहरुले बताउने गरेका छन ।
इलाका प्रहरी कार्यलय दमक प्रमुख नबिन कार्कीले निजि बनको कु काठ भनेर कागज पत्र बनाएर काठ ल्याइएको पाइएकाले त्यसलाइ नरोकिएको बताउनु भएको छ ।
निजि बनको उतिशको काठ भनेर जिल्ला बन कार्यलयबाट ने अनुमति लिइएको कागजपत्र उनिहरुको साथमा रहने गरेको कार्कीले बताउनु भयो ।
सबै गाडी भित्र के छ भनेर चेक गर्न असम्भब हुने र कागज पत्र हेरेर छाडने गरेको प्रहरीको भनाइ रहेको छ ।
प्रत्यक्ष दर्शिहरुले भने प्रहरिको संलग्नता बेगर दैनिक रुपमा यति धेरै काठ आउन नसक्ने बताउदै आएका छन ।
इलामका सामुदायीक बन र चुरिया क्षेत्रमा तिब्र रुपमा काठ तस्करि भइरहेको र निजि बनको भन्दै यसलाइ बैधानिकता बन कर्मचारिहरुले दिइरहेको इलाम साख्पाराका बिद्यालय शिक्षकले बताउनु भयो ।
खुलेर कोहि बोल्न नसक्ने र ज्यान नै जोखिममा पर्ने भएकाले आफुहरु चुप लागेका ति शिक्षकले बताउनु भयो ।जिल्ला बन कार्यलय इलामका निमित्त प्रमुख रामश्वार्थ शाहले निजि आबधिक जग्गाको कु काठ ओसारपसार प्रतिबन्ध नलागेको र त्यो त्यहि काठ भएको बताउनु भएको छ ।
सामुदायिक तथा सरकारी बनको काठ नकाटिएको भन्दै बनका कर्मचारीहरुले टाँचा लगाएर र उनिहरुकै अगाडी लोड भएर ति काठ जाने समेत उहाँको भनाइ थियो ।
दैनिक रुपमा इलाम हँदै झापा ट्रकका ट्रक काठ आइरहेको बिषयमा झापाका प्रमुख जिल्ला
अधिकारी शशिशेखर श्रेष्ठले बन अधिकृत संग आफु कुरा गर्ने र बुझ्ने बताउनु भयो ।

No comments:
Post a Comment