Sunday, March 13, 2011

आधुनिक मानवको उत्पत्ति स्थल .......

आधुनिक मानिसको उत्पत्ति दक्षिणी अप्रिmकामा भएको हुन सक्ने जीवको उत्पत्तिसम्बन्धी एउटा बृहत् अध्ययनले निष्कर्षनिकालेको छ ।
तथ्यांकहरूले सो क्षेत्रका सिकारी मानिसहरूमा ठूलो मात्रामा आनुवंशिक विविधता देखाएका छन्, जुन दर्ीघकालीन अस्तित्वको लक्षण हो । सो क्षेत्र आधुनिक मानवको उत्पत्तिका लागि सम्भवतः सबैभन्दा उत्तम ठाउँ रहेको पनि अध्ययनले बताएको छ ।
यो अनुमानले आधुनिक मानवको उत्पत्ति पर्ूर्वी अप्रिmकामा भएको मान्यतालाई चुनौती दिएको छ ।
अध्ययनको निष्कर्षनेसनल एकेडेमी अफ साइन्सेजको प्रोसिडिङसले प्रकाशमा ल्याएको हो । 'अप्रिmका सबै आधुनिक मानवको उत्पत्तिस्थल मानिएको छ,' अन्तर्रर्ााट्रय अनुसन्धाताहरूको टोलीले लेखेको छ ।
'तर, सयौं फरक जनसंख्याको जटिल इतिहासका कारण अप्रिmकामा मानव जातिको प्राचीन इतिहास र क्रमिक विकासको विस्तृत विवरण अझै अस्पष्ट छ ।'
स्टानफोर्ड युनिभर्सिटी क्यालिफोर्नियाका सहलेखक ब्रेन्ना हेन्न सो टोलीको अध्ययनले दर्ुइओटा मुख्य निष्कर्षनिकालेको बताउँछिन् । उनीहरूको अध्ययनलाई यस प्रकारको बृहत् मानिएको छ ।
'पहिलो अप्रिmकी सिकारी मानिसमा ठूलो मात्रामा विविधता देखियो, त्यहाँको कृषि जनसंख्यामा भन्दा पनि बढी विविधता,' उनले बीबीसी न्युजसँग भनिन्, 'सिकार समूहहरू बलिया र एकअर्काबाट प्रस्ट रूपमा एक्लिएका थिए र सम्भवतः आनुवंशिक विविधताको ठूलो मात्रा । यो ज्यादै उत्साहजनक कुरा हो ।'
डा. हेन्न थप्छिन्, 'अर्को मुख्य निष्कर्षके थियो भने हामीले २७ अप्रिmकी जातिको भिन्न आनुवंशिक संरचनाको अध्ययन गर्‍यौं र भिन्नतामा एउटा कमी देख्यौं, जुन वास्तवमै दक्षिणी अप्रिmकामा सुरु भयो र मानिसहरू उत्तरी अप्रिmकातिर र्सर्दै जाँदा विकसित भयो ।'
सो टोलीको प्रतिमान त्यसपछिका र्सजकका उत्पादनसँग समान रहेको पनि उनले बताइन् । यसले सानो संख्यामा रहेका सुरुका मानिसहरूद्वारा प्रारम्भिक जातिबाटै नयाँ जनसंख्या स्थापित हुँदै जाँदा आनुवंशिक विविधता हराउँदै गएको संकेत गर्छ ।
'दक्षिणी अप्रिmकाका मानिसमा सबैभन्दा बढी आनुवंशिक विविधता थियो । त्यसकारण, यसले सो ठाउँ नै आधुनिक मानवको उत्पत्तिका लागि सबैभन्दा उत्तम स्थान हुन सक्छ भन्ने कुरा बताउँछ ।'
बेलायतको लन्डनस्थित नेचुलर हिस्ट्री म्युजियमका एक प्रमुख
जिबास्म वैज्ञानिक क्रिस स्टि्रन्जर भन्छन्, 'सो नयाँ शोधपत्रले नामिबियाली र खोमानी बुसम्यान -दक्षिणी अप्रिmका), बैका पिग्मी -मध्य अप्रिmका) र सान्डावे -पर्ूर्वी अप्रिmका) ज्यादै विविधतापर्ूण्ा देखिएका छन् । र, तार्त्पर्यअनुसार तिनीहरू होमो सेपियन्समा सबैभन्दा प्राचीन हुन् ।'

No comments:

Post a Comment