Friday, March 11, 2011

पशुको पनि दाहसंस्कार !

मानिससमेत कुकुर-बिरालाझैँ मररिहेका बेला गाईगोरुलाई पनि मानिसलाई झैँ विधि पुर्‍याएर दाहसंस्कार गरनिु आश्चर्यजनक हो । तर, यो दृश्य दाङको लालमटियामा भने सामान्यजस्तै भइसकेको छ ।

गाउँघरमा कुनै पशुले पशुको मरण गर्नु पर्दैन । सबैले मानवीय व्यवहार पाउँछन् । सबै प्राणीले समान रूपमा बाँच्न पाउनुपर्छ भन्ने लक्ष्यका साथ लालमटियावासीले यस्तो अनौठो काम थालेका हुन् ।

उनीहरूले घरमा स्याहार नपाउने गाईगोरुका लागि वृद्धाश्रमसमेत निर्माण गरेका छन् । "पशु पनि त प्राणी हो । उसले जीवनभर हामीलाई दिएको गुण त्यत्तिकै बिर्सन हुँदैन," पशु वृद्धाश्रम व्यवस्थापन समितिका संयोजक मोती अधिकारी भन्छन्, "बाँच्दासम्म राम्रोसँग बाँच्न पाउँछ, मर्दा सम्मानजनक तरकिाले अन्त्येष्टि पाउँछ ।"

मानिसले गाईगोरुलाई काममा लगाउन पाउँदासम्म मात्र पाल्ने त्यसपछि त्यत्तिकै छोडिदिने प्रचलन बढेपछि कालिका सामुदायिक वन समूहले पशु वृद्धाश्रम बनाउने जुक्ति निकालेको हो । "भैँसी र बाख्राहरू भने मानिसले वृद्ध भए पनि काटेर खान्छन् तर गाईगोरु त्यत्तिकै अलपत्र छोडिदिन्छन् । पशुले पनि सुखसँग मर्न पाउनुपर्छ," गोरुको दाहसंस्कार गदर्ैै गरेका स्थानीय डिलबहादुर कुमाल भन्छन्, "एउटा प्राणीले अर्को प्राणीको सम्मान गर्न सक्नुपर्छ ।" अहिले वृद्धाश्रममा २२ वटा पशु छन् । वृद्धाश्रममा हालसम्म १ सय ५५ पशु आएको र त्यसमध्ये १ सय ३३ मरसिकेको आश्रमका संरक्षक भगतराम चौधरी बताउँछन् । मरेका सबै पशुलाई मान्छेलाई जस्तै दाहसंस्कार गरएिको उनको कथन छ ।

No comments:

Post a Comment