Wednesday, March 9, 2011

कोकाकोला र पेप्सी खतरा

कोकाकोला र पेप्सीमा मिलाइने एउटा तत्वका कारण क्यान्सर हुन सक्दछ। यी पेय पदार्थ बनाउन प्रयोग गरिने रङ्गबाट क्यान्सर हुन सक्ने चेतावनी स्वास्थ्यसँग सम्बन्धित एक अमेरिकी समूहले दिएको छ।
सेन्टर फर साइन्स इन द पब्लिक इन्ट्रेस्टले भनेको छ-कोकाकोला, पेप्सी र अन्य खाद्य पदार्थमा प्रयोग हुने कारमेल रङ्गमा दुई प्रकारका क्यान्सरजन्य केमिकल हुने गर्दछ। यसमाथि प्रतिबन्ध लगाउनु आवश्यक छ। कोकाकोलाको कृतिम ब्राउन रङ्ग बनाउनका लागि उच्च दबाव र तापमानमा अमोनिया र सल्फाइट्सका साथ चिनीको प्रतिक्रिया गराउने गरिन्छ।
रासायनिक प्रतिक्रियापछि २-एमआई र ४-एमआई नामक दुई तत्व बन्दछन् । समूहका अनुसार सरकारद्वारा मुसामा गरिएको अध्ययनहरुबाट यी तत्वका कारण फोक्सो, लिभर र थायराइड क्यान्सर हुने खतरा रहेकोछ।
अमेरिकाको नेशनल टाक्सिकोलजी प्रोग्रामका अनुसार यो कुराको स्पष्ट प्रमाण प्राप्त भइसकेको छ कि २-एमआई वा ४-एमआईबाट जनावरमा क्यान्सर हुने गर्दछ । साथै यसबाट मानिसमा पनि क्यान्सर हुने खतरा रहन्छ। क्यालिफोर्निया युनिभर्सिटीका शोधकर्ता डेविसले कोकाकोलाको पाँच ब्राण्डमा ४-एमआईको अधिक मात्रा फेला पारेका थिए ।

No comments:

Post a Comment