चारै तिर झकिझकाउ छ ।वरीपरी बिशाल बिशाल माटाका मुर्तिहरु निर्माण गरिएका छन भने भारत तथा नेपालका बिभिन्न स्थानबाट आउने भक्तालुहरुको भिडभाड पनि उत्तिकै रहेको छ ।
कुनै संघसंस्था या कसैको प्रयोजनमा भएको मेला या महोत्सब होइन तर महोत्सब भन्दा कम छैन यहाँको माहौल ।बिशुद्ध आदिबासि जनजतिको महोत्सब जस्तै देखिन्छ ।
झापाको लखनपुर ३ को राजबंशी टोलमा आइतबार साँझबाट आदिबासि समुदायले बिष्णु महायज्ञको संचालन गरेको छ जुन महायज्ञ अन्यत्र गरिने भन्दा धेरै किसिमले भिन्न रहेको छ ।
स्थानिय राजुलाल ताजपुरीयाका अगुवाइमा धार्मिक सहिष्णुताको बिकास गर्न र बिश्व शान्तिको कामना गर्दै यो महायज्ञ लगाइएको बताइएको छ ।
बुधबार दिउसो बाट नै भारत र नेपालका बाइस दलहरु किर्तनका लागी आइरहेका छन ।
हरेराम हरेराम रामराम हरेहरे ।
हरेकृष्णहरेकृष्ण कृष्णकृष्ण हरेहरे ॥
जपेर बहत्तर घण्टा सम्म निरन्तर एक क्षण पनि नरोकिकन अखण्ड रुपमा बाजा गाजा सहित मन्दिर परिक्रमा हुनेछ ।
करिब पाँच कठ्ठा जमिनको चारै तिरको दिशामा ठुलाठुला नरिसंहको मुख भित्र सरस्वती भएको मुर्तिभक्त प्रल्हादको मुर्तिहिरण्यकश्यपहनुमान लगायतका मुर्तिहरु निर्माण गरिएका छन ।
यहा एउटा मुख्य मन्दिर निर्माण गरिएको छ भने मन्दिरमा बिराटरुपको बिष्णु भगवानको बाह् फुट अग्लो र दुइ फुट मोटाइको बिशाल मुर्ति निर्माण गरिएको छ ।
मन्दिरको परिषरमा राम लक्ष्मण सितासरस्वती लगायतका भगवानका मुर्तिहरु बनाइएका छन भने यहाँ कर्ताको रुपमा मन्दिर भित्र आदिबासि महिलाहरु नै बसेका छन ।
देबालय ब्यवस्थापन समितिका संयोजक शोभालाल राजबंशीका अनुसार एक जना ब्याक्तिको प्रयासमा तीन लाख भन्दा बढी खर्चेर यो काम भएको छ कुनै पनि निकाय र ब्याक्ति संग सहयोग मागिएको छैन ।
यस क्षेत्रमा यस्तो किसिमको काम कहिले पनि नभएको र यो कार्य गर्नु भनेको आदिबासि समुदायमा सबै भन्दा ठुलो र महान कार्य मानिने यहाँका आदिबासि अगुवाहरुले बताएका छन ।
दशकौ अगाडी यस्तो कार्य हुने गरे पनि दशकौ पश्चात पुर्वमा नै पहिलो पटक यो महायज्ञ आदिबासि समुदायको तर्फ बाट भएको ताजपुरीया कल्याण परिषदका केन्द्रिय अध्यक्ष नित्यानन्द ताजपुरीयाले बताउनु भयो ।
भारत र नेपालका आदिबासि ताजपुरीया राजबंशी बाहेक सबै जातजाती र भाषाभाषीका गरि करिब चालीस हजारको सहभागिता रहने ताजपुरीयाले बताउनु भएको छ ।
संकट मोचनका लागि यस्तो कार्य गरिने भएकाले देशमा अहिले संकट रहेको र धार्मिक सहिष्णुता समेत संकटमा परेकोले त्यसको मोचनका लागि यो कार्य गरिएको मुख्य कर्ता राजुलाल ताजपुरीयाले बताउनु भयो ।
करिब पाँच लाख खर्च हुने बताइएको यस महायज्ञमा निरन्तर रुपमा बहत्तर घण्टा नै हवन गरिने बताइएको छ ।
त्यस पछि यी निर्माण गरिएका सबै संरचनाहरु भत्काइने र शान्ति तथा धार्मिक सहिष्णुताको कामना सहित त्यसलाइ दहन गरिने जनाइएको छ ।
यहाँ आएका सबै पाहुनाहरुलाइ राजबंशी तथा ताजपुरीया समुदायको परम्परागत खाद्यन्न मुरहिमा अर्थात भुजामा खानेतेल आलेर दिइने गरेको छ ।
यो महायज्ञका लागि करिब एक महिना अगाडि देखिनै तयारि शुरु भएको र स्थानिय श्रोत साधन नै प्रयोग गरेको समेत जनाइएको छ ।
No comments:
Post a Comment