Sunday, March 20, 2011

दिनभर घरको साधु रात परेपछि चोर

दिनभर घरको साधु बिरालो, रात परेपछि चोर बिरालो । क्यालिफोर्नियामा हालै यस्तै एक बिरालो क्यामेरामा कैद भएको छ । डस्टी नाम राखिएको उक्त बिरालो क्लेप्टोमानिया अर्थात् नचोरी नहुने रोगबाट पीडित भएको बताइन्छ । यसैले उक्त बिरालोलाई ‘क्लेप्टो क्याट’ भन्न थालिएको छ । डस्टी नाम गरेको उक्त चोर बिरालोले छिमेकीका घरहरूमा गरेको चोरीको छायाङ्कन गरिएको छ । डस्टीले नुहाउँदा प्रयोग गरिने बाथ स्पन्ज र खेलौना डायनासोरदेखि लिएर छिमेकीको बिकिनीसम्मको चोरीलाई ‘नाइट-भिजन’ क्यामेराको सहयोगबाट छायाङ्कन गरिएको छ ।
एबीसी टेलिभिजनसँगको कुराकानीमा बिरालो पालक जिन चुले बिरालोले रूमाल, पन्जा, जुत्ता, मोजा तथा बच्चाहरूका खेलौना घरमा ल्याएको बताए । एक पटक डस्टीले एक जोरै जुत्ता घर ल्याएका थिए ।
डस्टीको खराब बानीबाट छिमेकका एक बालक निकै दिक्क भएका छन् । “त्यसले मेरी आमाको स्विमिङ लुगा नै लग्यो,” बालकको भनाइ छ । बितेको तीन वर्षको अवधिमा उक्त बिरालाले छ सयवटा भन्दा बढी सामान चोरेको बताइएको छ । हालै टेलिभिजनमा डस्टीको क्रियाकलाप सार्वजनिक भएपछि छिमेकीले बिरालोको नाम नै ‘क्लेप्टो क्याट’ राखेका हुन् ।
 बिरालो पालक जिन चुले बिरालोले रूमाल, पन्जा, जुत्ता, मोजा तथा बच्चाहरूका खेलौना घरमा ल्याएको बताए । एक पटक डस्टीले एक जोरै जुत्ता घर ल्याएका थिए ।
डस्टीको खराब बानीबाट छिमेकका एक बालक निकै दिक्क भएका छन् । “त्यसले मेरी आमाको स्विमिङ लुगा नै लग्यो,” बालकको भनाइ छ । बितेको तीन वर्षको अवधिमा उक्त बिरालाले छ सयवटा भन्दा बढी सामान चोरेको बताइएको छ । हालै टेलिभिजनमा डस्टीको क्रियाकलाप सार्वजनिक भएपछि छिमेकीले बिरालोको नाम नै ‘क्लेप्टो क्याट’ राखेका हुन् ।

No comments:

Post a Comment