Thursday, March 31, 2011

दैनिक बिस रुपियाका लागि दिनभर गिट्टि कुटदै दृष्टिबिहिन महिला

चैत महिनाको टण्टालापुर रापिलो घाम ।रापिलो तातो बालुवाको दिनभरको बसाइ । हातमा बिड हल्लि रहेको एउटा मार्तोल ।त्यहि मार्तोल चलाउदा हात रक्ताम्मे बनेको छ ।
उहाँ संग बाहिरि संसार हेर्नलाइ दुबै आँखा छैनन ।जन्मदै देखि उहाँले बाहिरि संसार हेर्न पाउनु भएको छैन ।दाहिने खुट्टाले पनि राम्रो भर गर्दैन ।
उमेरले चार दशक पुग्नु भयो ।बिहान चाँडो खाना खाएर बेलुका सम्म बगरमा नै बित्छ उहाँको दैनिकि ।ढुङ्गाहरु छामछुम गरेर गिट्टि कुटेर ।दिन भरको कमाइ भने सत्र रुपियाँ देखि बढिमा बिस रुपिया ।
झापाको बेलडाँगी शरणार्थी शिबिर ए ३ छाप्रो नं।२१७ की हरीमायाँ काफ्लेको दैनिकि दुइ तीन बर्ष अघि देखि यसरी नै बित्ने गरेको छ रतुवा खोलाको बगरमा ।
उहाँ दृष्टिबिहिन हुनुहुन्छ ।दाहिने खुट्टा पनि सबालङ्गहरुको जस्तो छैन ।घरमा बुढा बुबा आमा मात्र हुनुहुन्छ भने उहाँले बिवाह पनि गर्नु भएको छैन ।
बुबा आमा उमेरले पाको हुनुहुन्छ । रोगी तथा अशक्त भएर घरमा नै बस्नुहुन्छ भने उहाँ खान खानसाथ खोलाको बगरमा आइपुग्नु हुन्छ ।
खोलामा भेटिएका बालबालीका र संगै गिट्टि कुटने अन्य साथीहरुले उहाँको छेउमा ढुङ्गाहरु लगिदिने गरेका छन र उहाँ छामछुम गर्दै ढुङ्गाहरु कुटेर गिटि बनाउनु हुन्छ ।
बेलुका ट्याक्टर लिएर गिट्टि उठाउन आउछन र दिनभर कुटेको गिट्टिको दाम दिएर लैजाने गर्छन ।
काफलेका अनुसार एक दिनमा डेढ केबि सम्म गिटि कुटने गर्नु हुन्छ र एक केबिको मुल्य बाह् रुपिया पर्दछ ।
आठ बेल्चा बराबर एक केबि हुने र बढीमा दैनिक रुपमा आफुले धेरै रुपिया थाप्दा पनि बिस रुपिया सम्म थापेको उहाँले बताउनु भयो ।
शिबिरमा दातृ निकायले खान र बस्नको बनदोबस्ति गरेको छ तर गोजी खर्च भने कहिबाट पनि नआउने भएपछि सकि नसकि यो काम गर्नु परेको काफ्लेले बताउनु भयो ।
केहि किनेर खान मन लाग्दा र लाउन रहर लाग्दा रकम नहुने र बुबाआम पनि अशक्त भएकाले गिट्टि कुटेर भएपनि त्यो खर्च जुटाउन उहाँको दैनिकि बगरमा नै बित्ने गरेको छ ।
यहाँ गिट्टि कुटनेहरु धेरै रहेका छन तर उहाँ अरुको माँझमा फरका हुनुहुन्छ ।उहाँ बढिमा जम्मा बिस रुपियाका लागी कष्ठप्रद दैनिकि गुजारीरहनु भएको छ ।
अपाङ्गहरुका लागी बिभिन्न सिप मुलका तालीम र अवसर आउने गरेपनि आफु यसबाट सधै पछि परेको उहाँको दुखेसो रहेको छ ।
अपाङ्गहरुलाइ गुडिया बनाउने बिभिन्न चिजहरु बुन्ने तालीम आउने गरेको सुनेको तर आफुलाइ त्यस्तामा सहभागी अहिले सम्म नगराइएको काफ्लेले गुनासो गर्नु भयो ।

दमक क्याम्पस असि लाख घाटामा


झापाको दमकमा रहेको समुदायबाट संचालीत दमक बहुमुखि क्याम्पसमा प्रतेक महिना तीन लाखको दरले घाटामा रहेको पाइएको छ ।
क्याम्पस श्रोतका अनुसार प्रतेक महिना घाटा बडदै जाँदा अहिले क्याम्पसको घाटा असि लाख पुगि सकेको छ ।
हेर्दा बाहिर आकर्षक र भौतिक सुबिधाले समेत सम्पन्न रहेको क्याम्पस आर्थिक रुपमा भने धराशयि बन्दै गएको जनाइएको छ ।
क्याम्पसका कर्मचारी तथा प्राध्यापकहरुको तलब र भत्तामा बडि खर्च भएर क्याम्पस घाटामा गएको बताइने गरेको छ ।
दमक बहुमुखि क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सुरेश सुब्बाले क्याम्पस घाँटामा रहेको स्विकार गर्नु भएको छ ।
नयाँ ब्यवस्थापन समितिले काम शुरु गरेको छ महिना मात्र पुगेको र आफुहरु आउनु अगाडी नै साठी लाख रुपिया क्याम्पस घाटामा रहेको र तयसपछि करिब अठार लाख घाटा रहेको सुब्बाले बताउनु भएको छ ।
मासिक तीन लाखको दरले घाटा हुन थालेपछि आन्तरिक श्रोत जुटाएर क्याम्पसलाइ घाटा मुक्त बनाउन बिशेष समिति निर्माण गरेर काम शुरु गरिएको ब्यवस्थापन समितिको भनाइ रहेको छ ।
महगी बृद्धि भएको र क्याम्पसमा बिभिन्न शंकाय तथा बिषय थप भएका कारण क्याम्पसको ब्यभार बडेको तर क्याम्पसको श्रोत भने न खोजीएकाले यो अवस्था आएको बताइने गरेको छ ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सुब्बाका अनुसार प्रतेक बर्ष क्याम्पसमा बिद्यार्थीको संख्या घटिरहेको र अन्य क्याम्पस पनि खुलेकाले चुनौती बडदै गएको छ ।
पाँच बर्ष देखि बिद्यार्थीको शुृल्क बृद्धि गर्न नसकिएको र बिद्यार्थी संगठनहरुले शुल्क बृद्धि गर्न नदिएका कारण क्याम्पस आर्थिक रुपमा धराशयि बन्दै गएको ब्यवस्थापन समितिका सदस्यहरुले बताउने गरेका छन ।
क्याम्पसको निति निर्माण देखि लिएर हरेक गतिबिधिलाइ चुस्त रुपमा चलाउन दुइ सय पचास भन्दा बढी क्याम्पस सभाषदको ब्यवस्था भएपनि सभाषदहरु नै क्याम्पसको अवस्थाको बिषय अनबिज्ञ रहेका छन ।
एक क्याम्पस सभाषदका अनुसार दुइ पटक क्याम्पस सभाका लागि क्याम्पस गएपनि कोरम नपुगेर फर्किएको र यस बिषयमा आफुलाइ केहि पनि थाहा नभएको बताउनु भयो ।
बर्षमा एक पटक क्याम्पस सभा हुने गरेको क्याम्पस सभाको बिषयमा सबै सभाषदहरुलाइ जानकारी भएको क्याम्पसले जनाएको छ ।
क्याम्पसका सहायक प्रमुख एबं उच्च माबि प्रमुख डिल्लि भट्टराइले क्याम्पस आर्थिक रुपमा धराशयि नबनेको र बर्षौ देखि भर्ना शुल्क लगायतका शिर्षकमा शुल्क समायोजन नभएकाले केहि समस्या आएको बताउनु भयो ।
बिद्यार्थीको संख्या कम भएपनि प्राध्यापकहरुको संख्या बडिरहेका कारण तलब भत्तामा नै बडि खर्च भइरहेको भन्ने गुनासो खासै जायज नभएको भन्दै समयनाकुल शंकाय तथा बिषय थप हुँदा त्यहि अनुसार खर्च बडेको उहाँले बताउनु भयो ।
क्याम्स यो क्षेत्रको धरोहर भएकाले यसलाइ जोगाउन सबै लाग्नु पर्ने र प्रशासनिक रुपमा पनि भ्रमण तथा भत्तामा खर्च कटौति गरेर केहि घाटा हटाउन सकिने समेत जनाउनु भयो ।
दमक क्याम्पसमा केहि बर्ष अघि देखि दोश्रो उच्च शिक्षा परियोजना समेत संचालनमा रहेको छ ।
यसका लागि बिभिन्न चरणमा क्याम्पसले अठार करोड भन्दा बढी रकम पाउने भएपनि यो रकम तलब भत्ता तथा तोके बाहेकका अन्यत्र खर्च गर्न नपाउने प्राबधान रहेकाले क्याम्पसको घाटा पुर्तिका लागि श्रोतको खोजिमा क्याम्पस लागेको क्याम्पस संचालक समितिले बताउदै आएको छ ।

धार्मिक सहिष्णुताका लागि महायज्ञ

चारै तिर झकिझकाउ छ ।वरीपरी बिशाल बिशाल माटाका मुर्तिहरु निर्माण गरिएका छन भने भारत तथा नेपालका बिभिन्न स्थानबाट आउने भक्तालुहरुको भिडभाड पनि उत्तिकै रहेको छ ।
कुनै संघसंस्था या कसैको प्रयोजनमा भएको मेला या महोत्सब होइन तर महोत्सब भन्दा कम छैन यहाँको माहौल ।बिशुद्ध आदिबासि जनजतिको महोत्सब जस्तै देखिन्छ ।
झापाको लखनपुर ३ को राजबंशी टोलमा आइतबार साँझबाट आदिबासि समुदायले बिष्णु महायज्ञको संचालन गरेको छ जुन महायज्ञ अन्यत्र गरिने भन्दा धेरै किसिमले भिन्न रहेको छ ।
स्थानिय राजुलाल ताजपुरीयाका अगुवाइमा धार्मिक सहिष्णुताको बिकास गर्न र बिश्व शान्तिको कामना गर्दै यो महायज्ञ लगाइएको बताइएको छ ।
बुधबार दिउसो बाट नै भारत र नेपालका बाइस दलहरु किर्तनका लागी आइरहेका छन ।
हरेराम हरेराम रामराम हरेहरे ।
हरेकृष्णहरेकृष्ण कृष्णकृष्ण हरेहरे ॥
जपेर बहत्तर घण्टा सम्म निरन्तर एक क्षण पनि नरोकिकन अखण्ड रुपमा बाजा गाजा सहित मन्दिर परिक्रमा हुनेछ ।
करिब पाँच कठ्ठा जमिनको चारै तिरको दिशामा ठुलाठुला नरिसंहको मुख भित्र सरस्वती भएको मुर्तिभक्त प्रल्हादको मुर्तिहिरण्यकश्यपहनुमान लगायतका मुर्तिहरु निर्माण गरिएका छन ।
यहा एउटा मुख्य मन्दिर निर्माण गरिएको छ भने मन्दिरमा बिराटरुपको बिष्णु भगवानको बाह् फुट अग्लो र दुइ फुट मोटाइको बिशाल मुर्ति निर्माण गरिएको छ ।
मन्दिरको परिषरमा राम लक्ष्मण सितासरस्वती लगायतका भगवानका मुर्तिहरु बनाइएका छन भने यहाँ कर्ताको रुपमा मन्दिर भित्र आदिबासि महिलाहरु नै बसेका छन ।
देबालय ब्यवस्थापन समितिका संयोजक शोभालाल राजबंशीका अनुसार एक जना ब्याक्तिको प्रयासमा तीन लाख भन्दा बढी खर्चेर यो काम भएको छ कुनै पनि निकाय र ब्याक्ति संग सहयोग मागिएको छैन ।
यस क्षेत्रमा यस्तो किसिमको काम कहिले पनि नभएको र यो कार्य गर्नु भनेको आदिबासि समुदायमा सबै भन्दा ठुलो र महान कार्य मानिने यहाँका आदिबासि अगुवाहरुले बताएका छन ।
दशकौ अगाडी यस्तो कार्य हुने गरे पनि दशकौ पश्चात पुर्वमा नै पहिलो पटक यो महायज्ञ आदिबासि समुदायको तर्फ बाट भएको ताजपुरीया कल्याण परिषदका केन्द्रिय अध्यक्ष नित्यानन्द ताजपुरीयाले बताउनु भयो ।
भारत र नेपालका आदिबासि ताजपुरीया राजबंशी बाहेक सबै जातजाती र भाषाभाषीका गरि करिब चालीस हजारको सहभागिता रहने ताजपुरीयाले बताउनु भएको छ ।
संकट मोचनका लागि यस्तो कार्य गरिने भएकाले देशमा अहिले संकट रहेको र धार्मिक सहिष्णुता समेत संकटमा परेकोले त्यसको मोचनका लागि यो कार्य गरिएको मुख्य कर्ता राजुलाल ताजपुरीयाले बताउनु भयो ।
करिब पाँच लाख खर्च हुने बताइएको यस महायज्ञमा निरन्तर रुपमा बहत्तर घण्टा नै हवन गरिने बताइएको छ ।
त्यस पछि यी निर्माण गरिएका सबै संरचनाहरु भत्काइने र शान्ति तथा धार्मिक सहिष्णुताको कामना सहित त्यसलाइ दहन गरिने जनाइएको छ ।
यहाँ आएका सबै पाहुनाहरुलाइ राजबंशी तथा ताजपुरीया समुदायको परम्परागत खाद्यन्न मुरहिमा अर्थात भुजामा खानेतेल आलेर दिइने गरेको छ ।
यो महायज्ञका लागि करिब एक महिना अगाडि देखिनै तयारि शुरु भएको र स्थानिय श्रोत साधन नै प्रयोग गरेको समेत जनाइएको छ ।

Sunday, March 27, 2011

चुम्बन प्रस्ताव नमान्दा ९२ वषर्ीया वृद्धाले छिमेकीलाई चलाइन् गोली

सेन्ट पिटर्सवर्गकी ९२ वर्षीया वृद्धाले आफूलाई चुम्बन नगरेको झाँकमा ५२ वर्षीय छिमेकी पुरुषलाई गोली हानेकी छिन् । हेलन स्टोडिगर नामक ती वृद्धाले आफ्नो छिमेकी डबाइट बेटनरलाई आफ्नो मनको कुरा खोल्दै आफूलाई किस गर्न आग्रह गरिन् । आफ्नो हजुरआमासरहकी ती वृद्धालाई किस गर्न डबाइटले किन मान्थे ? उनले वृद्धाको प्रस्ताव सीधै अस्वीकार गरे ।
आफ्नो मनको कुरा मुखै खोलेर जाहेर गर्दा छिमेकी डबाइटले इन्कार गरेपछि वृद्धा हेलनको रिसको पारो तात्यो । उनलाई डबाइटले आफ्नो प्रस्ताव अस्वीकार गरेकोमा हीनताबोध भयो । अनि उनले निकालिन् अटोमेटिक पेस्तोल । अनि चलाइन् गोली छिमेकी डबाइटको टाउकोलाई ताकेर । तर, भाग्यवश उनले चलाएको गोली डबाइटलाई लाग्न पाएन । 'केही गरी मेरो टाउको एक इन्चमात्र अगाडि भइदिएको भए गोली वारपार हुन्थ्यो,' डबाइटले पुलिससमक्ष घटनाबारेमा बताएका छन्, 'म भाग्यले बाँचँ ।' गोली चलाउने ती वृद्धालाई पुलिसले नियन्त्रणमा लिएको छ । वृद्धाले आफ्नो प्रस्ताव डबाइटले सीधै अस्वीकार गरेपछि आफूलाई निकै रिस उठेको र रिसकै झोँकमा उनीमाथि गोली चलाएको बयान पुलिसलाई दिएकी छन् । छिमेकी पुरुषले किस गर्न नमाने पनि वृद्धा घरभित्र पसेकी थिइन् । त्यसको केही मिनेटमै हातमा पेस्तोल लिएर निस्किएकी उनले डबाइटलाई ताकेर गोली हानेकी थिइन् ।

सिलप्याक दूधमा परिवार नियोजनको अस्थायी साधन कण्डम

चिसो पेय पदार्थमा कहिले खकार, कहिले घातुका टुक्रा भेटिएको समाचार त अनौठो रहेन । असाबधानीवस त्यस्ता पदार्थ परेको हुनसक्ने भन्दै चित्त बुझाउने पनि धेरै छन् । तर, स्वीडेनमा हालै एक गृहिणीले प्रयोग गर्ने बोतलको सिलप्याक दूधमा परिवार नियोजनको अस्थायी साधन कण्डम भेटिएको छ ।
यो समाचारसंगै मानिसलाई प्रश्न उठेको छ, प्रयोग गरिएको कण्डम असावधानीवस नै परेको भएपनि कसरी दूधका प्याकेटमा पर्न गयो ? स्वेडेनकी एक गृहिणीले आजकल दूधबाट बनेको ‘फिल्मजोल्क’ खान छोडेकी छिन् । आफ्नी छोरीलाई खाजा तयार गर्ने क्रममा सबेरै दूधको बोत्तल खोल्दा उनले कण्डमको रबर र बाहिरी खोल भेटिन । पवित्र दूधमा ‘कामवस्तु’ भेटेपछि उनी छक्क मात्र परिनन्, उक्त दूग्ध उत्पादन भोलिपल्टबाट घरै ल्याउन छोडिन् । ‘आमा त आश्चर्य चकित हुनु भो,’ मिलिका नामकी युवतीले बताइन्, ‘मैले त दुई दिनसम्म दूध पिउनै सकिन ।’ दूधमा कण्डम भेटिएपछि आमाको दैनिक भोजन ब्यवहारमा रुचि कम भएको उनले थपिन् ।
‘आमाले विस्तारै खाना खान थाल्नु भएको छ, तर फिल्मजोल्क भने कहिल्यै घर ल्याउनु हुन्न,’ छोरीले भनिन् । घटनापछि दूग्ध पदार्थ उत्पादक अर्ला डेरी र्फमकी प्रवक्ता कटरिना माल्मस्ट्रोमले तत्काल छानविन गरिने जनाइन् । अत्याधुनिक प्रविधिबाट फिल्टर गरी बोत्तलभित्र दूध राखिने हुँदा कण्डम भेटिनु आश्चार्यजनक रहेको उनले बताइन् । उक्त दूग्ध पदार्थ खान छोड्नेहरुको संख्या यकिन गर्न नसकिए पनि र्फमको बजार भने घट्ने निश्चित देखिन्छ ।

नमुना मदन गाँउ निर्माण योजना

जननेता मदन भण्डारीको सोच्ालाइ ग्रामिण स्तर सम्म पुर्याउन र मदन ग्रामको रुपमा बिश्वमा चिनाउने उदेश्यले भण्डारीको कर्म थलो मोरङको इटहरालाइ नमुना गाँउ निर्माण गर्न काम शुरु गरिएको छ ।
भण्डारीले अगाडि सार्नु भएको सामाजिक आर्थिक सोच अनुरुपको गाउँ विकास गर्ने उदेश्यका साथ नमुना गाउँको लागि मोरङको इटहरामा प्रारम्भिक चरणको काम शुरु भएको बताइएको छ ।
मदन भण्डारी स्मृती प्रतिष्ठानको संयोजनमा नेकपा एमालेका तत्कालिन महासचिव एवंं भण्डारीको जन्मथलो ताप्लेजुङ्गको ढुङ्गेसाघुँ र कर्मथलो मोरङको इटहरा र उर्लावारीलाई नमुना मदन गाउँ वनाउने योजना अनुसार इटहरामा प्रारम्भीक चरणको काम थालिएको प्रतिष्ठानले जनाएको छ।
इटहरा र ढुंगे साघुँलाई नुमना मदन गाउँ वनाउनका लागि काम अगाडी बडेको र त्यस पछि नगरन्मुख गाबिस उर्लावारी पनि यस प्रकि्रयामा रहेकेाे छ ।
नमुना मदन गाँउ निर्माणका लागि आवाधिक दिगो विकास योजना निर्माण सडक सुधार विद्यालयको शैक्षिक एंवम भौतिक सुधार लगायतमा ध्यान दिइने प्रतिष्ठानका अध्यक्ष गुरु बराल बताउनु हुन्छ ।
यी गाबिसमा सुचना एवंम साचार प्रविधिको प्रवद्र्धन बालबालिका र युवाको नेतृत्व विकास ग्रामीण विधुतिकरण यहाँको प्रमुख समस्या नदि नियन्त्रण लगायत कि्रयाकलापहरु साचालन गरिने र काम शुरु भएको प्रतिष्ठानका अध्यक्ष बरालले जनाउनु भएको छ ।
ग्रामीण क्षेत्रमा रहेका समस्याहरुको दिर्घकालिन समाधान आत्मनिर्भरतको लागि कार्यक्रम उद्यमशिलताको बिकास व्यवसायिक हितका लागि कार्यक्रम निर्माण स्वास्थ्यमा सुधार गरि नमुना गाबिस बनाउने लक्ष्य अनुसार नमुना मदन गाउँको अवधारण अगाडि सारिएको उहाँ बताउनु हुन्छ ।
प्रतिष्ठानका सामाजिक विकास अधिकृत रुद्र वहादुर तामाङका अनुसार यी गाबिसमा काम तिब्र गतिमा अगाडि बडाइएको छ ।
मदन भण्डारी स्मृती प्रतिष्ठान मदन ग्राम पूर्वाधार संरक्षण समिति नेपाल प्रशंसनिय दृष्टिकोष राष्ट्रिय साजाल लगायतको सहकार्यमा इटहरा दिगो विकास योजना निर्माण संयोजन समितिको अगुवाइमा विशेष कार्यक्रमहरु अगाडि वढाइएको उहाँले बताउनु भयो ।
प्रतिष्ठानले इटहरा र ढुङ्गेसाघुँ गाविसलाइ नमुना गाउँ प्रवद्र्धनका लागि बजेट समेत विनियोजन गरी विभिन्न कार्यक्रम गरिरहेकेा अधिकृत तामाङले जानकारी दिनु भयो ।
भौतिक पूर्वाधार निर्माण सँगसंगै स्वास्थ्य र सरसफाई शिक्षा साचार पशु पालन तथा वृक्षारोपण सहकारी गरिवि न्युनिकरण महिला शसक्तिकरण सामुदायिक विकास सामाजिक सुरक्षा लगायतका कार्यलाइ प्राथमिकतामा राखिएको छ ।
प्रतिष्ठानले यी गाविस पश्चात धनकुटाको छिङताङ इलामको चमैता तेह्रथुमको आङवा संखुवासभाको सयावुन झापाको खुदुनावारी सिन्धुलीको भिमान सिन्धुपाल्चोकको पिस्कर रामेछापको रामेछाप ओखलढु्रगाको रापपुर लगायतको स्थानहरुलाई समेत नुमना गाउँ प्रवद्र्धनका लागि काम गर्ने बताएको छ ।
प्रजातन्त्रको आन्दोलनमा यस यस क्षेत्रमा थुप्रैले ज्यान गुमाएकाले यी ठाँउको महत्वलाइ बचाउन यो काम शुरु गरिएको प्रतिष्ठानका कार्यकारी प्रमुख रोम ओलीले बताउनु भएको छ ।

फाल्गुनन्द सडक हुँदै दैनिक बिस ट्रक भन्दा बढी काठ झापा आँउदै

सरकारले बन पैदावरमा ओसार पसारमा प्रतिबन्ध लगाएपनि इलामको चुरिया क्षेत्र तथा यहाँका सामुदायीक बनहरुमा रुख काटिने तथा बन तस्करिमा कुनै कमि नआएको बताइएको छ ।
इलामको चुरीया क्षेत्र हुदै झापाको दमक आउने फाल्गुणानन्द सडक भएर रतुवा खोलाको बगर नै बगर दैनिक रुपमा बिस ट्रक भन्दा बढी काठ झापा आउने गरेको प्रत्यक्षदर्शिहरुले बताएका छन ।
सरकारले सरकारी तथा सामुदायीक बनमा बनपैदावरमा रोक लगाएकोले निजि बनको कु काठ भनेर कागजपत्र बनाएर काठ तस्करी भइरहेको श्रोतले बताएको छ ।
दैनिक रुपमा बिस ट्रक भन्दा बढी उतिशको गोलिया भन्दै झापाको दमक हुँदै बिभिन्न ठाँउमा काठ पुर्याइने गरेको हो ।
ट्रकको माथिमाथि उतिशको काठ राख्ने र तल सखुवा लगायतका बहुमुल्य काठका टुनाहरु ल्याइने गरेको समेत श्रोतको दाबी रहेको छ ।
इलामको एक सामुदायीक बनका अध्यक्षका अनुसार जिल्ला बन कार्यलय बाट निजि बनको उतिशको काठ ओसार पसारका लागी केहि ट्रक काठको छुटपुर्जि बनाएर दिनदाहाडै काठ तस्करि भइरहेको छ ।
यसमा बन कर्मचारी बाटामा रहेका रेाजपोष्ट र प्रहरीहरुको समेत अप्रत्यक्ष संलग्नता रहने गरेको जनाइएको छ ।
निजि बनको कु काठ भनेर सरकारी तथा सामुदायीक बनको र चुरिया क्षेत्रका रुखहरु काटिने गरेको बताइएको छ ।
जिल्ला बन कार्यलय संग अनुमति लिएर र टाँचा लगाएर निजि बनको कु काठ ओसारपसार गर्न पाइने र यसमा सरकारको प्रतिबन्ध नलाग्ने भएकाले यसरी नै कागज पत्र बनाएर काठ तस्करि भइरहेको जानकारहरुको भनाइ रहेको छ ।
दैनिक रुपमा बिस ट्रक भन्दा बढी काठ यो एउटा सडक मात्र भएर आइरहेको र निजि बनको काठ भन्दै बन मास्ने क्रम नरोकिएको प्रतयक्षदर्शिहरुले बताउने गरेका छन ।
इलाका प्रहरी कार्यलय दमक प्रमुख नबिन कार्कीले निजि बनको कु काठ भनेर कागज पत्र बनाएर काठ ल्याइएको पाइएकाले त्यसलाइ नरोकिएको बताउनु भएको छ ।
निजि बनको उतिशको काठ भनेर जिल्ला बन कार्यलयबाट ने अनुमति लिइएको कागजपत्र उनिहरुको साथमा रहने गरेको कार्कीले बताउनु भयो ।
सबै गाडी भित्र के छ भनेर चेक गर्न असम्भब हुने र कागज पत्र हेरेर छाडने गरेको प्रहरीको भनाइ रहेको छ ।
प्रत्यक्ष दर्शिहरुले भने प्रहरिको संलग्नता बेगर दैनिक रुपमा यति धेरै काठ आउन नसक्ने बताउदै आएका छन ।
इलामका सामुदायीक बन र चुरिया क्षेत्रमा तिब्र रुपमा काठ तस्करि भइरहेको र निजि बनको भन्दै यसलाइ बैधानिकता बन कर्मचारिहरुले दिइरहेको इलाम साख्पाराका बिद्यालय शिक्षकले बताउनु भयो ।
खुलेर कोहि बोल्न नसक्ने र ज्यान नै जोखिममा पर्ने भएकाले आफुहरु चुप लागेका ति शिक्षकले बताउनु भयो ।जिल्ला बन कार्यलय इलामका निमित्त प्रमुख रामश्वार्थ शाहले निजि आबधिक जग्गाको कु काठ ओसारपसार प्रतिबन्ध नलागेको र त्यो त्यहि काठ भएको बताउनु भएको छ ।
सामुदायिक तथा सरकारी बनको काठ नकाटिएको भन्दै बनका कर्मचारीहरुले टाँचा लगाएर र उनिहरुकै अगाडी लोड भएर ति काठ जाने समेत उहाँको भनाइ थियो ।
दैनिक रुपमा इलाम हँदै झापा ट्रकका ट्रक काठ आइरहेको बिषयमा झापाका प्रमुख जिल्ला

गुन्द्रुकको झोल ख्वाएर अतिथिलाइ स्वागत

देश भर मात्र नभएर अन्तराष्ट्रिय स्तरमा समेत ख्याती कमाएका साहित्यकारहरु आउने भएपछि झापाको गौरादहमा कार्यक्रम कसरी गर्ने छलफल भयो ।
कसैले क्याम्पसको सभा हलमा गर्ने भने त कसैले गाबिस भवनमा तर स्थानिय महिला समुहले ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको गौरादहको पोखरीको डिलमा कार्यक्रम गरेर यी दहको ऐतिहासिकता सबैमा बुझाउनु पर्ने प्रस्ताब राखे ।
यहि प्रस्ताब पास भयो र शनिबार राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका साहित्यष्कारहरु नौ बिघाह क्षेत्रफलमा ओगटिएको गौरादहको दहको किनारमा बसेर बिशेष कार्यक्रममा सहभागी बने ।
अतिथिहरुले के ख्वाउने र कस्तो ख्वाउने भन्ने पनि छलफल भयो र यस बिषयमा पनि नयाँ पन दिने यहाँका बासिन्दाहरुले अठोट लिए ।
पोखरीको डिलमा नै खाना पकाइयो र संगसंगै गु न्द्रुकको झोल ख्वाएर अतिथिलाइ स्वागत गर्ने त्यो पनि टपरा र दुनामा मात्र ख्वाउने ।
टपरा र दुनामा गुन्द्रुको झोल संग तिल पिधेर बनाएको चटनि संग अतिथिहरुले उत्साहका साथ खाना खाए ।
जुहि प्रकाशन समुह भद्रपुर र बिहानी साहित्य समाज गौरादहले आयोजना गरेको साहित्यिक समारोह यसरी नै चल्यो
कार्यक्रममा साकित्यकार डा।टक न्यौपानेभाषाबिद बालकृष्ण पोखरेल प्राज्ञ कृष्णभुषल बल र अनिरुद्ध ति_िम्सनासाहित्यकार कृष्णबिनोद लम्सालचुणामणि रेग्मि रामप्रसाद ज्ञवाली लगायतका पाँच दर्जन भन्दा बढी साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
बिहानी साहित्य समाज गौरादहका दिपक सुबेदीका अनुसार ग्रामिण क्षेत्रमा पनि साहित्यको माध्यमबाट पनि केहि गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरीएको हो ।
कार्यक्रममा परिवर्तनका लागि साहित्यको भुमिकाको बिषयमा छलफल संगै यस क्षेत्रका पुराना साहित्यकार र शिक्षासेवीहरु पनि सम्मानित भए ।
यसरि सम्मानित हुनेहरुमा घनेन्द्र शर्माजगन्नाथ दाहालकर्णकुमार श्रेष्ठ एक्लेनारायणबहादुर कार्की र उदयलाल यादब रहनु भएको थियो ।
दिपक सुबेदीले कला र साहित्यमा गौरहद एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने गौरादह बहुमुखि क्याम्पसका पुर्व क्याम्पस प्रमुखले गौरादहका पोखरीको बिषयमा चर्चा गर्नु भएको थियो ।
नयाँ तथा पुराना र ख्याती कमाएका साहित्यकारहरुको बाक्ले उपस्थिति रहेको कार्यक्रममा डम्बरुबल्लभ भण्डारीको महाकाब्य अब क्रान्ति बाँकि छ बिमोचन पनि गरिएको थियो ।
साहित्य र कलाको कुनै सिमना नहुने भन्दै ग्रामिण क्षेत्रमा हुने यस्ता कार्यक्रमहरुको महत्व बडदै गएको साहित्यकार प्रकाश बुढाथोकीले बताउनु

Sunday, March 20, 2011

मुसा भगाउन हरियाणाका प्रहरी

कार्यालयका कागजपत्र मुसाले खाएर चौपट पारेपछि भारतको हरियाणा प्रान्तका प्रहरीले कागजपत्र खाने मुसा भगाउन घरपालुवा सेता मुसालाई प्रयोग गरेको छ । भारतमा मुसाले अन्न खाएर तथा कार्यालयका महत्त्वपूर्ण कागजपत्र खाएर विभिन्न रेकर्डहरू नष्ट गर्ने ठूलो समस्या नै बनेको छ । मुसा भगाउन घरपालुवा सेतो मुसा प्रयोगले अहिले पशुविज्ञको ध्यान खिचेको छ । मुसाको समस्यासँग जुध्न थुप्रै आधुनिक प्रविधिहरू भए तापनि हरियाणाका प्रहरीले कार्यालयका औपचारिक कागजपत्र तथा प्रमाणहरू खाने मुसा धपाउने समाधान निकाल्न सकेको थिएन । कारनालको केन्द्रीय जिल्लामा त यसको समस्या विकराल छ । अदालतका कैयौं प्रमाण लेखिएका कागजपत्र मुसाले खाइदिएको छ । 'मुसाले प्रमाण कोठा नै कब्जा गरेका छन् । तर, हामी निरीह बनेका छौँ,' कारनालका सुपरीवेक्षक आर्सिन्दरसिंह चावला भन्छन् । 'यी मुसाहरू निकै हन्तकाली हुन्छन् । उनीहरू कागजपत्रदेखि दिएर कपडा र जुटका बोरासमेत चपाउँछन् । जुटका बोरामा अपराधीबाट जफत गरिएका लागूपर्दाथ, गैरकानुनी रक्सी, हातहतियार हामीले प्रमाणका रूपमा भण्डार गरेका हुन्छौँ । तर, मुसाले सबै खाएर प्रमाण चौपट पारिदिन्छ,' उनी भन्छन् । तर, अहिले यो समस्याको समाधान गर्ने हरियाणा प्रहरीले मुसाकै अर्का प्रजाति सेतो घरपालुवा मुसा प्रयोग गरेको छ । एक व्यक्तिले करिब एक महिनाअगाडि प्रहरीलाई मुसा भगाउन घरपालुवा सेतो मुसा प्रयोग गर्ने सल्लाह दिएका हुन् । कारनाल प्रहरीले ल्याबरोटरीबाट दुई सेता मुसा दुई सय रुपैयाँमा किनेको छ । 'सेतो मुसाले त गजबैको काम गरेको छ । प्रत्येक रात सेतो मुसालाई छोड्नेबित्तिकै कागजपत्र खाने मुसा त भागिहाल्छन्,' उनी भन्छन् ।

दिनभर घरको साधु रात परेपछि चोर

दिनभर घरको साधु बिरालो, रात परेपछि चोर बिरालो । क्यालिफोर्नियामा हालै यस्तै एक बिरालो क्यामेरामा कैद भएको छ । डस्टी नाम राखिएको उक्त बिरालो क्लेप्टोमानिया अर्थात् नचोरी नहुने रोगबाट पीडित भएको बताइन्छ । यसैले उक्त बिरालोलाई ‘क्लेप्टो क्याट’ भन्न थालिएको छ । डस्टी नाम गरेको उक्त चोर बिरालोले छिमेकीका घरहरूमा गरेको चोरीको छायाङ्कन गरिएको छ । डस्टीले नुहाउँदा प्रयोग गरिने बाथ स्पन्ज र खेलौना डायनासोरदेखि लिएर छिमेकीको बिकिनीसम्मको चोरीलाई ‘नाइट-भिजन’ क्यामेराको सहयोगबाट छायाङ्कन गरिएको छ ।
एबीसी टेलिभिजनसँगको कुराकानीमा बिरालो पालक जिन चुले बिरालोले रूमाल, पन्जा, जुत्ता, मोजा तथा बच्चाहरूका खेलौना घरमा ल्याएको बताए । एक पटक डस्टीले एक जोरै जुत्ता घर ल्याएका थिए ।
डस्टीको खराब बानीबाट छिमेकका एक बालक निकै दिक्क भएका छन् । “त्यसले मेरी आमाको स्विमिङ लुगा नै लग्यो,” बालकको भनाइ छ । बितेको तीन वर्षको अवधिमा उक्त बिरालाले छ सयवटा भन्दा बढी सामान चोरेको बताइएको छ । हालै टेलिभिजनमा डस्टीको क्रियाकलाप सार्वजनिक भएपछि छिमेकीले बिरालोको नाम नै ‘क्लेप्टो क्याट’ राखेका हुन् ।
 बिरालो पालक जिन चुले बिरालोले रूमाल, पन्जा, जुत्ता, मोजा तथा बच्चाहरूका खेलौना घरमा ल्याएको बताए । एक पटक डस्टीले एक जोरै जुत्ता घर ल्याएका थिए ।
डस्टीको खराब बानीबाट छिमेकका एक बालक निकै दिक्क भएका छन् । “त्यसले मेरी आमाको स्विमिङ लुगा नै लग्यो,” बालकको भनाइ छ । बितेको तीन वर्षको अवधिमा उक्त बिरालाले छ सयवटा भन्दा बढी सामान चोरेको बताइएको छ । हालै टेलिभिजनमा डस्टीको क्रियाकलाप सार्वजनिक भएपछि छिमेकीले बिरालोको नाम नै ‘क्लेप्टो क्याट’ राखेका हुन् ।

अनेक सुबिधाको घोषणा गर्दा पनि .............

कतै खानेपानी आयोजना नभएर उभोक्ता शुद्ध खानेपानी पाउन बाट बिाचत छन भने कतै धारा जडान गर्न जति सुकै सुबिधा दिए पनि उपभोक्ताले धारा जडान नगर्दा खानेपानी आयोजना संचालन नहुने अवस्थामा पुगेको सुन्दा अचम्म लाग्ला ।
तर अब अचम्म नमाने हुन्छ झापाको दमकमा एउटा खानेपानी आयोजनाको हालत यस्तै भएको छ ।
अनेक सुबिधाको घोषणा गर्दा र त्यति गर्दा समेत नभएपछि बनले दिँदै आएको सेवा सुबिधा कटाउने सम्मको डर देखाउदा समेत खानेपानीको धारा जडानमा उपभोक्ता उत्साहित बन्न्ा सकेका छैनन ।
दमकको उत्तरी भागमा पर्ने हंसेदुम्से सामुदायिक बनको खानेपानी योजना सम्पन्न भएर चालु गर्न लाग्दा समेत उपभोक्ताहरु आकर्षित नभएपछि उपभोक्ता समितिको टाउको दुखाइ बनेको छ ।
खानेपानी आयोजनाको संचालनमा देखिएको समस्या सामधान गर्न सर्व पक्षीय पहल गरे पछि भने केहि उपभोक्ताहरु सक्रीय भएका छन् ।
सामुदायीक बन शरणार्थीहरुलाइ सहयोग गर्दै आएको विश्व लुथर फेडेरेशन र दमक नगर पालिका लगायतको १ करोड २० लाख रुपयाँ लगानीमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न भएको हो ।
उपभोक्ताले धारा जडानमा चासो नदेखाए पछि वनको आव्हानमा माघको अन्तिम साता सर्व पक्षीय बैठक बसेको थियो ।
उपभोक्ताले धारा जडान नगरेपछि बिभिन्न सुबिधा समेत घोषणा गरीएपनि पर्याप्त रुपमा धारा जडान गर्न उपभोक्ताहरु आएका छैनन ।
बैठकले फाल्गुन महिना भित्र धारा जडानका लागि आवेदन भर्नेलाई एक लेवर र एक प्लम्बर निशुल्क दिने बताइएको थियो ।
यो सुबिधा दिँदा पनि धारा जडानका लागी फारम नभर्नेलाई ह्रासकोष रकममा अतिरीक्त शुल्क ५० प्रतिशत लिने निर्णय भएको समेत जनाइएको छ।
उपभोक्ताले अझ बैशाखसम्म पनि चासो नदेखाए सामुदायिक बनको केही सेवा सुविधाबाट समेत बन्चित गरिदै लैजाने निर्णय भएको सामुदायीक बनका अध्यक्ष महेन्द्र िसंह निरौलाले बताउन भयो ।
फागुण महिना सम्ममा एक सय भन्दा बढीले फारम भरेको र फारम भर्ने क्रम जारी रहेको निरौलाले बताउनु भयो ।
एक लाख लिटर पानीको क्षमता रहेको आयोजना मार्फत छ सय घरधुरीले शुद्ध खानेपानी उपभोग गर्ने आयोजनाको उदेश्य रहेको थियो ।
आयोजनाले बनका उपभोक्तालाइ सुबिधा कटाउने निति अख्तियार गरेर भएपनि सबैलाइ धारा जडान गर्ने बाध्यकारी अवस्था सिर्जना गर्न लागेको एक उपभोक्ता समितिका सदस्यले बताउनु भयो ।
उपभोक्ताहरुले भने कमाइ माध्यम केहि नभएको र बिद्युतको समेत रकम तिर्न अप्ठ्यारो परेको बेला खानेपानीको महशुल बुझाउन समस्या हुने भएकाले धारा जडान नगर्ने बताउने गरेका छन ।
धारा जडान गर्नु नगर्नु आफुहरुको अधिकार भएकाले धारा जडान नगर्दा बनले सुबिधा काटनु नहुने समेत बन आसपासका बासिन्दाले बताएका छन ।
यता झापाको तोपागाछीमा रहेका तीन वटा खानेपानी आयोजनाहरु पनि बन्द हुने अवस्थामा पुगेका छन ।
क्षमता अनुसार उपभोक्ताले धारा जडान नगरेका कारण आयोजनाको खर्चब डि भएपनि आम्दानी नहँुदा र बिद्युत बक्यौता समेत लाखौ पुगेकाले यहाँका आयोजनाहरु बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।
खानेपानी उपभोक्ता समितिका सचिब बिष्णु निरौलाका अनुसार राज्यले बिद्युत महशुल नतिरीदिएको खण्डमा जहिले पनि खानेपानी आयोजना बन्द हुन सक्ने अवस्थामा रहेको छ ।
खानेपानी आयोजना स्किम नं २ को मात्रै सात लाख भन्दा बढी बिद्युत महशुल प्राधिकरणलाइ तिर्नु छ ।
यस आयोजान अन्र्तथत पाँच सय धार जडानको उदेश्य रहेपनि तीनसयको हाराहारीमा मात्रै धारा जडान भएकाले समस्या आएको निरौलााले बताउनु भयो ।

Thursday, March 17, 2011

चालकले मोबाइल बोक्नै नपाइने

अमेरिकामा व्यावसायिक रूपमा सवारी साधन चलाउने चालकले अब केही समयपछि मोबाइल प्रयोग गर्न नपाउने भएका छन् । त्यहाँको यातायात मन्त्रालयले प्रस्तुत गरेको मस्यौदा विधेयकले कानुनी रूप लिए लगत्तैदेखि सार्वजनिक सवारी साधन चलाउने अमेरिकी चालकले मोबाइल बोक्न पाउने छैनन् । सन् २००९ मा मात्र सार्वजनिक यातायातका साधन चलाउने चालकले गाडी चलाइरहेका बेला मोबाइल फोन प्रयोग गरेकै कारण भएका दुर्घटनामा झण्डै पाँचहजार भन्दा बढी सर्वसाधराणले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएपछि यातायात मन्त्रालयले चालकलाई मोबाइल बोक्न बन्देज लगाउने तयारी गरेको हो । मन्त्रालयको यो निर्णयपछि त्यहाँ सार्वजनिक सवारी साधन चलाउने चार लाखभन्दा बढी सवारी चालक प्रभावित हुने अनुमान गरिएको छ ।
"जब जब बस र ट्रक चालकले मोबाइल प्रयोग गर्न थाल्छन् उनीहरूको ध्यान अन्यत्रै जाने हुँदा ठीक त्यही समयमा दुर्घटना हुने गरेको पाइएको छ । सवारी चालकको यस्तो हर्कतबाट हजारौं निर्दोष सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । निर्दोषको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले चालकलाई मोबाइल प्रयोगमा बन्देज लगाउन तयारी गरिएको हो'' यातायात मन्त्री रे लाहुडले भनेका छन् ।

कन्डमप्रतिको पोपको धारणा

इसाई धर्म गुरु पोप बेनेडिक्ट एक वर्ष अघिसम्म कन्डमप्रति निकै कठोर र नकारात्मक धारणा राख्दथे । वर्ष दिन पहिले क्यामरुनको भ्रमणका क्रममा उनले कन्डमको प्रयोगले एचआईभी र एड्स नियन्त्रणमा रत्तिभर मद्दत नपुग्ने भन्दै बरु उल्टो यसको प्रयोगबाट एचआईभी सङ्क्रमणले नराम्रो रूप लिने धारणा व्यक्त गरेका थिए । संसारभर नै एचआईभी, एड्सलगायत यौन रोग नियन्त्रणमा कन्डमको प्रयोग उपयोग हुने सन्देश प्रवाह भइरहेका बेला पोप बेनेडिक्टको कन्डमप्रतिको नकारात्मक धारणाले धेरैलाई द्विविधामा पारिदिएको थियो । यहाँसम्मको पोपको यो अभिमत किन र के प्रयोजनका लागि आएको भन्ने कुराले एचआईभी एड्ससम्बन्धी राष्ट्रसङ्घीय संयुक्त कार्यक्रम 'यूएनएड्स' का अधिकारीहरूलाई समेत निकै पिरोलेको थियो ।
तर केही यता भने पोप वेनेडिक्टले कन्डमप्रतिको आˆनो धारणा अचानक परिवर्तन गरेका छन् । हालै सार्वजनिक एक पुस्तक मार्फत उनले यौन सम्पर्कका बेला कन्डमको प्रयोग उचित हुने बताएका छन् । 'अब भने म कन्डमको प्रयोगको सल्लाह दिन्छु, यसले एचआईभी, एड्स तथा यौन रोग नियन्त्रणमा सहयोग पुग्दछ पोप वेनेडिक्टले भनेका छन् । पोपको कन्डमप्रतिको फेरिएको दृष्टिकोणले यूएन एड्सलगायत यौन रोग सम्बद्ध चिकित्सक तथा विशेषज्ञलाई अहिले भने उत्साहित बनाएको छ । "पोपको पछिल्लो भनाइले एड्स नियन्त्रणमा कन्डमको प्रयोग उपयोगी हुने सन्देश छरेको छ" यूएन एड्सका कार्यकारी निर्देशक भिसेल सिडिबेले भनेका छन् ।

असुरक्षित गर्भपतन

नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता प्रदान गरे पनि झापामा सुरिक्षत भन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक रहेको पाइएको छ । झापामा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनलाई अस्पताल आउने भन्दा पनि असुरक्षित गर्भपतनका समस्या लिएर अस्पताल आउनेको सङ्ख्या बढी रहेको पाइएको हो । मेची अञ्चल अस्पताल भद्रपरका डा. बालकृष्ण साहले चिकित्सकको एक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै यस्तो खुलासा गर्नुभएको हो ।
डा. साहले झापाका छवटै प्राथमिक स्वास्थ्य केन्द्र तथा चारवटा स्वास्थ्य चौकीमा औषधिद्वारा गरिने गर्भपतन सेवा सुरु गरिएको भए पनि यस विषयमा जानकारी नहुादा र लुकीछिपी गर्भपतन गराउने भएकाले असुरक्षित गर्भपतन बढेको बताउनु भएको छ ।
औषधिद्वारा गरिने गर्भपतन सेवाका लागि रिफरल अस्पतालका रूपमा रहेको मेची अञ्चल अस्पतालमा गर्भपतनका लागि तोकिएको केन्द्रबाट भन्दा पनि भारतीय बजार तथा सूचीकृत नभएका स्वास्थ्यकर्मीबाट सेवा लिनेको सङ्ख्या बढी रहेको पाइएको शाहले जनाउनुभएको छ । मेची अञ्चल अस्पताल भद्रपुरमा साउन महिनादेखि फागनु अन्त्यसम्मको तथ्याङ्क अनुसार सुरक्षित गर्भपतनका लागी बीसजना महिला आएको देखिन्छ भने यसै अवधिमा एक सय उनन्चालीस जना अन्यत्र नै गर्भपतन गराइसकेपछि उत्पन्न भएका विभिन्न समस्या लिएर उपचारका लागि अस्पताल आएको पाइन्छ ।
यहाा आउनेमा धेरैजसो भद्रपुर नगरपालिका र छेउछाउका बनियानी, बालुबाडी, पृथ्वीनगर, महेशपुर लगायतका गाविसका महिला रहेका छन् । डाक्टर शाहका अनुसार 'गर्भपतनलाई सरकारले कानुनी मान्यता दिएको आठ वर्ष बितेको भए पनि अझै पनि यस विषयमा जानकारी नभएर लुकिछिपी गर्भपतन गराउने क्रम नरोकिएकाले यो ठूलो समस्या बन्दै गएको छ । सरकारले २०५९ सालको असोज महिनादेखि सामान्य अवस्थामा बाह्र हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेको छ भने सरकारी स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रमा समेत यसको सुविधा प्रदान गरेको छ ।
विशेषगरी सीमा क्षेत्रका महिलाले भारतीय डाक्टर र नेपालमा पनि सूचीकृत नभएका र गर्भपतन गराउन मान्यता नपाएका डाक्टरसांग गर्भपतन गराउने गरेकाले जटिल समस्या निम्तादै गएको छ । यसका अलवा झापा अवैध रूपमा औषधि पसलले सञ्चालन गरेको क्लिनिकमा समेत गर्भपतन गराउने क्रम बढ्दै गएको छ ।
सीमावर्ती गाविसमा भारतीय झोले डाक्टरको प्रभाव रहेको र उनीहरूले दिएको औषधि सेवन गरेर गर्भपतन गराउन खोज्दा समस्या भएर अस्पताल आउनेको सङ्ख्या पनि अत्याधिक रहेको मेची अञ्चल अस्पतालले जानकारी दिएको छ ।
सरकारले तोकेअनुसार सुरक्षित रूपमा गर्भपतन गराउनका लागी तेह्र सय रुपियाा मात्र खर्च हुने भए पनि महिलाले जोखिम मोलेर पन्ध्रदेखि बीस हजार रुपियाासम्म खर्च गर्ने र पछि अस्पताल आइपुग्ने गरेको पनि पाइएको डाक्टर बताउाछन् ।

Tuesday, March 15, 2011

महिलाहरूको होड ..............

स्लिम बडीमा आकर्षक र ठूलो स्तन भए पुरुषको पहिलो नजर त्यही पर्छ भन्ने मनोविश्लेषकहरूको भनाइ छ। अप्राकृतिक रूपमा त्यसरी ठूलो र आकर्षक बनाइएका स्तन पुरुषले मन पराउँदैनन्। असुहाउँदो, कामुक र मान्छेले मन नपराए पनि पुरुषको ध्यान आफूतिर केन्द्रित गर्न महिलाहरू स्तनलाई आकाशतिर फर्केको बनाउन रुचाउँछन्। विशेषगरी संगीत र मोडलिङका महिलाहरू स्तन बढाउन ध्यान दिन्छन्। उनीहरूको सिको गर्दै अरु महिलाहरू पनि स्तनलाई ठूलो र चुच्चो बनाउन उत्साहित भएको एक अध्ययनले देखाएको छ। अमेरिका र बाँकी विश्वलाई छाड्ने हो भने बेलायतमा मात्रै यसरी स्तन चुच्चो बनाउनेको संख्या वार्षिक २६ हजार पुगेको छ।

मान्छेभन्दा लामो कपाल

जेन बुरगेस १५ वर्षकी हुँदा उनको कपाल छोटो थियो। त्यहीबेला उनले नकाट्ने र कपाल पाँच फिट लामो पार्ने प्रतिज्ञा गरिन्। ५५ वर्ष नकाटेपछि उनको कपाल पाँच फिट ६ इन्च लामो भएछ। उनलाई साढे दुई घण्टा त कपाल कोर्न समय लाग्छ। उनको कपाल धुन ४५ मिनेट लाग्छ भने सुक्न २४ घण्टा। यी कुराको रहस्य उनले ७० औं जन्मोत्सव मनाउन आयोजित कार्यक्रममा खोेलेकी हुन्। १५ वर्षकी हुँदा मेरी हजुरआमाले छिः कस्तो केटाको जस्तो कपाल भनेर घृणा गरेपछि उनलाई कपाल पाल्न रहर जागेको थियो। पाँच छोराछोरी र दुईपटक सम्बन्धविच्छेद गरेकी बुरगेसले एकपटक कपाल काट्ने सोच पनि बनाएकी थिइन्, तर मायाले गर्दा काट्न सकिनन्। 'विशेष अवसर अथवा प्रत्येक ६ महिनामा मात्रै कपाल धुने र प्राकृतिक तेलको प्रयोग गर्छिन् उनी।

चुरोट खाने कुकुर

चीनका एक व्यक्तिले आफ्नो घरपालुवा जनावर कुकुरलाई चुरोट खाने तालिम दिएकोमा आलोचनाको पात्र बन्न पुगेका छन् । हुर्ब्रेइ प्रान्तको वुचाङ निवासी जेङ जिगुयाङ, २३, पेशाले भान्से हुन् । उनले उनको घरमा पालेको कुकुर ब्लाकीलाई किनेर ल्याउने बित्तिकै चुरोट ख्वाउन थालेका थिए ।
अहिले ब्लाकी चुरोटको अम्मली भएको उनले दाबी गरिरहेका छन् । ब्लाकीलाई दिनको कम्तीमा एक बट्टा चुरोट चाहिने उनले बताएका छन् । चुरोट खान पाएन भने कुकुर अस्थिर हुने गरेको पनि उनले बताएका छन् ।

"सुरुमा त चुरोटको गन्ध उसलाई पटक्कै मन पर्दैनथ्यो", जेङले भने- "तर पछि खाँदै जाँदा ऊ पूरै अम्मली हुन थाल्यो । अहिले त बुङबुङ्ती धुँवा उडाउने गरेको छ ।"

त्यसो त जेङ आफैँ पनि चुरोटको अम्मली हुन् । आफूले चुरोट खाने बेलामा साथी कोही नपाएपछि कुकुरलाई साथी बनाउँदा बनाउँदै कुकुर पनि अम्मली बन्न पुगेको उनले बताएका छन् । खाना खाइसकेपछि कुकुरले पनि चुरोटको सर्को तान्न पाउने उनले बताए ।

तर उनले कुकुरलाई चुरोटको बानी पारेको कुरालाई उनका छिमेकीले चाहिँ रुचाएका छैनन् । कुकुरलाई अम्मली बनाएकोमा उनलाई जेल हालिनुपर्ने केही छिमेकीहरुको धारणा रहेको छ ।

"ऊजस्तो खतरनाक कुकुर पालुवा मैले देखेको थिइनँ", एक छिमेकीलाइ उदृत गर्दै चाङजियाङ  दैनिकले लेखेको छ /

अनौठो चोरी.........

यहाँका बासिन्दा एउटा अनौठो चोरीका कारण हैरान बनेका छन् । गत केही वर्षदेखि सुकाउन राखिएको ब्रा र पेन्टी चोरीको विगविगी बढेको छ। स्थानीयबासीले अहिलेसम्म बुझेका छैनन् कि चोरिएको ब्रा र पेन्टी चोरले केमा प्रयोग गरेको छ।
महिलाको अण्डरगार्मेन्टका साथ अरु सामान पनि जस्तो कि ल्यापटप, गहना, मोबाइल फोन, राहदानी र पैसा पनि चोरी भएका छन् । यो चोरीबाट मानिसहरु यति हैरान बनेका छन् कि अब त जुत्ता, चप्पल बाहिर राख्न पनि डराउन थालेका छन् ।
जलन डाटो र जलन याहाजस्ता  क्षेत्रमा भइरहेको यस्ता घटनाबाट मानिसहरु हैरान छन् । यस विषयमा एक ट्युटर सन सन वाङका अनुसार अहिलेसम्म उनको सात जोर जुत्ता हराइसकेको छ।

प्रेम विवाह गरेकाहरुलाई..........

अपराध नियन्त्रण गर्ने प्रहरी प्रशासन अहिले यहाँ अर्कै काममा व्यस्त भएको छ । प्रेम गरेर भागेका र प्रेम विवाह गरेर घरमा बसेकालाई बिनापूर्जी जबर्जस्ती पक्राउ गरेर छुट्याउने र केटीका अभिभावकको जिम्मा लगाउने काममा अहिले प्रहरी बढी सक्रिय देखिएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।
मानवअधिकार तथा जनवकालत केन्द्र, सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अधिकारकर्मी, कानुन व्यवसायी तथा पीडितहरुले प्रहरी अहिले अपराध नियन्त्रणमा भन्दा प्रेम विवाह गरेकालाई छुटाउने काममा बढी सक्रिय भएको भन्दै आक्रोश पोखेका छन् ।
केन्द्रका अध्यक्ष धर्मेन्द्र यादवले भन्नुभयो– ‘‘ प्रहरीहरु अहिले अपराधीलाई पक्राउ गर्नुको साटो अर्कै जिम्मेवारीमा बढी सक्रिय भएकाले समस्या अझै थपिँदै गएको हो ।”
तीन वर्ष लामो प्रेमलाई उमेर पुगेपछि भागेर वैवाहिक सम्बन्ध कायम गरेका र तीन दिनअघि प्रहरीद्वारा जबर्जस्ती श्रीमतीबाट छुट्याइएका राजविराज नगरपालिका–५ निवासी २२ वर्षीय रजनीशकुमार माझीले प्रहरीबाट आफू अन्यायमा परेको बताएका छन् ।
राजविराज–५ निवासी माझी र सुनसरीको देवानगन्ज–२ निवासी दीपनारायण भगतकी २१ वर्षीया छोरी नितुले पाँच दिनअघि सप्तरीको भारदहस्थित कंकालनी मन्दिरमा विवाह गरेका थिए ।
तर तीन दिनअघि प्रहरीले माझीको घरमा छापामार शैलीमा प्रवेश गरी लछारपछार गर्दै जबर्जस्ती गाडीमा हालेर जिल्ला प्रहरी कार्यालय पु¥याई केटीलाई अभिभावकको जिम्मा लगाएको पत्रकार सम्मेलनमा पीडित माझीले बताउनुभयो ।
प्रहरीले आफ्नी आमा र दाजुलाई समेत नियन्त्रणमा राखेर धम्क्याउँदै एउटा कागजमा हस्ताक्षर गाराएको पीडित माझीको भनाइ थियो ।
सोही पत्रकार सम्मेलनमा उपस्थित सप्तरीको बरमझिया–९ निवासी २७ वर्षीय सोचेन्द्र यादवले प्रेम विवाह गरेकै कारण आफूलाई शारीरिक र मानसिक यातना दिनुका साथै प्रहरीले केटी पक्षको प्रलोभनमा आफ्नो श्रीमतीलाई पक्राउ गरी अभिभावकको जिम्मा लगाएको दुःखेसो पोख्नुभयो ।
आफूले गत पुस ६ गते घोघनपुर गाविस–८ स्थित शिवपार्वती मन्दिरमा पोर्ताहा–४ निवासी महेन्द्र यादवकी छोरी रेखासँग प्रेम विवाह गरेको उहाँले बताउनुभयो ।
डेढ महिनाको गर्भसमेत बोकेको अवस्थामा श्रीमती रेखालाई प्रहरीले जबर्जस्ती पक्राउ गरी आफन्तको जिम्मा लगाएकाले न्यायको खोजीमा सदरमुकाम आएको सोचेन्द्रले जानकारी दिनुभयो ।

Sunday, March 13, 2011

आधुनिक मानवको उत्पत्ति स्थल .......

आधुनिक मानिसको उत्पत्ति दक्षिणी अप्रिmकामा भएको हुन सक्ने जीवको उत्पत्तिसम्बन्धी एउटा बृहत् अध्ययनले निष्कर्षनिकालेको छ ।
तथ्यांकहरूले सो क्षेत्रका सिकारी मानिसहरूमा ठूलो मात्रामा आनुवंशिक विविधता देखाएका छन्, जुन दर्ीघकालीन अस्तित्वको लक्षण हो । सो क्षेत्र आधुनिक मानवको उत्पत्तिका लागि सम्भवतः सबैभन्दा उत्तम ठाउँ रहेको पनि अध्ययनले बताएको छ ।
यो अनुमानले आधुनिक मानवको उत्पत्ति पर्ूर्वी अप्रिmकामा भएको मान्यतालाई चुनौती दिएको छ ।
अध्ययनको निष्कर्षनेसनल एकेडेमी अफ साइन्सेजको प्रोसिडिङसले प्रकाशमा ल्याएको हो । 'अप्रिmका सबै आधुनिक मानवको उत्पत्तिस्थल मानिएको छ,' अन्तर्रर्ााट्रय अनुसन्धाताहरूको टोलीले लेखेको छ ।
'तर, सयौं फरक जनसंख्याको जटिल इतिहासका कारण अप्रिmकामा मानव जातिको प्राचीन इतिहास र क्रमिक विकासको विस्तृत विवरण अझै अस्पष्ट छ ।'
स्टानफोर्ड युनिभर्सिटी क्यालिफोर्नियाका सहलेखक ब्रेन्ना हेन्न सो टोलीको अध्ययनले दर्ुइओटा मुख्य निष्कर्षनिकालेको बताउँछिन् । उनीहरूको अध्ययनलाई यस प्रकारको बृहत् मानिएको छ ।
'पहिलो अप्रिmकी सिकारी मानिसमा ठूलो मात्रामा विविधता देखियो, त्यहाँको कृषि जनसंख्यामा भन्दा पनि बढी विविधता,' उनले बीबीसी न्युजसँग भनिन्, 'सिकार समूहहरू बलिया र एकअर्काबाट प्रस्ट रूपमा एक्लिएका थिए र सम्भवतः आनुवंशिक विविधताको ठूलो मात्रा । यो ज्यादै उत्साहजनक कुरा हो ।'
डा. हेन्न थप्छिन्, 'अर्को मुख्य निष्कर्षके थियो भने हामीले २७ अप्रिmकी जातिको भिन्न आनुवंशिक संरचनाको अध्ययन गर्‍यौं र भिन्नतामा एउटा कमी देख्यौं, जुन वास्तवमै दक्षिणी अप्रिmकामा सुरु भयो र मानिसहरू उत्तरी अप्रिmकातिर र्सर्दै जाँदा विकसित भयो ।'
सो टोलीको प्रतिमान त्यसपछिका र्सजकका उत्पादनसँग समान रहेको पनि उनले बताइन् । यसले सानो संख्यामा रहेका सुरुका मानिसहरूद्वारा प्रारम्भिक जातिबाटै नयाँ जनसंख्या स्थापित हुँदै जाँदा आनुवंशिक विविधता हराउँदै गएको संकेत गर्छ ।
'दक्षिणी अप्रिmकाका मानिसमा सबैभन्दा बढी आनुवंशिक विविधता थियो । त्यसकारण, यसले सो ठाउँ नै आधुनिक मानवको उत्पत्तिका लागि सबैभन्दा उत्तम स्थान हुन सक्छ भन्ने कुरा बताउँछ ।'
बेलायतको लन्डनस्थित नेचुलर हिस्ट्री म्युजियमका एक प्रमुख
जिबास्म वैज्ञानिक क्रिस स्टि्रन्जर भन्छन्, 'सो नयाँ शोधपत्रले नामिबियाली र खोमानी बुसम्यान -दक्षिणी अप्रिmका), बैका पिग्मी -मध्य अप्रिmका) र सान्डावे -पर्ूर्वी अप्रिmका) ज्यादै विविधतापर्ूण्ा देखिएका छन् । र, तार्त्पर्यअनुसार तिनीहरू होमो सेपियन्समा सबैभन्दा प्राचीन हुन् ।'

Saturday, March 12, 2011

'मेरो स्वतन्त्रता हो, मैले जोसँग विवाह गरे पनि मान्यता दिनु पर्दछ'

यतिखेर जर्मनका एक पुरुषले बिरालीसँग विवाह गरी विवाह दर्ता अधिकारीसमक्ष सो विवाह दर्ता गर्न गएकोमा उनीहरूले दर्ता गर्न इन्कार गरेपछि विश्वमा मान्छेले गैरमान्छेसँग विवाह गर्न हुने वा नहुने - त्यस्तो विवाहको कानुनी मान्यता के हुने भन्नेबारेमा विधिशास्त्रीय बहस सुरु भएको छ । समय-समयमा यस्ता कुराहरू सुन्नमा आउँछन् । कानुनी रूपमा प्रश्नहरू पनि खडा हुन्छन् । 'मेरो स्वतन्त्रता हो, मैले जोसँग विवाह गरे पनि मान्यता दिनु पर्दछ' भन्ने व्यक्तिको तर्क रहेेको पाइन्छ । यता कानुनले त्यस्तो विवाहलाई मान्यता दिन सक्दैन भन्ने रहेेको छ । विवाहको एक उद्देश्य जीवन बिताउने, घर बसाउने, सन्तान उत्पत्ति गर्ने तथा यौनसर्म्पर्क राख्नेजस्ता आधाभूत कुराहरू रहेका छन् । सन्तान उत्पत्ति व्यक्तिको इच्छाको कुरा भए तापनि कतिपय राज्यमा जनसंख्या कम भएको कारणले राज्यले नै नागरिकलाई सुरुमा सन्तान जन्माउन उत्प्रेरित गर्ने, नमानेमा अनिवार्य प्रावधान राख्नेसम्मको सोच बनाएको अवस्था छ । यौन सन्तुष्टिको कुरा गर्ने हो भने मान्छे र जनावरका बीचमा पौराणिक कालदेखि नै यौन सर्म्पर्क हुँदै आएको देखिन्छ । प्रत्येक देशमा त्यस्तो यौन सर्म्पर्क राखेमा कानुनी रूपमा सजाय  हुने व्यवस्था गरेबाट पनि समाजमा त्यस्तो प्रचलन रहेको प्रमाण प्राप्त हुन्छ ।
ऐतिहासिक कालदेखि तथा धार्मिक रूपमा मान्छेले गैरमानवसँग विवाह गर्दै आएको प्रशस्त प्रमाणहरू छन् । नेपालकै कुरा गर्ने हो भने बहुविवाहको दोष काट्न भनेर कुम्भ, वरपीपल, स्वामी, आदिसँग विधिसहित विवाह गर्ने गरेेको पाइन्छ । त्यसैगरी र्सार्वजनिक रूपमै बेल विवाह गर्ने चलन नेपालमा अद्यापि छ । धार्मिक कृत्यसम्म रहँदा कुनै आपत्ति नभए पनि सो विवाह दर्ता गर्न भनेर कसैले आवेदन गरेको अवस्थामा कानुनी रूपमा समस्या खडा हुने गरेको छ । हिन्दू दर्शनमा र क्रिस्चियनमा विवाहलाई एक पवित्र सम्बन्धका रूपमा लिइन्छ भने मुस्लिममा विवाह एक करारको रूपमा लिइन्छ । विश्वका प्रचलित कानुनहरूले गैरमानवसँग भएका विवाहलाई कानुनी रूपमा दर्ता गर्न सक्ने गरी प्रावधानहरू राखेको पाइँदैन । त्यति मात्र नभएर पुरुष-पुरुष, महिला-महिलाका बीचमा भएको विवाहलाई नै मान्यता दिन नसकिने अवस्था छ । यसबारेमा विश्वमा मान्यता दिनु पर्दछ भन्ने बहस चलिराखेको छ । तेस्रोलिंगीको विवाहको पनि उत्तिकै समस्या रहेको छ ।
हालसम्म प्रसिद्ध रहेका केही उदाहरण हेरौं । ऐतिहासिक कालमा केलिटक आयरलेन्डका राजाले घोडीसँग विवाह गरेको थिए । यसै वर्षबेइजिङमा चेन नाम गरेकी एक महिलाले पानी नाम -महिलाले दिएको नाम) गरको घोडासँग विवाह गरेको घोषणा गरेकी छन् । जुन २००३ मा कलकत्ताकी नौ वषर्ीय बालिकाको झन्डै सय जनाको उपस्थितिमा औपचारिक रूपमै कुकुरसँग विवाह गराइयो । नाभेम्बर २००७ मा दक्षिण भारतको एक पुरुषले हिन्दू रीतिसँग कुकुरनीसँग विवाह गरे । फेब्रुअरी २००९ मा पर्ूर्वी भारतको एक बच्चाको कुकुरनीसँग विवाह गराइयो । डिसेम्बर २००५ मा ४१ वषर्ीय महिलाले पुरुष डल्पिmनसँग विवाह गरिन् । फेब्रुअरी २००६ मा अहमद वुदल्लाह नाम गरेको एक व्यक्तिले छिमेकीको बाख्रीसँग यौन सर्म्पर्क गरिरहेेको फेला पारेपछि स्थानीय सभाले बाख्रीधनीलाई यथेष्ट रकम तिर्न लगाउँदै विवाह गर्न आदेश दियो, उसले विवाह गर्‍यो । जुन २००६ मा भारतको उडिसामा एक महिलाले झन्डै दर्ुइ हजारको उपस्थितिमा कोब्रा र्सपसँग विवाह गरिन् । पछि ती महिला जनावरवादीसमेत भइन् ।
मान्छेले गैरमानवसँग विवाह गर्ने कुराको विभिन्न देशहरूमा आ-आफ्नै कहावतहरू पनि रहेको पाइन्छ । कोरियामा एक राजाकी छोरीले घोडासँग विवाह गरेको कथा छ । क्यानडामा क्रि जातका मान्छेहरूमा केटी र कुकुरसँग विवाहको कथा छ । ध्रुवीय भालुसँग मान्छेले विवाह गरेको कथा रहेेको छ । जापानमा पनि मान्छे र गैरमानवसँग विवाहको विभिन रोचक कथाहरू रहेेका छन् ।
पौराणिक कालदेखि नै मान्छे र गैरमान्छेसँगको यौन सम्बन्ध हुँदै आएको पाइए तापनि त्यतिखेर पनि यसलाई निन्दनीय मानिन्थ्यो । विश्वका प्रायः सबै मुलुकहरूमा अप्राकृतिक यौन सम्बन्धलाई नियन्त्रण गर्न कानुनहरू बनाएको पाइन्छ । तर पनि समय-समयमा वैवाहिक सम्बन्ध नै स्थापित गर्ने गरेको पाइन्छ । भनिन्छ, माया लागेपछि छोड्नै कठिन हुन्छ ।
वैवाहिक सम्बन्ध स्थापित भएपछि राष्ट्रिय रूपमा धेरै कानुनहरूलाई प्रभावित पार्दछ । विदेशी भएमा नागरिकताको कानुन, अध्यागमनसम्बन्धी कानुन, त्यसैगरी अंशहक, पालन पोषण, माना चामललगायतका दाम्पत्य जीवन सञ्चालन गर्न आवश्यक पर्ने सम्पर्ूण्ा अवयवहरूलाई असर पार्दछ । विवाहले अधिकार र कर्तव्य दुवैको सिर्जना गर्दछ ।
गैरमानवसँग हुने विवाहले के-कस्तो अधिकार र कर्तव्य सिर्जना हुने भन्ने सम्बन्धमा कुनै विधिशास्त्रको विकास भएको छैन । अर्कोतर्फयस्तो विवाहको वैधानिकताका बारेमा नै कानुनले यसै हुन्छ भनेर भन्न सकेकेा छैन । सांस्कृतिक, धार्मिक रूपमा भने यस्तो विवाह समाजमा हुँदै आएको छ । कानुनले प्रथालाई पनि मान्यता दिन्छ भनेर मान्ने हो भने पनि यस्तो प्रथालाई स्वीकार गर्न सकिने अवस्था छैन । यदि छैन भन्ने हो भने नेपालमा चलिआएको बेलविवाहलाई रोक लगाउने कानुन बनाउन देशको संसद्लाई हम्मेहम्मे पर्ला । यो सतीप्रथा, बालविवाह, दासप्रथाजस्तो पनि होइन ताकि तत्कालै यसको विरोधमा आवाज उठाउन सकियोस् ।
कसैले मेरो अधिकार भनेर गैरमानवसँग विवाह गर्न पाउनु पर्दछ र यस्तो विवाहलाई कानुनी मान्यता दिनु पर्दछ भनेर भन्यो भने हामीसँग सांस्कृतिक, धार्मिकबाहेक कानुनी जवाफ छैन । अन्तर्रर्ााट्रय मानवअधिकारका दस्तावेजहरूमा विवाह गर्ने परिवारको स्थापना गर्न पाउने अधिकार रहेेको कुरा उल्लेख गरिएको छ । यसले गैरमानवसँगको विवाहको कुरालाई संकेत गर्दैन । कतिपय अवस्थामा गैरमानवसँग कानुनी प्रक्रिया मिलाउन पनि गरिएको अवस्था छ । आजभोलि मान्छे निकै एकलकाँटे हुँदै गएको छ । वृद्धावस्थामा साथ दिने भनेको कुकुर, बिराला हुने गरेका दर्दनाक अवस्था विकसित भनिएका देशहरूमा देख्न, सुन्न तथा पढ्न पाइन्छ । त्यस अवस्थामा ती ज्येष्ठ नागरिकहरूले आफ्नो सम्पत्ति कुकुर-बिरालाका नाममा गरिदिने गरेको पाइन्छ । त्यस्तो सम्पत्ति आफ्नो नाममा नामसारी गराउन पनि कुकुर-बिरालासँग विवाह गर्ने गरेेको कानुनी जोक पनि विधिशास्त्रमा देखिएको छ । यस्ता घटनाले अब परिवार, समाजले विवाहको बारेमा पुनर्विचार गर्नुपर्ने अवस्था देखिन आएको छ ।
पारिवारिक अवस्था जे-जस्तो भए तापनि गैरमानवसँग विवाह गरेको अवस्थामा गाली बेइज्जतीसम्बन्धी कानुनलाई भने प्रत्यक्ष असर पर्ने देखिन्छ । जस्तै नेपालमै कसैले कुकुर-बिरालासँग विवाह गर्‍यो भने कसैले गाली गर्दा कुकुरनीको पोइ, बिरालीको पोइ, कुकुरकी स्वास्नी भनेर भनियो भने कुरा वास्तविक भए पनि त्यसले गाली बेइज्जती गरेको ठहरिन्छ ।
कानुनका विद्यार्थीहरूमा आएको यो समस्याको सही समाधान आउन सकेकेा छैन । धेरै वर्षपहिले एक महिलाले कुकुरसँग विवाह गर्न पाउने गरी विश्वको कुनै एक अदालतबाट फैसला भएको भन्ने विषयलाई लिएर नेपालका सर्वोच्च अदालतका स्वर्गीय माननीय न्यायाधीश गजेन्द्रकेशरी बाँस्तोलाज्यूले सो फैसलाप्रति टिप्पणी गर्दै लेख्नुभएको लेख नेपाली कानुनशास्त्रीहरूले पुनः एक पटक हर्ेर्नुपर्ने आवश्यकता छ । नेपालको अदालतले विश्वमै सम्भवत पहिलो पल्ट तेस्रोलिंगीलाई कानुनी मान्यता दिँदै फैसला भएको छ । भोलिको दिनमा तेस्रोलिंगीहरूले विवाह गरेर विवाह दर्ता गराउन आएमा नेपालका अधिकारीहरूले इन्कार गर्न अब कठिन हुन्छ । सांस्कृतिक रूपमा गरिएका, दोष काट्न गरिएका विवाहलाई पनि कसैले दर्ता गराउन खोज्यो भने पाउने कि नपाउने - यदि दर्ता गर्न पाउँछ भनेर एकै क्षणलाई मान्ने हो भने भोलि मानवसँग विवाह गरे भने बहुविवाहमा कारबाही चलाउन मिल्ला कि नमिल्ला - यति मजाक गर्दै विधिशास्त्रमा गैरमानवसँगको विवाहलाई के भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने भएको कुरा निवेदन गर्दै बाँकी प्रश्नहरू अनुत्तरित ।

जन्म नक्षत्रअनुसार यौन एवं दाम्पत्य

आश्विनी:-  सुखी दाम्पत्य जीवन, सीमित सन्तान, सीमित मर्यादित यौन सर्म्पर्क एवं कामुकतामा शान्त र गम्भीर ।
भरणी:- सुखमय दाम्पत्य जीवन, पुत्रवान्, पति  पत्नी भल संयमित यौन जीवन ।
कृतिका:- कुकर्मी, पत्नी सन्तानलाई दुःख दिने, कलहप्रिय, अतृप्त यौन जीवन तथा दाम्पत्य जीवन ।
रोहिणी:- उत्तम चरित्रवान्, सन्तानवान् एवं सुखद दाम्पत्य जीवन, सीमित एवं मर्यादित यौन जीवन ।
मृगशिरा:- परस्त्री, पुरुषगामी, मध्यम दाम्पत्य सुख, उद्वेगमय यौन, जीवन । आद्रा:- पति एवं पत्नी सन्तानको लागि कठोर, पापी, चरित्रहीन, स्वार्थ यौन जीवन ।
पुनर्वसु:- सुखद दाम्पत्य जीवन । तर भोग लिवासीप्रिय, सन्तान सुखपूर्ण ।
पुस्य:-सुखद दाम्पत्य जीवन, सन्तानप्रति निष्ठावान्, उचित यौन जीवन ।
अश्लेषा:- महाकामी (sexy) क्रूर, परिवारलाई अत्यन्त दुःख दिने, सन्तानको जीवन कष्टपूर्ण ।
मघा:- विलासप्रिय यौन जीवन सामान्य सुखी परिवार प्रायः पुत्रहीन ।
पुर्वा फाल्गुणी:- अनेकौँ प्रेमीप्रेमिका, सुखी दाम्पत्य जीवन, अवैध सन्तान हुन सक्ने ।
उत्तरा फाल्गुणी:- संयमित यौन जीवन, पारिवारिक सुखी, पुत्रवान् ।
हस्ता:- परस्त्रीगामी, कल्हपूर्णदाम्पत्य जीवन, प्रायः सन्तानहीन ।
चित्रा:- निष्ठावान्, उचित यौन जीवन अनेकौँ सन्तान ।
स्वाती:- ब्रहृमचर्यमा आस्थावान्, यौनमा नियन्त्रण राख्न सक्ने, तर पनि सुखद दाम्पत्य जीवन, पुत्रवान् ।
विशाखा:- वेश्यागामी, परिवारलाई कष्ट दिनेवाला, प्रायः सन्तानहीन ।
अनुराध:-उत्तम चरित्रवान्, सन्तानवान्, सुखद दाम्पत्य जीवन, उचित एवं संयमित यौन जीवन ।
जेष्ठा:- सुखद दाम्पत्य जीवन, सन्तानमा निष्ठावान् उचित यौन जीवन ।
मूल:-हिंस्रक मैथुनप्रिय, सुखी परिवार प्रायःकम सन्तान ।
पुर्वाषाढा:- गुप्त प्रेमी, सुखद दाम्पत्य जीवन, प्रायः, अवैध सम्बन्ध ।
उत्तराषाढ:- रतिप्रिय, सामान्य सुखी परिवार, अधिक सन्तान ।
श्रवण:- अत्यन्त कामुक, सुखी परिवार एवं प्रायः सन्तान सुखमा कमी ।
धनिष्ठा:- परिवारमा क्रुरकर्म गर्नेवाला, दुःखी दाम्पत्य जीवन, निर्बल, रोगी सन्तान ।
शतभिषा:- अर्काकी स्त्री-पुरुषप्रति आशात्म दुःखी, दाम्पत्य जीवन, विश्वस्त प्रेमी, अधिक सन्तान ।
पुर्वाभाद्रपद:- सामान्य यौन जीवन, कम सन्तान, साधारण दाम्पत्य सुख ।
उत्तर भाद्रपद:- अदभ्य यौन, गुप्त प्रेमी, सुखी दाम्पत्य जीवन, पुत्रवान् ।
रेवती:- सुखी दाम्पत्य जीवन, सीमित मर्यादित यौन जीवन, सीमित सन्तान, शान्त एवं कमी र कामुकता

कुमारी बन्न धमाधम ‘अप्रेसन’

वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने शारीरिक रूपमा कुनै पनि महिलाको कुमारीत्व भंग हुनका लागि उसले पुरुषसँग यौनसम्पर्क गर्नैपर्छ भन्ने जरुरी छैन । महिलाको यौनांगमा हुने झिल्ली या सिल (जुन नतोडिनु कुमारीत्वको लक्षणका रूपमा लिइने गरिन्छ ) साइकल चढ्दा या यस्तै उछलकुदपूर्ण काम गर्दा पनि तोडिन सक्छ ।

केही कट्टर समुदायमा विवाहको पहिलो रात दुलहीको कुमारी रगतले ओछ्यान लपक्कै भिजेन भने उसको श्रीमान्ले उसलाई भोलिपल्टै छोडिदिन सक्छ । यस्ता समुदायमा कतिसम्म पाखण्डको प्रदर्शन हुन्छ भने नवदम्पतीको शयनकक्ष भव्य ढंगले सजाइन्छ । तर, खाटमा हालिएको हुन्छ सेतो तन्ना, ताकि भोलिपल्ट थाहा पाउन सकियोस्- तन्ना कति रगताम्य छ ?
 पछिल्ला दिनमा बि्रटेन, बेल्जियमलगायत केही युरोपेली देशमा कुमारीत्व पुनप्राप्तिका लागि शल्यक्रिया (भर्जिनिटी रिपेयर अप्रेसन) गराउने युवतीको संख्या धमाधम बढिरहेको छ ।
यो शल्यक्रियामा चार हजार पाउन्डजति खर्च हुन्छ । र, यस्ता शल्यक्रिया विशेष गरेर निजी क्लिनिकमा गरिन्छन् । विवाहको पहिलो रात आफ्नो पतिलाई ‘कुमारीत्व सुम्पनुपर्ने’ मानसिक दबाबका कारण महिलाहरू यस्ता शल्यक्रिया गर्छन् ।
लन्डनस्थित रिजेन्सी क्लिनिकका स्त्रीरोग विशेषज्ञ डा. म्याग्डी हेन्ड करिब लामो समयदेखि यस्तै शल्यक्रिया गरिरहेका छन् । कुमारीत्व शल्यक्रियामा महिला जनेन्दि्रयको हाइमेन झिल्लीको कृत्रिम तरिकाले पुनर्निर्माण गरिन्छ । यो झिल्लीको उपस्थितिलाई नै कुमारीत्व भनिने गरिएको छ । १८ वर्षअघि नै डा. हिन्डले मध्यपूर्व तथा खाडी राष्ट्रहरूमा यस्ता शल्यक्रिया सुरु गरिसकेका थिए ।
उनी भन्छन्, ‘केही संस्कृतिमा महिलाहरू विवाहको पहिलो रात रगतपच्छे हुन् भन्ने चाहन्छ । आफ्नी पत्नी कुमारी नहुनु पतिका लागि ठूलो बेइज्जती हो यस्तो समाजमा ।’
यस्तो शल्यक्रिया पूर्णतः कस्मेटिक प्रक्रियाको पनि हुन सक्छ । यसअनुसार एक झिल्लीको पुनर्निर्माण गरिन्छ । र, कहिलेकाहीँ यस प्रक्रियामा जनेन्दि्रयभित्र रगतजस्तै एक कृत्रिम पदार्थ भरिएको क्याप्सुल पनि राखिन्छ ।
मध्यपूर्वमा डा. हेन्डले यस्तो शल्यक्रिया सुरु गर्दा त्यहाँ यसप्रति असाध्यै उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो । र, त्यहाँ एक प्रकारको प्रतिस्पर्धा नै चलेको थियो ।
यस्ता शल्यक्रिया गराउनेहरूमा मुख्यतः मुस्लिम महिलाहरू पर्छन् । त्यसो त कुमारी हुने लहडमा बि्रटिस महिला पनि शल्यक्रिया गराउँछन् । विस्तारै युरोपेली महिलाहरूमा कृत्रिम कुमारीत्व पनि एक फेसनका रूपमा विकसित हुँदै छ । एसियाली मुलका महिलाका लागि भने यो एक बाध्यता हो ।
जिससकी माता म्यारीलाई भर्जिन म्यारीका रूपमा पूजा गरे पनि कुमारीत्व भन्ने अवधारणा मुख्यतः वर्चस्ववादी पुरुष मानसिकताको उपज हो । केही संस्कृति महिलाका मामिलामा आफैंमा त्रुटिपूर्ण छन् । भर्जिनिटी रिपेयर अप्रेसनका विरोधीहरू यसलाई एक जड परम्परालाई बल पुर्‍याउने कदमका रूपमा विश्लेषण गर्छन् ।

पुरुषसँग मेरो पहिलो रात तसलिमा नसरिन (विश्वप्रसिद्ध लेखिका)

मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ । ‘पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,’ भनेँ । ढाका पुग्नेबित्तिकै ‘एकजना साथीलाई ढाका विश्वविद्यालयको होस्टेलमा भेट्न जान्छु’ भन्दै सान्दाइको कोठाबाट हिँडेँ र सीधै रुद्रको कोठा गएँ । तर, रुद्र खुसी भएन । खुसीमा उपिनु वा पीडामा आँसु झार्नु रुद्रका लागि असम्भवप्रायः थियो । शिरदेखि पाउसम्म ऊ रूखको ठुटोजस्तै थियो । ऊ आफ्ना अनुभूति बाहिर देखाउँदैनथ्यो ।
रुद्रले मलाई साडी लगाउन दियो । सेतो साडीमा स-साना फूलका बुट्टा थिए । पेटीकोट र ब्लाउज पनि साडीसँग मिल्ने थिए । रुद्रकी बहिनी विठीले छानेकी थिई यो साडी । रुद्र आफैँले मलाई साडी छानेर कहिल्यै दिएको थिएन । पहिले उसले दिएको हरियो सुती साडी पनि उसकी साथी मुक्तिलाई छान्न लगाएको थियो । मचाहिँ रुद्रलाई जन्मदिनमा दिने उपहार आफैँ छानेर किन्थेँ । कुन रङको सर्टसँग कुन रङको पेन्ट मिल्छ, म आफैँ छान्थेँ । अरूलाई साडी छान्न लगाउँदा रुद्र मेरो रूपरंगबारेमा भन्ने गथ्र्याे, ‘अलि कालीखालको केटीलाई जुन सुहाउँछ, त्यही ।’
रुद्रले मुक्ति र विठी दुवैलाई हाम्राे गुप्त बिहेबारेमा भनेको रहेछ । त्यो रात उसले मलाई चाइनिज रेस्टुरेन्ट लिएर गयो । खाना खाएर हामी फर्कियौँ । मैले हाम्रो बिहेबारेमा कसैलाई बताएकी थिइनँ । रुद्रचाहिँ बिस्तारै सबै मान्छेलाई बताउन थालिसकेको थियो । त्यो रात मैले रुद्रकोमा बस्नुपर्ने भयो । तर, मैले जानुपर्ने थियो । सान्दाइलाई एक घन्टामा आउँछु भनेर हिँडेकी थिएँ ।
सान्दाइकोमा जान खोज्दा रुद्रले भन्यो, ‘दाइकोमा जाने कुरा नगर । तिमी मेरी श्रीमती हौ । यही नै तिम्रा सबभन्दा ठूलो परिचय हो ।’
‘तर, यो परिचयले म अहिले बाँचेको जिन्दगी बाँच्न सक्दिनँ ।’
‘तिमी अवश्य सक्छौ ।’
‘तर, मैले सान्दाइलाई आफू झुनू सानिमाकोमा थिएँ भनेर झुट बोल्नुपर्छ ।’
‘त्यसो भए पीर नगर । म झुनू सानिमालाई कुरो मिलाउन आग्रह गर्छु ।’
‘तर, सानिमा माल्लिन् र ?’
‘किन नमान्नु ? मैले सकेको गर्छु ।’
त्यो रात मैले रुद्रसँग बिताउनै पर्ने भयो । यो रुद्रको माग, आदेश, आग्रह, इच्छा, सबै थियो । रुद्रले भन्यो, ‘आज तिमी मलाई सम्पूर्ण रूपमा चाहिन्छ ।’
‘सम्पूर्ण भन्नाले….’
‘सम्पूर्ण भनेको सम्पूर्ण । पछिका लागि केही बाँकी नराखी …..।’
यसको अर्थ बुझेर मेरो मुटु हल्लियो । मैले गलत गरिरहेको छैन भनेर आफूलाई आश्वस्त पार्न खोजेँ । वैधानिक रूपमै म आफ्नो लोग्नेसँग रात बिताउन गइरहेकी थिएँ । मेरै उमेरकी हसिना त त्यसो गर्न सक्छे भने मचाहिँ किन सक्दिनँ त ? मेरै कक्षाकी मन्दिराले पनि सहपाठी सौकतसँग गोप्य बिहे गरेकी थिई । ऊ पनि सौकतको कोठामा गएर रात बिताउँछे भन्ने हल्ला चलेको थियो ।
अन्त्यमा त्यो रात आयो । रुद्रले मलाई उसको कोठामा लग्यो । सर्ट, पाइन्ट खोलेर लुंगी मात्रै बेर्‍यो र बत्ती निभायो । त्यसपछि मलाई बोकेर ओछयानमा लगेर पल्टायो । म मनमनै भनिरहेकी थिएँ, ‘अब तेरो बिहे भइसक्यो । बिहेपछि लोग्नेसँग सुत्नुपर्छ । तैँले सुत्नैपर्छ । सबै केटीको नियति यही हो ।’
सडक-बत्तीको उज्यालो झयालबाट भित्र पसिरहेको थियो । मलाई त्यो उज्यालो चन्द्रमाको प्रकाशजस्तो लाग्यो । म रुद्रलाई माया गर्थें । ऊ मेरो लोग्ने थियो । रुद्रतिर ढाड फर्काएर एकैपोको परेर पल्टिएँ म । मेरो गुडुल्किएको शरीरलाई रुद्रले आफूतिर तान्यो । म होइन, खाली मेरो प्राणविहीन शरीरमात्र रुद्रको अँगालोमा बेरियो । मेरा हात छातीमा लपक्कै टाँसिए । रुद्रले निकै बल गरेर छातीबाट मेरो हात हटायो । म काँपिरहेकी थिएँ । रुदले मेरो ओठमा गहिरो चुम्बन गर्‍यो । मेरो ओठ बाक्लो र गह्रौँ भएजस्तो लाग्यो । नचाहँदा-नचाहँदै पनि म रुद्रलाई जोडजोडले धकेलिरहेको थिएँ । रुद्रले एक हातले मेरो ब्लाउजको टाँक खोल्यो । उसको ओसिलो जिब्रो मेरो छातीमा चलमलाउन थाल्यो । अस्तव्यस्त साडीमा अल्भिएर म उसको अँगालोमा निस्सासिरहेँ ।
‘हेर केटी, आफ्नो लोग्नेले भनेअनुसार गर । खुट्टा फाडेर राख । यही नै त हो तरिका !’ मैले आफूलाई बारम्बार यसो भनिरहेँ । त्यसपछि मैले पूरै शरीर छाडिदिएँ । आँखा चिम्लँदै म आफू त्यहाँ नभएको परिकल्पना गरँे । ‘यो मेरो शरीर होइन । यहाँ जे-जस्तोे अश्लील काम भइरहेको छ, त्यसमा म पटक्कै संलग्न छैन । यो म होइन । यो अरू कसैको शरीर हो,’ म यस्तै-यस्तै सोचिरहेकी थिएँ । त्यसपछि रुद्र ममाथि उक्लियो । अब मेरो आँखामात्रै होइन, सासै बन्द भयो । तैपनि, यसलाई मैले आफ्नै लोग्नेले गरेको स्वाभाविक प्रक्रिया भनेर चित्त बुझाउन खोजेँ । तर, मेरो यो मनचिन्ते विचारको प्रक्रियालाई तोडेर घाँटीबाट चिच्चाहट निस्कियो । रुद्रले दुवै हातले मेरो मुख बन्द गरिदियो । मलाई असहय पीडा भयो । रातभर रुद्रले हरेक तरिका अपनायो । सामान्य रूपमा अपनाइने सबै विधि अपनायो, तर हरेकपटक रातलाई चिर्दै ऐआ….. मरँ भनेर म चिच्चाउन छाडिनँ । प्रत्येकपटक मेरो चित्कारलाई रोक्न रुद्रले मेरो मुख थुन्नु पर्‍यो । जब यो कहालिलाग्दो रात सकियो, थकित मैले साडी फेरेर कुर्ता-सुरुवाल लगाउँदै भनेँ, ‘म जान्छु ।’ मुन्टो निहुर्‍याउँदै आँखा झुकाउँदै मेरो बेकामे शरीर लिएर म टाढा जान चाहन्थेँ । रातको डर, लाज र घिनले बिहान पनि मलाई छाडेन । अपराधबोध पनि भयो मलाई । रुद्र मलाई ‘रुद्र’ जस्तै लाग्यो । मेरो लोग्नेजस्तो कति पनि लागेन । घर छिर्ने वेला बाटोमा उसले भन्यो, ‘राति नाटक नगरेकी भए राम्रो हुन्थ्यो ।’ त्यसबाहेक उसले केही भनेन । न त मैले नै केही भनेँ । म रातिको घटनालाई सम्भिएर चुपचाप बसेँ । त्यो सबको साटो बरु रातभरि पढेर, गफ गरेर, कविता वाचन गरेर वा निश्चल चुम्बनमात्रै गरेर बसेको भए !
बिहान सान्दाइको कोठामा पुगेर मैले काँपेको स्वरमा भने, ‘म झुनू सानिमाको कोठामा रोकेया हलमा थिएँ ।’
‘झुनू सानिमा आजकल त्यहाँ बस्दिनन्,’ सान्दाइले भन्नुभयो । बिहेपछि सानिमाका बूढाबूढीले विश्वविद्यालयकै घरमा एउटा कोठा भाडा लिएर बस्न थालेको सान्दाइलाई थाहा थियो ।
‘हिजो त्यहाँ आएकी थिइन् ।’
‘अझै कोठा छाडेकी रहिनछन् ?’
‘अहँ ।’
‘हँ.. अनि तेरो साथीलाई भेटिस् त ?’
‘अ भेटेँ ।’
‘नाम के हो त्यसको ?’
‘नदिरा ।’
‘रामकृष्ण मिसन रोडकी केटी होइन त्यो ?’
‘हो ।’
‘अनि त्यो त जहाँगिर नगरमा पढ्छे भनेकी हैन र तैँले ?’
‘हिजो ऊ पनि आश्मालाई भेट्न रोकेया हल आएकी थिई । ऊ पनि राति त्यहीँ बसी ।’
‘को आश्मा ? हासिमुद्दिनकी छोरी ?’
‘हो ।’
‘ऊ पनि ढाका विश्वविद्यालयमा पढ्छे ?’
‘अँ, हो ।’
‘तँ त तेरो सर्टिफिकेट लिन आएकी होइन ?’
‘अँ लिन्छु ।’
त्यसपछि म सरासर भित्र गएँ र ओछयानमा पल्टिएर रातिको डरलाग्दो त्रासदी सम्भिmएँ । त्यो रात ! मैले नाटक गरेको भन्यो रुद्रले । के त्यो स्वाङ थियो त ? आफ्नो स्वाभिमानमा चोट लागेको महसुस भयो मलाई । म बिस्तारै रोएँ । मेरो पूरै जिउ थिलथिल भयो । मानौंँ म भर्खरै सिंहको ओडारबाट फर्किएकी हुँ । हिँड्दा पनि कम्मर दुख्न थाल्यो । पीडाले गर्दा मैले राम्रोसँग पिसाब फेर्न पनि सकिनँ । आफ्नो स्तन पनि ढुंगाको थुप्रोजस्तो लाग्यो । उसको चुम्बनको दाग बिस्तारै हरायो । मैले बिहेको कागजातमा सही गरेदेखि नै रुद्रले एकरात सँगै बिताउने कुरा गरिरहेको थियो । तर, बिहेभन्दा अगाडि पनि उसले मलाई कम गिजोलेको थिएन । प्रत्येकपटक भेट्दाखेरी रुद्र मलाई चुम्बन गर्न र छातीमा हात राख्न झम्टिहाल्थ्यो । तर, मैले आफूलाई बचाउन सकेकी थिएँ । मसुदको घरमा हामीलाई बस्न दिइएन । यही कारणले रुद्र मसँग निकै समय रुष्ट भएको थियो । मसँग एकरात बिताउनु उसका लागि किन यति अमूल्य
हो ? मैले कहिल्यै बुझ्न सकेकी थिइनँ । मैले उसलाई प्रतीक्षा गर्न आग्रह पनि गरेकी थिएँ । पर्खाइको पीडाको प्रतिफल पनि राम्रै हुन्थ्यो होला । तर, रुद्र पर्खिनेवाला थिएन । पर्खाइमा मजा छैन भन्थ्यो ऊ । म ‘आऊ, माया गरौँ’ भन्थेँ, ऊ ‘आऊ, सुतौँ’ भन्थ्यो । रुद्र भोको भिखारीको व्यवहार गथ्र्यो । ऊ सबै कुरो आजै चाहन्थ्यो, अहिल्यै चाहन्थ्यो । मयमनसिंह आउँदा ऊ एकान्तखालको प्ा्राइभेट कोठाको खोजीमा बौलाहाझैँ लाग्थ्यो । मैले खोज्न सक्ने स्थिति थिएन । तर पनि ऊ मसँग रिसाउँथ्यो । कुनै पनि हालतमा ऊ मसँग एकरात बिताउन चाहन्थ्यो । यसरी एकरात बिताइयो, त्रासदीपूर्ण रात । मेरो जीवनमा यस्तो होला भन्ने सोचेकै थिइनँ । मेरो मन दुख्यो । रुद्रलाई धकेलेर हुत्याउन चाहेकी थिएँ । तर, त्यसो गर्न सकिनँ । म अपांगसरी भएँ । त्यही कागजको अगाडि म हारेँ । त्यस हस्ताक्षरको अगाडि म पराजित भएँ । किनभने, त्यही हस्ताक्षरको मतलब नै विवाह थियो । तर, म रुद्रलाई माया गर्थें । मैले सोचेँ- मेरो सोच र विचारले मलाई एकैसेकेन्ड पनि चैनपूर्वक बस्न दिएन ।
मैले सान्दाइसँग झुट बोलेँ । सान्दाइले म सानिमासँगै सुतेकी होली भन्ने पत्याउनुभयो होला । तर, सान्दाइले के सोच्नुभयो होला, कसलाई थाहा ? तर, उहाँ मलाई आफ्नो आँखाबाट ओझेल पार्न चाहनुहुन्नथ्यो । त्यतिमात्रै होइन, मेरो साथीसँग भेट्न पनि मलाई एक्लै पठाउनुहुन्नथ्यो । सान्दाइले भोलिपल्ट मलाई आफै रजिष्ट्रारको कार्यालय लगेर सर्टिफिकेट निकालिदिनुभयो । दुई दिनपछाडि फेरि उहाँले मलाई मयमनसिंह ल्याएर छाडिदिनुभयो ।
रुद्रले पछि मलाई भन्यो, ‘तिमी मलाई पूरा विश्वास गर्दिनौ । तिम्रो मनमा अझै शंका छ ।’ उसका कुरा सुनेर मलाई साह्रै दुःख लाग्यो । मैले म उसलाई माया र विश्वास गर्छु भनेँ । मायामा सबैभन्दा ठूलो आवश्यकता विश्वासको हो । यो विश्वासको डोरी अलिकति कमजोर भयो भने माया गरिँदैन । मनमात्र पराइन्छ । रुद्रले एउटा चिट्ठीमा लेखेको थियो, ‘के म त्यस्तो अभागी हो, जसले सबै कुरा बलजफ्ती ठीक पार्नुपर्छ ?’
यस घटनाको वर्ष दिनपछाडि रुद्रले लेख्यो, ‘प्यारी अर्धाङ्गिनी, त्यस रात के भयो थाहा छ तिमीलाई ? पहिलोपटक तिमीलाई साडीमा देख्दा तिमीलाई एकदम भिन्न पाएँ । नयाँ मान्छेजस्तै । विगतमा मैले तिम्रो अरू नै चीज मन पराएको थिएँ । तर, यो पटक फरक छ । एकदमै अन्जानखालको आनन्द ! हाम्रो प्रेम नै भर्खर सुरु भएझैँ लाग्यो । यस्तो लाग्यो- पहिले रिहर्सलमात्र थियो । आजचाहिँ रंगमञ्चमा मञ्चन गर्दै छौँ ।
विगत डेढ वर्षमा रुद्र दुई-तीन महिनाको अन्तरालमा मयमनसिंह आइरहयो । मैले उसलाई सम्बोधन नगरेकाले रिसले गर्दा उसले पनि मलाई सम्बोधन नगरीकन पत्र पठायो । हाम्रो समय प्रेस क्लबको क्यान्टिनमा बित्थ्यो । क्यान्टिनबाट निस्कनुपर्दा हामी उपयुक्त स्थानको खोजीमा यताउति भौँतारिन्थ्यौँ । तर, सदाझैँ ठाउँ पाउन मेरा लागि असम्भव थियो । रुद्रको अनुरोधमा मैले साडी लगाएर उसलाई भेट्न गएँ । मलाई साडी लगाउन राम्रोसँग आउँदैनथ्यो । यास्मिनको सहयोगमा आमाको साडी लगाएर म साथीको जन्मदिन छ भनेर घरबाट हिँडेँ । त्यो दिन अलि एकान्तको फाइदा उठाउँदै रुद्रले मलाई दुई-तीनपटक चुम्बन गर्‍यो र छातीमा हात मुसार्न भ्यायो । घर फर्किएर उसले लेखेको चिट्ठी यस्तो थियो- ‘तिमी आफैँलाई देखेर हाँसिरहेकी हौली, हैन त ? वास्तवमा मलाई पनि हाम्रो प्रेम भर्खर सुरु भएझैँ लाग्यो । यत्रो वर्षसम्म हामीले एक-अर्कालाई खालि स्पर्शमात्र गरेका थियौँ । आज एक-अर्काको शरीरको …पनि महसुस गर्‍यौँ । एक-अर्काको मुटुको धड्कन सुन्यौँ । आज यस्तो लाग्यो, म कहिल्यै पनि यति सन्तुष्ट भएर तिमीसँग छुट्टएिको थिइनँ । तिमी बिस्तारै अनौपचारिक भएर खुल्न थाल्यौ । अब म नौलो संसारलाई चिन्न सक्ने भएझैँ लाग्यो । अब तिमी अझ बढी स्व्ााभाविक भएर खुल्नेछौ, अझ स्वतन्त्र हुनेछौ । हाम्रोभन्दा राम्रो प्रेमको घर अरु कसैकोे हुने छैन । तिमी हेरी मात्र राख मेरी पि्रय लक्ष्मी, अब मलाई अलिकति माया गर । हैन-हैन, त्यतातिर मुन्टो नबटार न, मेरा आँखामा हेर त, लजाउनुपर्ने कुरा के छ र ? तिमीले पहिलेदेखि नै चिनेकै मान्छे त हुँ नि म । यी आँखा, यी परेली, यो निधार, यो मुहार र शरीरलाई तिमीले थुप्रैपटक स्पर्श गरेकी छौ । अनि किन लजाउनु ? मलाई चुम्बन गर, आऊ मलाई माया गर ।
बिस्तारै-बिस्तारै म आफूलाई नियन्त्रण गर्छु । यदि यही तरिकाले तिमीले मलाई अलि-अलि माया दिन थाल्यौ भने तिमीले देख्नेछौ- म कसरी तिम्रो चाहना बन्नेछु अर्थात् तिमी मेरी बन्नेछौ । वास्तवमा माया भनेको दुई मुटु एक हुनु त हो नि, मलाई सडकमा उभिएर सबैलाई चिच्याउँदै सुनाउन मन छ- ए मान्छे सबैजना सुन । मैले माया गर्ने मान्छे भेट्टाएँ । हामी एकै भयौँ । राम्ररी बस पि्रय । मेरो जीवन, आफ्नो ख्याल गर ।
तिम्रो रुद्र ।

Friday, March 11, 2011

पशुको पनि दाहसंस्कार !

मानिससमेत कुकुर-बिरालाझैँ मररिहेका बेला गाईगोरुलाई पनि मानिसलाई झैँ विधि पुर्‍याएर दाहसंस्कार गरनिु आश्चर्यजनक हो । तर, यो दृश्य दाङको लालमटियामा भने सामान्यजस्तै भइसकेको छ ।

गाउँघरमा कुनै पशुले पशुको मरण गर्नु पर्दैन । सबैले मानवीय व्यवहार पाउँछन् । सबै प्राणीले समान रूपमा बाँच्न पाउनुपर्छ भन्ने लक्ष्यका साथ लालमटियावासीले यस्तो अनौठो काम थालेका हुन् ।

उनीहरूले घरमा स्याहार नपाउने गाईगोरुका लागि वृद्धाश्रमसमेत निर्माण गरेका छन् । "पशु पनि त प्राणी हो । उसले जीवनभर हामीलाई दिएको गुण त्यत्तिकै बिर्सन हुँदैन," पशु वृद्धाश्रम व्यवस्थापन समितिका संयोजक मोती अधिकारी भन्छन्, "बाँच्दासम्म राम्रोसँग बाँच्न पाउँछ, मर्दा सम्मानजनक तरकिाले अन्त्येष्टि पाउँछ ।"

मानिसले गाईगोरुलाई काममा लगाउन पाउँदासम्म मात्र पाल्ने त्यसपछि त्यत्तिकै छोडिदिने प्रचलन बढेपछि कालिका सामुदायिक वन समूहले पशु वृद्धाश्रम बनाउने जुक्ति निकालेको हो । "भैँसी र बाख्राहरू भने मानिसले वृद्ध भए पनि काटेर खान्छन् तर गाईगोरु त्यत्तिकै अलपत्र छोडिदिन्छन् । पशुले पनि सुखसँग मर्न पाउनुपर्छ," गोरुको दाहसंस्कार गदर्ैै गरेका स्थानीय डिलबहादुर कुमाल भन्छन्, "एउटा प्राणीले अर्को प्राणीको सम्मान गर्न सक्नुपर्छ ।" अहिले वृद्धाश्रममा २२ वटा पशु छन् । वृद्धाश्रममा हालसम्म १ सय ५५ पशु आएको र त्यसमध्ये १ सय ३३ मरसिकेको आश्रमका संरक्षक भगतराम चौधरी बताउँछन् । मरेका सबै पशुलाई मान्छेलाई जस्तै दाहसंस्कार गरएिको उनको कथन छ ।

शरीरभर िरौँ

आठवर्षे बालक, त्यसमा पनि शरीरभर िरौँ उमि्रएको सुन्दा अनौठो लाग्न सक्छ। तर, पत्थरहैया-८, ज्योतिनगर कपिलवस्तुका पुष्कर कुँवरको शरीरभर िरौँ पलाएको छ। त्यसैले त ती बालकलाई हेर्न मानिसहरूको घुइँचो नै लाग्छ।

जन्मँदा नै शरीरभर िरौँ भएको बुबा खिमबहादुर बताउँछन्। "सुरुमा त हामीलाई निकै डर लाग्यो। के अनिष्ट हुन थाल्यो। भूत हो कि के हो जस्तो लागेको थियो," उनी भन्छन्, "पछिपछि धेरैले भगवान्को रूप हो भन्न थाले। त्यसपछि मनमा शान्ति मिल्यो।"

ती बालकमा शिवजी, हनुमान र गणेशको रूप भएको खिमबहादुरको भनाइ छ। "जोखाना हेराउँदा सबैले यही भनेका छन्," उनी भन्छन्, "त्यसअघि एउटा मन्दिर बनाउने योजना

बनाएको छु।"

डाक्टरलाई जाँच गराउँदा पनि केही रोग नभएको भनेर फर्काइदिने गरेको उनी बताउँछन्। तीन भाइमध्येका जेठा छोरा पुष्कर अहिले गाउँदेखि जिल्लाबाहिरसम्म चर्चाको विषय बनेकामा उनी निकै खुसी छन्। उनले छोरालाई विभिन्न पर्यटकीय मेलाहरूमा राखेर मानिसहरूलाई देखाउने गरेका छन्। हेर्न आउनेहरू भगवान् ठानेर भेटी चढाएर ढोग्छन्।

Wednesday, March 9, 2011

कोकाकोला र पेप्सी खतरा

कोकाकोला र पेप्सीमा मिलाइने एउटा तत्वका कारण क्यान्सर हुन सक्दछ। यी पेय पदार्थ बनाउन प्रयोग गरिने रङ्गबाट क्यान्सर हुन सक्ने चेतावनी स्वास्थ्यसँग सम्बन्धित एक अमेरिकी समूहले दिएको छ।
सेन्टर फर साइन्स इन द पब्लिक इन्ट्रेस्टले भनेको छ-कोकाकोला, पेप्सी र अन्य खाद्य पदार्थमा प्रयोग हुने कारमेल रङ्गमा दुई प्रकारका क्यान्सरजन्य केमिकल हुने गर्दछ। यसमाथि प्रतिबन्ध लगाउनु आवश्यक छ। कोकाकोलाको कृतिम ब्राउन रङ्ग बनाउनका लागि उच्च दबाव र तापमानमा अमोनिया र सल्फाइट्सका साथ चिनीको प्रतिक्रिया गराउने गरिन्छ।
रासायनिक प्रतिक्रियापछि २-एमआई र ४-एमआई नामक दुई तत्व बन्दछन् । समूहका अनुसार सरकारद्वारा मुसामा गरिएको अध्ययनहरुबाट यी तत्वका कारण फोक्सो, लिभर र थायराइड क्यान्सर हुने खतरा रहेकोछ।
अमेरिकाको नेशनल टाक्सिकोलजी प्रोग्रामका अनुसार यो कुराको स्पष्ट प्रमाण प्राप्त भइसकेको छ कि २-एमआई वा ४-एमआईबाट जनावरमा क्यान्सर हुने गर्दछ । साथै यसबाट मानिसमा पनि क्यान्सर हुने खतरा रहन्छ। क्यालिफोर्निया युनिभर्सिटीका शोधकर्ता डेविसले कोकाकोलाको पाँच ब्राण्डमा ४-एमआईको अधिक मात्रा फेला पारेका थिए ।

महिलाको दूधबाट आइसक्रिम

गर्मी लाग्नै थाल्दा शहरतिरका क्याफेमात्र हैन, सडकतिर पनि आइसक्रिम हातभरि समातेर खाँदै हिडेका दृष्य देखिन्छन् । नेपालमा पनि थुप्रै स्वादका आइक्रिम पाइन्छन् । यस्ता आइसक्रिम प्रायः सवै चौपायाहरुको दूध र क्रिमबाट बनाइएका हुन्छन् ।
यदि तपाईले सानो छँदा खाएको आमाको दूधको स्वाद बिर्सिसक्नुभएको भएको छ भने त्यसको तिर्सना मेटन खासै गाह्रो छैन अब । महिलाको दूधबाट बनेका आइसक्रिम पनि पाउन थालिएको छ ।
लण्डनस्थित एक आइसक्रिम पार्लरले पहिलोपटक महिलाको दुधबाट आइसक्रिम उत्पादन थालेको छ । ‘बेबी गग’ नाम दिइएको स्वादका लागि ७५ प्रतिसत मानब दुध र २५ प्रतिसत क्रिम प्रयोग भएको आइसक्रिममिष्ट रेष्टुरेन्टका संस्थापक म्याट ओकोनोरले बताए ।
मस्तिष्कको लागि समेत उपयोगी हुने बताउँदै ओकोनोरले एओएल न्यूजलाई भने, ‘सुरुमा केहिले नाक खुम्चाए । तर प्रायः महिलाहरुले दुधको स्वाद चाख्न ‘बेबी गग’आइसक्रिम खाने गरेको उनको दावी छ । ‘बच्चाको जन्मपछिको समय र खानाको आधारमा आइसक्रिमको स्वाद फरक पर्छर्,’ उनले थपे ।
महिलाको दूधबाट आइसक्रिम बनाउन त्यति सस्तो र सजिलो भने छैन् । एक आउन्स दुधका लागि १.६१ डलर तिर्ने गरेको उत्पादकको दावी छ । स्वभाविक प्रश्न उठछ, त्यसो भए दूध कसरी संकलन गरिन्छ त ? ३५ वषिर्य भिक्टोरिया हिले एक यस्तै ‘दलाल’हुन जसले बच्चालाई दूध नचुसाउने र ब्रेस्टफिडिङमा समस्या भएका महिलाहरुबाट दुध संकलन गर्छिन् । यसरि दूध बेच्ने र संकलन गर्ने महिलाको ठूलै संजाल बनेको छ अहिले ।
बेबी गग आइसक्रिमको स्वाद लिन तपाईले २२ डलर खर्चिनुपर्नेछ ।

नारीलाइ दुख दिने कोहि पनि सुखी हुन नसक्ने

मंगबार एक सय एक औं विश्व नारी दिवश कहि नेताहरुको भाषणमा बित्यो होला त कहि नारा जुलुस भए होला कतै ठुलाठुला होटलहरुमा सेमिनार र गोष्ठि नै भए होला ।
यो बर्ष झापाको दमकमा नारी दिवश बिगतमा भन्दा फरक रुपमा बैग्ला बेग्लै रुपमा सम्पन्न भयो ।
सधै बर्षहरुमा देखिने र सुनिने नेताका भाषण र अनौपचारीक कार्यक्रमको सट्टा चेतना फैल्याउने नयाँ कामको शुरु भएको छ ।
दमक जेसिजले कनैु राजनैतिकका नेता र महिला अधिकारकर्मिलाइ नबोलाएर दमक नगर भित्र कार्यरत स्वयंसेविका र अन्य सर्बसाधरण महिलाको उपस्थितिमा महिलाहरुमा हुन सक्ने क्यान्सर रोग र पाठेघर खस्ने समस्या र सामधानको उपायको बिषयमा अन्तरकि्रया कार्यक्रम गरेर बिश्व नारी दिवश मनाएको छ ।
कार्यक्रममा सहजीकरण गर्दै डा।मुक्ति भट्टराइले छिटो बिवाह गर्ने र परिपक्क उमेर नभइ गरिने यौन सम्पर्कले पाठेघरको क्यान्सरको समस्या बडेको पाइएको कार्यक्रममा जानकारी दिनु भएको थियो ।
सामाजीक मुल्य र मान्यताले गर्दा महिलाहरु अझै पनि रोग लुकाएर बस्न बाध्य रहेका अस्पतालमा आएर भन्न समेत डराउने तथा लाज मान्ने गरेकाले यसका लागी चेतना आवश्यक रहेको उहाँले बताउनु भयो ।
प्ााठेघर खस्ने समस्याका कारण नै धेरैको सुखद दाम्पत्य जीबन समेत दुखद बनेको र यो रोग सामन्य र सजिलै तथा निशुल्क भट्टराइल उपचार हुन्छ भन्ने थाहा नभएर धेरैले हैरानी बेहोर्नु परेको समेत भट्टराइले जनाउनु भयो ।
नेपाल नेटवर्क फर क्यान्सर ट्रीटमेन्ट एण्ड रिसर्चका फर्माटिस्ट ओमप्रकाश गौतमले अहिले नेपालको अवस्थामा क्यान्सरको उपचारलाइ हेर्दा फोक्सोको क्यान्सर भएकाले एक हजार खर्च गर्दा एक दिन बाँच्ोका पाइएको बताउनु भयो ।
यसै गरी स्तन क्यान्सर भएकाले एक हजार खर्च गर्दा दश दिन बाँचेकोपाठेघरको क्यान्सरमा यति नै खर्च गर्दा आठ दिन बाँचेको र पेटको क्यान्सर भएका चार दिन बाँचेको पाइएको जानकारी दिनु भयो ।
यसरी पनि निश्चित समय मात्र बाँच्ने र त्यसपछि जति खर्च गरे पनि नहुने भएकाले समयमा नै सचेत हुन र बेलैमा जाँच तथा उपचार गर्न पछि नहटन आग्रह गर्नु भयो ।
कार्यक्रममा दमक जेसिजका अध्यक्ष सुवासचन्द्र भट्टराइले चैत सोह् गते देखि दमकमा जेसिजले महिलाहरुका लागी एक साता लामो क्यान्सर रोगको जाँच तथा उपचार शिबिर संचालन गर्ने पनि जानकरी दिनुभयो ।
समाज परिवर्तन गर्न धर्म तथा धर्म गुरुको महत्वपुर्ण हुन्छ र गुरुले भनेको धेरैले मान्ने पनि गरेका छन ।
यसैले गर्दा बिश्व नारी दिवशको अवसरमा झापाको दमकमा हेवन्लीपाथ नारी नेपाल झापाले खुल्ला रुपमा धर्म गुरु मार्फत महिला अधिकारको बिषयमा प्रवचन कार्यक्रम राखेर बिश्व नारी दिवश मनाएको छ ।
बाल तपस्वी ओम नन्दले दमकको किरात भवन अगाडी पन्ध्र सय भन्दा बढी सहभागी रहेको कार्यक्रममा महिलाहरुको अधिकारले घरसमाज हुदै गाँउ र राष्ट्रनै बिकास हुने बताउनु भयो ।
नारीलाइ दुख दिने कोहि पनि सुखी हुन नसक्ने बताउदै नारीको सम्मानले मात्र मनुश्य चोलाको सार्थकता रहने जनाउनु भयो ।
कुनै पनि धर्म र धर्म ग्रन्थहरुमा नारीहरुलाइ दोश्रो दर्जाको रुपमा नराखिएको र नारी भनेको आमा तथा जननी भएकाले जननीलाइ हिँसा गरेमा त्यसको अपराध लाग्ने भन्दै कसैले पनि नारीलाइ हेप्नु र होच्याउनु भनेको जननीलाइ हेप्नु र होच्याउनु भएको सन्देश ओम नन्दले दिनु भएको छ ।