शरणार्थी र स्थानीयहरु बिच बुधबार देखी जारी रहेको तनाबलाइ सामधान गर्न शुक्रबार बसेको सर्बपक्षिय छलफलले बिभीन्न बाह् बुदामा सहमती गरेर अबका दिनमा यस्ता कार्य कतैबाट पनि दोरीन नदिनका लागी प्रयास गर्ने पहल भएको छ ।
बेलडाँगी शरणार्थी शिबिरका युवा र स्थानीय युवा बिच भएको झगडामा दुइ शरणार्थी युवा इन्द्रबहादुर राइ र कुमार राइ घाइते बनेपछि शिबिर प्रभावित क्षेत्रका बासिन्दा र शरणार्थी बिच तनाब सिर्जना भएको थियो ।
शरणार्थी क्याम्प ब्यवस्थापन समितिले शरणार्थीलाइ शिबिर बाहिर निस्कन बन्देज गरेको र शिबिर बाहिरका बासिन्दालाइ समेत शिबिर पस्न नदिएको भन्दै तनाब सिर्जना भएको थियो ।
शरणार्थीहरुको एक समुहले सडकमा ढाट तेस्र्या्रएर आवत जावतमा रोक लगाउन खोजीएको भन्दै स्थानीयहरु यसको बिरोधमा उत्रिएका थिए ।
स्थानीयहरुले यहाँबाट शरणार्थी हटाउनु पर्ने या त शरणार्थीहरुले शरणार्थी सम्बन्धि अन्तराष्ट्रिय नियम पानला गर्नु पर्ने माग अघि सारेका थिए ।
यता शरणार्थीहरुले शिबिर भित्रका र बाहिरकालाइ प्रशासनले गर्ने ब्यवहार एउटै नभएको भन्दै शिबिर बाहिरका युवाहरुले शिबिर भित्रका युवालाइ निर्घात कुटदा पनि दोषिलाइ कार्बाहि नभएकाले बाध्य भएर क्याम्प आवतजावतमा शरणार्थीलाइ कडाइ गरिएको जनाएका थिए ।
दमकको हम्सेदुम्से सामुदायीक बनको ११७ हेक्टरमा बस्दै आएका भुटानी शरणार्थी शिबिरका शरणार्थीहरुले सामुदायीक बनका कर्मचारीहरुलाइ नै आवत जावतमा रोक लगाएपछि तनाब झनै बडेको थियो ।
स्थानीयहरुले बिहिबार यसको बिरोधमा दातृ निकायका सवारी साधन शिबिरमा पस्न समेत रोकेका थिए भने समस्या सामधानका लागी तत्काल पहल गर्न समेत माग अघि सारेका थिए ।
शुक्रबार बसेको सर्बपक्षिय छलफलले बिहिबार ढाँट लगाएर आवतजावतमा रोक लगाउने काम गलत भएकोमा क्याम्प ब्यवस्थापन समितिले गल्ति स्विकार गरेर यस्ता घटना नदोर् याउने शरणार्थी शिबिर भित्र पालीएका चौपाया एक महिना भित्र हटाउने सहमती भएको छ ।
यसैगरी शरणार्थीहरु जंगल प्रवेशमा रोक लगाउनेअपराधीक कार्यमा जो कोहि संलग्न भएपनि तत्काल कार्बाही गर्न सबैले सहयोग गर्नेबिग्रेड कोइलाको बिकल्प खोज्न संयुक्त राष्ट्र संघिय उच्च आयोगलाइ माग गर्नेशिबिर भित्र रहेका बधशाला हटाउनेक्याप्प भित्रको फोहोरमैला ब्यवस्थापनका लागी सम्बन्धित निकायको ध्यानकर्षण गराउने पनि प्रतिबद्धता जनाइएको छ ।
शरणार्थीहरुले पालना गर्ने नियमहरु र शिबिर प्रभावित क्षेत्रका बासिन्दाले पाउने सेवा सुबिधा तथा क्षतिपुर्तिका बिषयमा दातृ निकायले स्पष्ट पार्नु पर्नेशिबिर भित्र नयाँ टहरा बनाँउदा सामुदायीक बनसंग समन्वय गर्नु पर्ने लगायतका बुदाहरुमा सहमति भएको हो ।
दमक नगरपालीकाका कार्यकारी अधिकृत पशुपती खतिवडाइलाका प्रशासन कार्यलय दमकका प्रमुख यज्ञ आचार्यइलाका प्रहरी कार्यलय दमकका प्रमुख नबिन कार्कीहम्सेदुम्से सामुदायीक बनका अध्यक्ष महेन्द्रिसंह निरौला लगायतले तनाब सामधान गर्नका लागि प्रयास गर्नु भएको थियो ।
स्थानीय र शरणार्थी युवाहरु बिच भएको झगडाको बिषयले यो तनाब सिर्जना भएकोले घटनामा संलग्नहरुको ओजी भइरहेकाले प्रहरीले दोषीलाइ कार्बाहि गर्ने प्रतिबद्धता इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नबिन कार्कीले प्रतिबद्धता जनाउनु भयो ।
यसैगरी शरणार्थीहरुको तर्फबाट शरणार्थी नेता डा।भम्पा राइक्याम्म ब्यवस्थापन समिति बेलडागीका सचिब धनबिर सुब्बासहसचिब मनमायाँ राइ लगायतले यस्तो शिबिर र बाहिरका बासिन्दा बिच सम्बन्ध समुधुर बनाउन भएको सहमतिको पालना गर्ने सहमतिमा हस्ताक्षर गर्नु भएको छ ।
युएनएचसिआरशरणार्थी समन्वय इकाइ आइओएम लगायतका शरणार्थीमा काम गर्ने निकायका प्रतिनिधिहरु पनि छलफलमा सहभागी रहेका थिए ।
स्थानीयहरु हिमालय दाहालचन्द्र गरागाँइनारायण बराल लगायतले शरणार्थीका कारण स्थानीयहरुले भोग्नु परेको समस्याको बिषयमा छलफलमा राख्नु भएको थियो ।

No comments:
Post a Comment