तेह्रथुमको फाक्चामाराका गोपाल दाहाल बेपत्ता भएको एक दशक भन्दा पनि बढी भइसक्यो ।
अहिले सम्म उहाँ रहेको त कल्पना पनि गर्न सक्दैन उहाँको परिवारले । घर फर्केर आउने त कुरा त परै जाओस ।
हिन्दु परम्परा अनुसार मरेको मान्छेको बिधिवत रुपमा धार्मिक मान्यता अनुसार अीनतम संस्कार गरेर काजकि्रया गर्ने चलन रहेको छ तर बेपत्ता हुनेको के गर्ने र कहिले काजकि्रया गनेृ भन्नेमा निक्कै गाह्ो हुन्छ ।
वेपत्ता हुनु भएको दाहालको १ सय ३४ बर्षपछि आइतबार देखि झापाको दमकमा काजकि्रया शुरु गरिएको छ ।
विस १९२१ म्ाा तेह्थुममा जन्मनु भएका दाहाल १२ बर्षको उमेरको हुदाँ १९३३ सालदेखी वेपत्ता हुनु भएको थियो ।
त्यस समयदेखी वेपत्ता भएपनि एक दिन त घर फर्कनु हुन्छ भन्ने आश परिवारले प्रतेक दिन पाल्दै आएको थियो ।
अब भने परिवारलाइ त्यो आश रहेन र के गर्ने भन्ने बिषयमा पंण्डित तथा पुरोहित संग छलफल गरेर उहाँको काजकि्रया गर्ने निर्णय परिवारले गरेको हो ।
केन्द्रिय कार्यलय दमकमा रहेको दाहाल प्रतिष्ठानका पण्डितहरुको सल्लाहा अनुसार बैदिक परम्परा अनुसार आइतबारदेखी काजकि्रया थालिएको दाहाल परिवारले जनाएको छ ।
दाहाल प्रतिष्ठान दमकले निर्माण गरेको धार्मिक स्थलमा बेपत्ता भएका गोपालका दाजु चिन्तामणि दाहालका नाति नन्द्रप्रसाद दाहालले बैदिक परम्मपरा अनुसार काजकि्रया शुरु गर्नू भएको हो ।
लामो समय बित्दा समेत कुनै अत्तोपत्तो नलागेको कारण पण्डित तथा पुरोहितहरुको सरसल्लाह अनुसार पितृ मोक्षका लागि आफुले काजकि्रया गरेको नाति नन्द्रप्रसादले बताउनु भएको छ।
बेपत्ता भएको १ सय ३४ बर्ष बित्दा पनि घर नआएपछि बैदिक परम्परा अनुसार काजकि्रया गरिएको हो ।
जसरी अन्य मृतकको काजकि्रया गरिन्छ त्यहि बिधि अनुसार बेपत्ता दाहालको काजकि्रया गरिने कि्रयामा बस्नु भएका नन्दप्रसाद दाहालले बताउनु भयो ।
No comments:
Post a Comment