अर्जेन्टिनाकी राष्ट्रपतिले श्रीमान्-श्रीमतीबीच राम्रो यौन सम्बन्ध स्थापित गर्नका लागि सुँगुरको मासु खान आग्रह गरेकी छिन् । यो भियग्राभन्दा तगडा रहेको उनको तर्क छ । सुँगुरको तारेको मासु खाएपछि उनले श्रीमान्सँग गरेको सम्भोगले आफूलाई सन्तुष्टी दिने गरेको समेत बताएर हालै उनी चर्चामा आएकी छिन् ।
“मलाई कसैले यौनका लागि सुँगुरको तारेको मासु खानु भन्ने सुझायो र मैले केही समयअघिदेखि यो प्रयोग गरिरहेकी छु । र, वास्तवमा यो भियग्राभन्दा तगडा निस्कियो”, राष्ट्रपति क्रिस्टिना फर्नान्डेजले हालै सुँगुरपालकहरुको एउटा भेलामा बताइन् ।
उनले भनिन्- “वास्तवमा मैले एक शुक्रबार टन्न सुँगुरको मासु खाएँ र श्रीमान्लाई पनि खान लगाएँ । त्यो विकेन्ड साँच्चिकै गज्जबसँग बित्यो र यो भन्नलाई मैले उति लजाउनुपर्छ भन्ने मलाई लाग्दैन ।”
अर्जेन्टिनाबासीहरु गाईको मासुका लागि संसारमै बढी खर्च गर्ने गरेको तथ्य छ । तर हालै सरकारले सुँगुरको मासुलाई पनि उत्तिकै महत्व दिइरहेको छ । गाईको मासुको मूल्य लगातार बढ्न थालेपछि भिन्न किसिमको मासुलाई महत्व दिन अर्जेन्टिनी सरकारले सुँगुरको मासुमाथि जोड दिएको हो ।
“मैले जस्तै तपाईंहरुले पनि यो प्रयोग गर्न सक्नु हुन्छ र यदि तपाईंलाई ठीक लागेन वा मेरो कुरामा विश्वास लागेन भने गाईको मासु त छँदैछ”, टेलिभिजनमा दिइएको एउटा प्रत्यक्ष भाषणमा उनले बताइन् । |
|
No comments:
Post a Comment