Monday, April 18, 2011
हात मिलाउँदा शारीरिक अवस्था पत्ता लाग्न ,गाँजा पनि औषधी ,अब माउस नचाहिने,
लन्डन युनिभर्सिटीका वैज्ञानिहरूले मानिसले हात मिलाउने तरकिाको अध्ययनबाटै मानिसको उमेर र उसको शारीरकि दुर्बलताबारे पत्ता लगाउन सकिने बताएका छन्।
वैज्ञानिकहरूका अनुसार, शारीरकि सन्तुलन र हात मिलाउने समयमा व्यक्तिले खर्चिने शक्तिको अध्ययनबाट यस्तो नतिजा पत्ता लगाउन सकिनेछ। बि्रटिस जर्नलमा प्रकाशित उक्त अध्ययनको निष्कर्षमा भनिएको छ, 'हात मिलाउने तरकिाबाटै व्यक्तिलाई लाग्नसक्ने सम्भावित रोग र त्यसको निदानको उपायबारे पनि बताउन सकिनेछ।'
अमेरकिी शोधकर्ताहरूले मस्ितष्कले सोचेकै आधारमा चल्ने कम्प्युटर माउसको आविष्कार गरेका छन्। उनीहरूका अनुसार, कम्प्युटर स्िक्रनमा देखिने क्रसर चलाउन अब हातको प्रयोग आवश्यक छैन। वैज्ञानिकहरूका अनुसार, यस्तो प्रविधिले शारीरकि विकलांगहरूलाई कम्प्युटर चलाउन मद्दत गर्नेछ। ध्वनि आदेशका आधारमा पनि यस्तो माउसले काम गर्ने वैज्ञानिकहरूले बताएका छन्। ध्वनि उच्चारण हुँदा मस्ितष्कमा पैदा हुने तरंगका आधारमा कम्प्युटरले काम गर्ने वैज्ञानिकहरूको दाबी छ। मस्ितष्कको अत्यन्त सूक्ष्म गतिविधिको आदेश मान्न सक्ने यस प्रविधिलाई इलेक्ट्रोकार्टिकोग्राफी भनिन्छ।
क्यानेडियन वैज्ञानिकहरूले गाँजा खानु स्वास्थ्यका लागि राम्रो रहेको निष्कर्ष निकालेका छन्। उनीहरूका अनुसार, गाँजाले शारीरकि दुखाइ कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। वैज्ञानिकहरूका अनुसार, निन्द्रा नलाग्ने मानिसका लागि पनि गाँजा उपयोगी हुनसक्छ। धमनीको समस्याबाट पीडा खेपेका बिरामीका लागि पनि गाँजा उपयोगी हुनसक्ने अध्ययनले देखाएको छ। वैज्ञानिकहरूले गाँजामा रहेको रसायनिक तत्त्वहरूको सम्मिश्रणबाट औषधी बनाउन सकिनेसमेत बताएका छन्।
Subscribe to:
Post Comments (Atom)



No comments:
Post a Comment