Monday, April 18, 2011

एक सय पाँच धारा जडान क्षमता छत्तिस सय धारा जडान

जम्मा एक सय पाँच वटा धारा जडानका लागि निर्माण गरिएको एउटा खानेपानी आयोजनामा अहिले तीन हजार छ सय भन्दा बढी धारा जडान भएको छ भन्दा तपाइलाइ पत्यार लाग्छ
तपाँइलाइ पत्यार नलाग्न सक्छ तर यस्तै गरेको छ झापाको दमकमा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले।
२०४२सालमा एशियाली बिकास बैंकले यहाँका बासिन्दाहरुलाइ स्वच्छ खानेपानी उपलब्ध गराउन दमकबजार र आसपासमा सार्बजनिक धारा बितरणका लागी यो खानेपानी आयोजना निर्माण गरिदिएको दिएको थियो ।
खानेपानी आयोजना निर्माण सम्पन्न गरेर उक्त योजना स्थानिय उपभोक्ता समितिलाइ हस्ताण्तरण गरिएपछि उदेश्य बिपरित जथाभाबी धारा जडान गरेपटि दमकमा अहिले समस्या आएको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष पशुपतीराज गौतमले दिनु भएको जानकारी अनुसार यो योजनाको लक्ष्य एक सय पाँच वटा सार्बजनिक धाराका लागी मात्र रहेकॊ थियो ।
त्यस समय दमकका बिभिन्न स्थानमा निर्माण गरिएका सार्बजानीक धाराहरु अहिले एउटा पनि रहेका छैनन ।
यसको संरक्षण र सम्बद्र्धन नभएका कारण अहिले ति धाराहरुको अस्तित्व नै नरहेको जनाइएको छ ।
एशियाली बिकास बैकले २०५१ सालमा यो आयोजना उपभोक्ता समितीलाई हस्तान्तरण गरको र त्यसपछि नगरबासीको सहजताका लागि भन्दै घरघरमा उदेश्य बिपरित धाराहरु जडान गर्न थालिएको समितिका एक पुराना कर्मचारीले बताउनु भयो ।
यसरी घरघरमा खानेपानीको धारा जडान गरिएपछि सार्बजानिक धारालाइ संरक्षण गर्न कसैले वास्ता नगरेको र अहिले सबै भत्काएर एउटा पनि सार्बजाजिक धारा बजारमा नरहेको अवस्था छ ।
एक सय पाँच वटा सार्बजानीक धारा जडानका लागि निर्माण गरिएको खानेपानी आयोजनालाइ उपभोक्ता समितिले घरघरमा धार जडान गर्न थालेपछि दाताहरुले अन्य आनेपानी आयोजनाका लागि ध्यान नदिएको हुन सक्ने बताइएक्ो छ ।
अहिले खानेपानी आयोजनाले थेग्न नै नसक्ने गरि तीन हजार छ सय धारा जडान भइसकेको र अझै पनि सयौ उपभोक्ताहरु धारा जडानका लागी लाम बसेको उपभोक्ता समितिका अध्यक्ष पशुपतिराज गौतम बताउनु हुन्छ ।
त्यतिखेरको जनसंख्यालाइ ख्याल गरेर निर्माण गरिएको खानेपानी आयोजना र ट्याङ्कीले कयौ गुणा जनसंख्या बडेको अवस्थामा पनि थेगीरहेको उपभोक्ता समितिका केहि सदस्यहरुले बताउने गरेका छन ।
दमकमा शहरीकरण तिब्र भएपनि नयाँ खानेपानी आयोजना निर्माण हुन नसकेको र बर्षेनी जति घर थपिन्छन धाराका लागि पनि त्ययति नै माग आउने गरेको उपभोक्ता समितिले बताएको छ ।

No comments:

Post a Comment