Monday, April 4, 2011

भारतले विश्वकप जित्यो म नाङ्गै दौडिनेछु

चर्चामा आउन बहाना न चाहिन्छ, सो भारतकी मोडेल पुनम पाण्डेलाई चर्चामा आउन अहिले एउटा बाहना फेला पर्‍यो ।यही मौका छोपेर मोडल पुनमले भारतमा एउटा स्क्याण्डल मचाइन त्यसबाट उनले निक्कै चर्चा पनि पाइन ।
भारत-पाकिस्तानको सेमिफाइनल अघि पुनमले घोषणा गरिन्, यदी भारतले विश्वकप जित्यो भने म नाङ्गै दौडिनेछु । भारतले  पाकिस्तानलाई सेमिफाइनल जित्यो र फाइनलमा पुग्यो । सेमिफाइनल जितेको खुशीमा पुनमले फेरी एकपटक घोषणा गरिन्, अब नाड्ढो हुने दिन धेरै टाढा छैन ।
 मोडेल पूनम पांडे नेटबाट सबभन्दा बढी डाउन लोडेड हुने मोडलमा पर्दछिन्। यस बर्षको किंगफिशर क्यालेण्डरमा उनले सबैलार्इ आकर्षित तुल्याएकी थिर्इन। उनी भारतिय टोलीका ठुला प्रसंशक समेत हुन ।
पूनमका अनुसार यो कुनै प्रचारका लागि गरिएको वक्तव्य होर्इन, भारतिय टोली बिजय भएमा उनले साच्चैकै भारतिय खेलाडीहरूको ड्रेसिंग रूममा कपडा उतार्ने भर्की हुन। अझ उनले भारतिय बोर्डले इजाजत दिएमा खेल मैदानमा नै कपडा उतार्ने समेत बताएकी छिन्।
यस भन्दा अगाडी गत बिश्व कप फुटबलमा बिख्यात फुटबलर तथा प्रसिक्षक माराडोनाले आफ्नो टोली बिश्व बिजय भएमा अर्जेटीनाको गल्लीहरूमा नांगै घुम्ने इच्छा व्यक्त गरेको थियो।

No comments:

Post a Comment