Monday, April 18, 2011

चीनमा रोमान्स पाठ्यक्रममा समावेश गर्ने वा नगर्ने बहस


के रोमान्स सिकाउनुपर्ने विषय हो ? के प्रेममा पर्नु त्यत्ति महत्वपूर्ण हो कि जुन विश्वविद्यालयकै पाठ्यक्रममा समावेश गर्नुपर्दछ ?
बेइजिङका शिक्षा अधिकारीहरूले कलेजहरूका लागि मानसिक स्वास्थ्यको कार्यक्रमका लागि मनोविज्ञानको पाठ्यक्रममा प्रेम कसरी गर्ने भन्नेबारे नगरका विश्वविद्यालयहरूलाई सलाह दिँदै एउटा मस्यौदा पाठ्यक्रम सार्वजनिक गरेपछि यी प्रश्नहरू व्यापक बनेका छन् । यो मस्यौदा गत सोमबार सार्वजनिक गर्नासाथ यसले ठूलो विवाद जन्मायो ।
क्यापिटल नर्मल विश्वविद्यालयकी विद्यार्थी झाङ यु भन्छिन् “रोमान्स सिकाउन सकिँदैन, तपाइँ आफैँले अनुभव गर्नुपर्दछ र बुझ्नुपर्छ । उनी भर्खरै आफ्ना केटा साथीसँगको विछोडमा थिइन । उनले भनिन— म यो विषय पढ्न त सक्छु तर केवल मनोरञ्जनका लागि मात्र । कुनै सम्बन्धमा रहन नचाहने मेहनती विद्यार्थीले यो विषय पढेमा के होला ? यसले उसलाई सहायता गर्ला कि विचलित बनाउला भन्ने पनि प्रश्न उठेको छ ।

No comments:

Post a Comment