Monday, April 18, 2011

हावाहुण्डरीले अग्नी पिडित शरणार्थीको बिचल्ली

लगातारको पानी र हावा हुण्डरीका कारण तीन साता अघि आगलागी बाट बिस्थापित शरणार्थीहरुको दैनिकी अत्यन्तै कष्ठप्रद बनेको छ ।
एउटा त्रिपाल टाँगेर दिन रात बिताउदै आएका शरणार्थीहरुका त्रिपालहरु समेत हावाले उडाएको र बस्ने तथा सुत्ने स्थान हिलाम्मे बनेपछि शरणार्थीहरुको दैनिकी कष्ठप्रद बनेको हो ।
बालबालीकासुत्केरी महिलाबृद्ध तथा अशक्त शरणार्थीहरुको त झनै कन्तबीजोग भएको शरणार्थी अगुवाहरुले बताएका छन ।
आगलागीबाट ध्वस्त बनेको गोल्धाप शरणार्थी शिबिरमा रहेका चार हजार भन्दा बढी शरणार्थीहरु चार दिन अघि देखि दैनीक आउने हावाहुरी र पानीबाट प्रभावित बने पनि उनीहरुको उचित बसोबासको बन्दोबस्त हुन सकेको छैन ।
गोल्धाप शरणार्थी शिबिरका सचिब चिरिाब राइका अनुसार त्रिपाल उडाएर लगेको र सुत्ने तथा बस्ने ठाँउ हिलो नै हिलो भएर रातभर जागै बस्नु पर्ने अवस्था समेत सिर्जना भएको छ।
पानीले दाउरा समेत भिजेकाले दाउरा नबल्दा खाना पकाउन र बिरामीहरुले पानी तताएर समेत खान नपाएको राइले बताउनु भयो ।
शिबिरमा चार दर्जन भन्दा बढी सुत्केरी महिलाहरु रहेकोमा आधालाय शरणार्थी शिबिर बेलाडाँगीमा पुर्नस्थापना गरिएपनि बाँकी यहि शिबिरमा नै रहेको जनाइएको छ ।
उनिहरुलाइ तत्काल शरणार्थी शिबिर बेलडाँगीमा पुर्नस्थापना गराउन शिबिर ब्यवस्थापन समितिले पहल गरिरहेको बताएको छ ।
गोल्धाप भएको भिषण आगलागी पश्चात यहाँ अस्थाइ रुपमा त्रिपाल टाँगेर बयालीस सय शरणार्थीहरु बसोबास गर्दै आएका छन ।
तेश्रो देश पुर्नबासका कारण शरणार्थी शिबिर बेलडाँगीमा रहेका शरणार्थीको संख्या घटेको र यहि शिबिरमा गोल्धापका शरणार्थीहरुलाइ पुर्नस्थापना गरीने भनेर अस्थाइ रुपमा शरणार्थीहरुलाइ राखिएको दातृ निकायहरुले बताउदै आएका छन ।
गोल्धापका शरणार्थीहरुलाइ बेलडाँगीमा पुर्नस्थापना गरीएको र एक सातामा बीस भन्दा बढी शरणार्थीै परिवार बेलडाँगी ल्याइसकिएको पनि जनाइएको छ ।
शरणार्थी समन्वय इकाइका उपनिर्देशक एबं झापाका साहयक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलका अनुसार आगलागी पिडित शरणार्थीहरुको समस्या बुझेर उनिहरुलाइ चाँडो शिबिर स्ताण्तरण कार्यलाइ तिब्रता दिइदैछ ।
सुत्केरी महिलाबृद्ध तथा शारिरिक रुपमा अशक्तहरुलाइ शिबिर स्ताण्तरण गर्न शुरु गरिसकीएको पोखरेलले जानकारी दिनु भयो ।
पानी परेपछि शिबिरमा हैजा लगायतका सरुवा रोग सर्ने खतरा बडि हुने भएकाले आम्दा अस्पतालले बिशेष शतकर्ता अपानाएको बताएको छ ।
शरणार्थीहरुले भने दातृ निकायले आफुहरुको समस्या नबुझेकाले दिन र रात काटन मुश्किल भएको बताउदै आएका छन ।्
आठ दश जनाको परिवारलाइ एउटा त्रिपाल दिएर त्यहि बस्न भनेको र त्यो पनि हावाले उडाएर च्यातेपछि समस्या भएको उनिहरु बताउछन ।
शरणार्थी शिबिर गोल्धाप र पथरीमा एक साथ चैत ८ गते आगलागी हुँदा सयौ शरणार्थीका छाप्राहरु जलेर नष्ट भएको थियो ।

No comments:

Post a Comment