Monday, April 4, 2011

दिसा पचाउन बाध्य छन सन्थाल महिलाहरु


बिहान उज्यालो नहुदै जुरुक्क उठ्यो र लोटामा पानी बोकेर लाग्यो खोला तथा खो_िल्स तिर ।बिहान अलिकता उठनलाइ ढिलो भयो भने आपत आइलाग्छ झापा कोरोबारी १ तुलाचनमा रहेको सन्थाल बस्तिका महिलाहरुलाइ ।
एउटै टोलमा संगै पैतीस भन्दा बढी घर रहेका छन र झण्डै दुइ सयको हाराहारीमा सन्थालहरुको जनसंख्या रहेको छ ।यसमा आधा जसो महिलाहरु नै रहेका छन ।
अशिक्षा र गरिबिको चपेटामा रहेका लोपन्मुख अवस्थामा पुगेका सन्थालको यो बस्तिमा एउटा पनि शौचालय रहेको छैन ।
एउटा सिङ्गो बस्तिमा नै शौचालय नभएपछि उनिहरु खुल्ला ठाँउमा नै दिसापिसाब गर्न बाध्य बनेका छन ।
बस्तिको छेउछाउमा हिउद र बर्षामा नै रोपाइ हुन थालेपछि खेतबारी शौचालय बन्दै आएकोमा यो पनि अब उनिहरुका लागि सम्भब हुन छाडेको छ ।
बस्तिबाट करिब दश मिनेटको दुरिमा धन्द्रा खोलो रहेको छ उनिहरुको लागी अस्थाइ भने पनि इस्थाइ भने पनि शौचालय अहिलेका लागि ।
बस्तिमा शौचालय नभएपछि र खाली जमिनमा रोपाइ गर्न थालिए पछि पुरुष भन्दा महिलाको जिबनमा धेरै असर गर्ने गरेको सन्थाल महिलाहरुको भोगाइ रहेको छ ।
पुरुष त खोलाको डिलमा गएर जति खेर पनि शौच गर्न सक्छन र गर्ने गर्छन तर महिलाहरुलाइ भने अप्ठ्यारो हुने भएकाले उज्यालो हुनु अगाबै खोला पुग्नु पर्ने हुन्छ ।
सन्थाल उत्थान संघकी फुलमणि हेमरमका अनुसार बिहान उठन ढिला भयो भने रोपाइ गर्ने र खेतमा काम गर्ने आउन थाल्ने भएकाले दिसा गर्न समस्या हुने गरेको छ ।
हेमरमले आफ्नो अनुभब सुनाउदै भन्नु भयोुबिहान उठन ढिला भयो भने घण्टौ सम्म दिसा आए पनि भित्रभित्रै पचाएर बस्नु पर्छ ।ु
बर्षाद लागेपछि यहाँका सन्थालहरुले दिसा गर्नलाइ धेरै सास्ति बेहोर्नु परेको छ भने थुप्रै संघर्ष पनि गर्नु पर्ने हुन्छ ।
खोलामा बाढी आउने र खेतबारीपनि हिलो हुने भएकाले दिसा गर्नलाइ समस्या हुने गरेको निकोलाश टुडुले बताउनु भयो ।
केहि बर्ष अघि सम्म हिउदमा भने सतारहरुलाइ दिसा गर्न समस्या हुन थिएन भने अहिले खेतबारि कहिल्यै खालि नहँुदा बाहै मास समस्या भएको छ ।
केहि बर्ष अघि सम्म सबैको खेतबारी खालि हुने भएकाले दाँउ हेरेर जसको पनि खेतबारीमा दिसा गरिदिने गर्थे भने अहिले गाँउगाँउमा बिजुली पुगेपछि मोटर गाडेर खेतमा सिचाइ हुन थालेपछि अर्काको खेतमा उनिहरु पस्न पाउदैनन ।
बिरामि नहुँदा त जसोतसो उनिहरु दिसा पचाएर या त ओल्टेकोल्टे फेरेर मानिस आवत जावत नभएको मौका पर्खेर दिसा गर्ने गर्छन तर पखाला लागेको बेला र पेट दुख्दा भने उनिहरु मर्नु न बाँच्नुको अवस्थामा पुग्ने गरेका छन ।
सतारहरुको बिशेषता भनेको एकै ठाँउ झुरुप्प बनेर बस्नु हो ।उनिहरु प्राय झरुप्प भएर नै बस्ने गर्छन ।घर आँटने मात्र जग्गा जमिन मात्र भए पनि उनिहरु यसरि नै बस्ने भएकाले शौचालय निर्माणका लागि उनिहरु संग जमिन समेत हुँदैन ।
सन्थाल महिला अगुवा फुलमणि हेमरमका अनुसार धेरैको शौचालय निर्माणको लागि जमिन छैन भने कतिपयले आर्थिक अभाबले गर्दा शौचालय नबनाएका हुन ।
उहाँले गाबिसका कर्मचारीको भनाइ उद्र्धत गर्दै भन्नु भयोुपहिले सतारका लागी शौचालय निर्माणका लागि पैसा आएको र शौचालय बनाएर त्यसमा दाउरा राखेकाले बजेट नपरेको हो ।ु
गाबिसमा बारम्बार बजेट माग्न जाँदा समेत आदिबासिलाइ आएको बजेट सकिएको भन्दै आफुहरुले भनेर पठाउने गरिएको हेमरमले बताउनु भयो ।
झापा र मोरङमा मात्र बसोबास रहेका सन्थाल अर्थात सतार सोझो ंएबं सिधा जातिको रुपमा रहेकाु छ ।
राज्यको उपेक्षा र गरिबिका कारण यो जाति दिनप्रतिदिन भारत तिर पलायन बन्दै गइरको छ ।

No comments:

Post a Comment