Sunday, April 3, 2011

सामुहिक रुपमा बन्दुक भाँचीयो

हरेक औपचारीक कार्यक्रमहरु बिधिवत उदघाटन गरेर मात्र शुरु हुन्छ ।sुनै कार्यक्रम प्रमुख अतिथिको हातबाट रिबिन काटेर शुरु गरिन्छ त कुनै कार्यक्रम मैन बत्ति तथा दिप प्रज्वलन गरेरे शुरुवात भएको संकेत गरिन्छ ।
शनिबार झापाको बिर्तामोडमा जेसिजले आयोजना गरेको एउटा कार्यक्रममा भने एउटा नयाँ र नौलो उदघाटन बिधि अपनाइयो ।
राजनैतिक दलका जिल्ला स्तरका नेताहरुको बाक्ल्ौ उपस्थिति थियो भने सभाषद सामाजिक अगुवानागरिक समाजका प्रतिनिधिहरुको पनि निक्कै भिडभाड रहेको थियो र सबैलाइ चासो थियो कसले कार्यक्रम उदघाटन गर्ला भनेर ।
कार्यक्रम उदघोषकले कार्यक्रम उदघाटन गर्ने बेला भएको बताइरहदा त्यहाँ रिबिन त थिएन नै मैनबत्ति तथा दिप प्रज्वलन गर्नका लागि पनि कुनै सामाग्री र संकेत समेत थिएन ।
एक्कासि एउटा लामो बन्दुक ल्याइयो र त्यही बन्दुक भाँचेर उदघाटन गरिन लागेको कार्यक्रम उदघोषकले बताएपछि कार्यक्रममा सहभागीहरु एक छिन सबै अलमल्ल परे ।
सामुहिक रुपमा यहि बन्दुक भाँचेर कार्यक्रमको बिधिवत उदघाटन गर्न भन्दै दमक जेसिजका अध्यक्ष सुवासचन्द्र भट्टराइ बन्दुक लिएर माचमा देखा पर्नु भयो ।
माचमा रहेका अतिथिहरुले सामुहिक रुपमा बन्दुक भाँच्दा त्यहाँ भित्रबाट एउटा मुरिलो निस्कियो ।
तत्कालै दमक जेसिजका अध्यक्ष सुवासचन्द्र भट्टराइले बन्दुककाु नालबाट बाँसुरी बजाउन थाल्नु भयो र बन्दुक नक्कली भएको बताउनु भयो ।
ुसत्ता होइन संबिधान देउदलगत स्वार्थ होइन राष्ट्र बचाऊभन्ने मुल नाराका साथ आयोजना गरिएको दबाब मुलका कार्यक्रको यसरि उदघाटन गरिएको हो ।
यस बारेमा स्पष्ट पार्दै भट्टराइले बन्दुकको नालबाट बाँसुरी बजाउन त सकिन्छ भने संबिधान निर्माण गर्न पनि सकिन्छ भन्न देखाउन खोजिएको बताउनु भयो ।
जनता बन्दुक पडकिएको सुन्न चाहादैनन र बन्दुकको गोली नभएर बाँसुरीको शान्तिपुर्ण धुन सुन्न्ा चाहान्छन भन्ने यस कार्यक्रमले सन्देश दिन खोजेको समेत बताइएको छ ।


सभाषद एबं काँग्रेस नेता शोभाकर पराजुलीएकिकृत नेकपा मावोबादीका झापा जिल्ल्ाा इन्चार्ज झलक िसंह दर्लामीनेपाली काँग्रेसका निबर्तमान जिल्ला सभापति सुधिरकुमार शिवाकोटीनेकपा एमालेका जिल्ला अध्यक्ष रबिन कोइरालाको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा कार्यक्रममा बोल्दै सभाषद तथा नेपाली काँग्रेसका नेता शोभाकर पराजुलीले हतियार मोहका कारण बाधा उत्पन्न भएको चर्चा गर्दै सबै जनता निशस्त्र नभएसम्म संबिधान निर्माणको अन्योलता कायम नै रहने जनाउनु भयो ।
बन्दुकका गोलीबाट जनता आजित बनिसकेकोले अब देशमा फेरी गोली चल्ने र निर्दोष मान्छे मारिने घटना नदोर्याउने बातबरण तयार गर्न नसकिए जनताले कहिल्यै माफ नगर्ने कार्यक्रममा सहभागीहरुले बिचार राखेको थिए ।

No comments:

Post a Comment