कोचिला राज्य स्तरिय कार्यकर्ता प्रशिक्षणका लागी झापाको दमक आउने बताउनु भएका प्रचण्ड चौधो पटक पनि कार्यक्रम स्थगन गरेर नआएपछि कार्यकर्ताहरु रुष्ट बनेका छन ।
कार्यकर्ता प्रशिक्षणका लागि एकिकृत नेकपा मोवोबादीका अध्यक्ष फष्पकमल दाहाल ुप्रचण्डु आउने भनेर चारै पटक अन्तीम तयारी भएको थियो ।
अन्तीम समयमा आएर कार्यक्रम स्थगित हुँदै आएको र यसले कार्यकर्ताम्ाा निराशा पैदा गरेको मोवाबादीका एक जिल्ला नेताले बताउनु भयो ।
शुरुमा गएको चैत २१ गते शहिद दिवशको दिन उहाँ सुखानी आएर यतै बसि २२ र २३ गते दमकमा प्रशिक्षणमा सहभागी हुने कार्यक्रम बनेको थियो ।
यसका लागी तयारी सम्पन्न भइसकेपनि र कार्यकर्ताहरु झापा आउन थालेपनि अन्तिममा कार्यक्रम स्थगित भएको बताइएको छ ।
त्यसपछि पुन चैत २७ गते प्रचण्ड आउने भनेर कार्यकर्ताहरुलाइ सर्कुलर गरिएको र यसका लागी पनि तयारी भएको थियो ।
प्रशिक्षणमा सहभागी हुन आउने कार्यकर्ताहरुले २६ गते अबेर कार्यक्रम स्थगित भएकॊ सुचना पाएका थिए ।
त्यसपछि प्रचण्ड सहितका पार्टीका बरिष्ठ नेताहरु चैतको २९ गते आउने तय भएकोमा यो पनि अन्तिममा आएर रोकिएको थियो ।
नयाँ बर्षको शुभकामना पुर्वमा साटासाट गर्न बैशाख १ गते झापाको दमक आउने र २ गते शुक्रबार देखि प्रशिक्षण शुरु हुने जनाइए पनि राष्ट्रिय राजनितीका कारण उहाँ आउन नसक्नु भएको र फेरी कार्यक्रम रोक्नु परेको एकिकृत नेकपा मावोबादी कोचिल्ाा राज्य समितीका सचिबालय सदस्य गगन पुरीले बताउनु भयो ।
मन्त्री परिषदले पुर्णता पाएपछि मात्र अबको कार्यक्रम तय हुने र मन्त्री परिषदले पुर्णता नपाएको र त्यसका लागी छलफल गर्नु पर्ने भएकाले दाहालको कार्यक्रम सरेको पुरीले बताउनु भयो ।
यता मोवाबादीका कोचिला समितीकै अर्का एक सदस्यका अनुसार मावोबादी भित्र देखिएको बिभिन्न धारका कारण बारम्बार अन्तिम समयमा कोचिला क्षेत्र स्तरिय प्रशिक्षण कार्यक्रम स्थगन भएको हो ।
बाबुराम पक्षधर कार्यकर्ताहरु हाबी हुन सक्ने संकेत पाएका कारण दाहाल समस्यामा परेर कार्यक्रम स्थगन गर्न बाध्य बन्ने गरेको ती सदस्यले बताउनु भयो ।
यता एकिकृत नेकपा मावोबादीका जिल्ला इन्चार्ज सन्देशले कार्यकर्ताहरुले गुनासो गर्ने ठाँउ रहेको बताउदै मन्त्री परिषदमा जानेहरुको टुङ्गो लगाउनु पर्ने भएकाले पार्टी अध्यक्ष दाहाल आउन नसक्नु भएको जानकारी दिनु भयो ।
पाटी भित्र बिचारको संघर्ष रहेको सबै सामु आइसकेको र धारका कारण यो कार्यक्रम बारम्बार स्थगित भएको भन्नुमा कुनै सत्यता नरहेको उहाँको भनाइ रहेको छ ।
झापाको दमकमा रहेको रेडक्रस भवनको सभाहल मावोबादीले ुबुकुगर्दै त्यसको मिति सार्दै आएका छन ।
झापामोरङ्ग र सुनसरी जिल्ल्ााका जिल्ला स्तरका सबै नेता र राज्य समितीका सदस्यहरु गरेर एक हजार दुइ सय भन्दा बढी नेता कार्यकर्ता प्रशिक्षणमा सहभागी हुने जनाइएको थियो ।
मावोबादी अध्यक्ष दाहालबरिष्ठ उपाध्यक्ष मोहन बैद्य र बाबुराम भट्टराइ तीनै जना नेतालाइ बोलाइएपनि दाहाल आउने भने पक्कापक्की रहेको कार्यकर्ताहरुमा सर्कुलर गरिएको थियो ।

No comments:
Post a Comment