के तपाईं इन्धनका रूपमा दाउराकै प्रयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ र तपाईंका निम्ति सम्भव छ भनें दाउराको प्रयोग गर्न छाड्नु नै तपाईंका निम्ति वेश हुनेछ । झण्डै दुई महिना अघि मात्र कोपेनहेगेन विश्वविद्यालयका अनुसन्धाताको एउटा टोलीले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा इन्धनका रूपमा दाउराको प्रयोग स्वास्थ्यका दृष्टिले अत्यन्तै खतरनाक भएको निष्कर्ष निकालिएको छ ।
दाउरा बाल्दा उत्पन्न हुने धूँवा र आँखाले समेत नदेखिने खालका कणले मानव स्वास्थ्यलाई दीर्घकालसम्म असर पार्ने सो प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा यसबाट खासगरी मानिसमा क्यान्सर, फोक्सोको समस्या र मुटु रोगको जोखिम बढ्नसक्ने सम्भावना औँल्याइएको छ । अनुसन्धाता एवं सो विश्वविद्यालयका प्राध्यापक स्टेफन लˆट भन्छन्- दाउरा वा काठको चुल्हो प्रयोग गर्दा त्यसबाट निस्कने धँूवा वा स-साना कणबाट सोझै मानिसको फोक्सो प्रभावित हुन्छ जसको परिणाम स्वरूप मुटु रोग, फोक्सोको समस्या वा क्यान्सरजस्तो डरलाग्दो रोग झेल्नुपर्ने हुनसक्छ । "सम्भव छ भने तपाईं दाउराको प्रयोग छाड्नुहोस्, यदि हैन भने सुख्खा दाउराको प्रयोगमा मात्र जोड दिनुहोस् जसबाट धूँवा कम आउछ" प्रोफेसर लˆटले प्रतिवेदनमा आˆनो भनाई राख्दै लेखेका छन् ।
पछिल्ला दिनहरूमा तेल, ग्यास र विद्युत्को मूल्य चर्को ढङ्गबाट बढेपछि बेलायतलगायत केही युरोपेली मुलुकमा काठको चुल्होको प्रयोग बढ्न थालिरहेको अवस्थाबीच यो प्रतिवेदन सार्वजनिक भएको छ । यसअघिको एउटा अनुसन्धानले भने गाडी र कोइलाबाट निस्कने धूँवा मात्र मानव स्वास्थ्यका लागि प्रतिकूल हुने जनाएको थियो ।

No comments:
Post a Comment