Monday, April 18, 2011

एक आपसबाट रकम जुटाएर राष्ट्रिय प्रतियोगीताको तयारी


त्यसै पनि गाँउ घरमा ठुला खेलकुदका प्रतियोगीताहरु कमै मात्र आयोजना हुने गर्छन ।बिशेष गरि वडा स्तरिय गाँउ स्तरिय र जिल्ल्ाा स्तरिय सम्मका खेलहरु हुने गर्छन र यो भन्दा ठुला खेल प्रतियोगीताहरु बिरलै मात्र हुने गरेका छन ।
सरकारी निकायहरुको अनुदान र प्रायोजकको अभाब भएका ठाँउमा त यस्ता प्रतियोगीताहरु गर्न झनै समस्या हुने गरेको पाइन्छ ।
दृढ रुपमा लाग्ने हो र स्थानीय युवा एक हुने हो भने जस्तो सुकै खेल प्रतियोगीता पनि गाँउमा गर्न सकिन्छ भनेर लखनपुर २ मंगलबारेका युवाहरुले देखाएका छन ।
सुगुन युवा क्लब मार्फत बर्षेनी एस।वाइ।सी च्यालेन्जकप प्रतियोगितको आयोजनाको माध्यमबाट यहाँका युवाहरुले यस क्षेत्रको एउटा बेग्लै पहिचान निर्माण गरेका छन ।
खेलकुदको क्षेत्रमा बर्षेनी करौडौ रुपिया खर्च भइरहेपनि यहाँ एक रुपिया पनि सहयोग राज्य स्तरबाट नभए पनि बिगत आठ बर्ष देखि निरन्तर रुपमा वडाजिल्ला र क्षेत्रिय स्तरको भलिबल प्रतियोगीता हुदै आएको छ ।
क्लबका पुर्व अध्यक्ष प्रमोद दाहालका अनुसार प्रतेक बर्ष क्लबका पदाधिकारी र स्थानीय क्षेत्रका खेलप्रेमीहरु संग रकम उठाएर नै यो प्रतियोगीता गराइदै आएको छ ।
प्रतेक बर्ष यहाँ हुने भलिबल प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु समेत आउने भएकाले हजारौ दर्शकको समेत उपस्थिति रहने पनि गरेको छ ।
दाहालका अनुसार प्रायोजक र सरकारी निकायबाट सहयोग मागीएपनि गाँउमा प्रतियोगीता गर्न कसैले रकम नदिने गरेको र आँफु आफुले एक आपसमा रकम उठाएर प्रतियोगितालाइ बर्षेनी स्तरउन्नति गरिदै लगिएको छ ।
वडागाँउजिल्ल्ाा र क्षेत्रिय स्तरको हुँदै आठौ एस।वाइ।सी। च्यालेन्ज कप २०६८ मा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गर्ने तयारी भएको प्रतियोगीता मुल आयोजक समितिका संयोजक नित्यानन्द ताजपुरीयाले बताउनु भयो ।
राष्ट्रिय स्तरका भलिबल टिमहरुको सहभागीता जुटाउनका लागि समिती निर्माण गरेर काम शुरु गरिएको बताउदै यसका लागि क्लबका सदस्य र गाँउघरमा नै सहयोग जुटाउन शुर गरिएको उहाँले बताउनु भयो ।
तेह् वटा समुह सहभागी हुने र राजधानी लगायत देशका बिभिन्न जिल्लाबाट भलिबल टिम आउने भएकाले यस बर्ष खर्च पनि बडने भएकाले आयोजकालाइ पिरलो पनि थपएिको छ ।
यो पिरलो हल गर्नका लागी बिगतमा बर्ष भन्दा यो बर्ष क्लबका सदस्यहरुबाट बडि रकम उठाँउन शुरु गरिएको र रकम अपुग भंएको अवस्थामा भाग लगाएर अझै उठाउने निर्णय भएको क्लबले जनाएको छ ।
खेलकुद आयोजक समितीका उपाध्यक्ष गणेश आङदम्बेका अनुसार यहाँ आउने खेलाडीहरुलाइ बसोबास र खानका लागि होम स्टे को ब्यवस्था गरिने र यसको जिम्मेवारी समेत क्लबका पदाधिकारीले नै लिने निर्णय समेत भएको छ ।
क्लबका पदाधिकारी तथा भलिबल प्रतियोगीता आयोजक समितीका सदस्यहरुकै घरमा खेलाडीहरुलाइ स्वागतका साथ राखिने र ग्रामिण क्षेत्रमा पनि राष्ट्रिय खेल प्रतियोगिता राज्यको सहयोग बिना नै स्ाम्भब छ भन्न्ो क्लबले देखाउने छ ।
बैशाख दश गते देखि लखनपुरको मंगलबारे बजारको खाली स्थानमा हुने भलिबल प्रतियोगितामा बिगतमा भन्दा पुरुस्कारको राशि समेत बडाइएको छ ।
प्रतियोगीतामा प्रथम स्थान हासिल गर्नेले नगद चाल्ाीस हजार र प्रमाणपत्र तथा ट्रफी पाउने र दोश्रो स्थान हाँसिल गर्नेलाइ बिस हजार नगद र ट्रपीु प्रदान गरिने तयारी भएको छ ।
अन्य बिभिन्न पुरुस्कारहरु समेत राखिएको र खेल सम्पन्न गर्नका लागि करिब पाँच लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगीता मुलआयोजक समितीका सचिब रोशन दाहालले बताउनु भयो ।
प्रतियोगीता मुल आयोजक समितीका संयोजक नित्यानन्द ताजपुरीयाले पुर्वमा र सम्भवत नेपालमा नै पहिलो पटक स्थानीय युवाहरुको आफनै सकृयतामा प्रायोजक र सरकारी सहयोग बिनानै यति ठुलो प्रतियोगीता गराउन लागेको यो पहिलो हो ।
बिगतका बर्षहरुमा अन्तिम खेल हेर्नका लागि पाँच हजार भन्दा बढी दर्शक आएकोमा यो बर्ष यो संख्या दोब्बर हुने र यसै अनुसार खर्च समेत बडने कोशाध्यक्ष दिनेश दाहालको भनाइ छ ।
क्लबका पदाधिकारीप्रतियोगिता मुलआयोजक समितीका सदस्यक्लबका पुर्व पदाधिकारीसल्लाहकारहरु र स्थानीयबासिहरु संग सहयोग जुटाउन शुरु गरिएको दाहाललले जानकारी दिनु भयो ।

No comments:

Post a Comment