Friday, April 22, 2011

९१ लाख फिर्ता गर्ने अनुजा प्रहरी अनुसन्धानमा


देशमा इमान्दारीता संकट परिरहेका बेला अनुजा बानियाँले इमान्दारिता देखाएको चर्चा देशभरी छायो । देशैभरी अनुजा बानियाँको इमानको बखान छाइरहेका बेला सुनसरी प्रहरीले भने उनीमाथि अनुसन्धान सुरु गरेको छ ।

उनले बसमा भेट्टाएको ९१ लाख रुपैयाँ र हिराको हार फिर्ता दिएको दावी गरेकी छन् । तर पैसा फिर्ता लिने र प्रत्यक्षदर्सी नभेटिएकाले घटना कपोकल्पीत हुन सक्ने प्रहरीको शंका छ ।

२६ चैतमा इटहरीबाट धरान जाने बसमा अनुजाले पैसाको झोला भेटेको बताएकी छन् । घर पुगेर हेर्दा पैसा देखेपछि झोलाकै खल्तीमा भएको कागज हेरेर सम्बन्धीतलाई फोन गरेको उनको दावी छ । अनुजाका अनुसार पैसा हराएपछि सिधै काठमाडौ आएका पुरुषोत्तम पौडेल पाँच दिन पछि धरान पुगेर पैसा बुझी फर्किएका थिए । तर समाचार यति धेरै फैिलंदा पनि पौडेल सम्पर्कमा छैनन् । उनको फोन नम्बर समेत गल्तीवश डिलेट भएको अनुजाको भनाइ छ ।

‘कोही व्यक्ति ९१ लाख रुपैयाँ बोकेर बसमा िहंड्नु र झोला छाडेर जानु आफैमा आश्चर्य हो’- इलाका प्रहरी कार्यालय धरानका डिएसपी दीपक रेग्मीको भनाइ छ । ‘फेरि त्यति धेरै पैसा हराएपछि प्रहरीमा उजुरी गर्नुपर्ने हो तर सम्बन्धीतले पैसा हराएको पाँच दिन सम्म पनि उजुरी गरेको देखिएको छैन ।’ फेरि बसमा कसैले बिर्सेर गएको करिव २० किलोको झोला उठाएर घर जानुलाई पनि प्रहरीले शंकास्पद भनेको छ । तर अनुजाले आजभोलि प्रहरीको इमान विग्रदै गएकोले पैसा आफूले चौकीमा नदिई घर लगेको बताएकी छन् ।

अनुजाले पत्रकारहरुलाई दिएको विवरण अनुसार पौडेलले २६ चैत र त्यसको आसपासमा पुरुषोत्तम पौडेलको नाममा काठमाडौ र धरानबाट कुनै कारोबार नभएको तथ्य फेला परेको छ । आइएमईबाट एउटै व्यक्तिले त्यति धेरै पैसा निकालेको थियो भन्ने समाचार आएपछि आइएमइका कार्यकारी निर्देशक योगेश्वर ढकालले अनुसन्धान गरेका थिए । उनका अनुसार त्यस्तो नाममा कुनै कारोबार भएको छैन । इटहरीबाट अरु कुनै व्यक्तिका नाममा पनि त्यो दिन ९१ लाखको कारोबार भएको छैन फरक फरक नामबाट धेरै पैसा निकालेको भए फरक कुरा हो- ढकालको भनाई छ ।

पैसा फिर्ता दिने प्रचारमा आइरहे पनि फिर्ता पाउने कतै नदेखिएको जिल्ला प्रशासनले शंका व्यक्त गरेको छ । विहिबार नै प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले घटना साँचो हो कि मनगढन्ते हो भनेर अनुसन्धन गर्न धरानका डिगएसपी रेग्मीलाई निर्देशन दिएका थिए ।

रेग्मीले विहिबार विहान फोन गरेर अनुजालाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय आउन भनेका थिए । तर अनुजाले पछि फोन गरेर आज आउन सकिन शुक्रबार आउँछु भनेकी छन् ।

प्रहरीले बोलाउँदा पनि नआएको खबर पाएपछि प्रजिअ थपलियाले विहिबार साँझ आफैले अनुजालाई फोन गरेका थिए । हेर नानी तिमीले साँचो बोलेको हो भने त धेरै महान काम गर् यौ त्यसको सम्मान पनि पाउनु पर्छ तर झूट बोलकी रहेछौ भने फँस्छौ है । उनले अनुजालाई भने र तर जवाफमा अनुजाले आफूले साँचो नै बोलेको दावी गरेको थपलियाले बताएका छन् ।

No comments:

Post a Comment