Thursday, May 12, 2011

छोरीलाई नर्स बनाउने रहर


के ही वर्षसम्म छोरी बिग्रे नर्स अनि छोरा विग्रे कमर्स पढ्छन्' भन्ने गरिन्थ्यो तर, हिजोआज परिस्थितिले छुट्टै मोड लिइसकेको छ । अहिले प्राय अभिभावकको चाहना ऋण गरेर भए पनि छोरीलाई नर्स बनाउने हुन्छ भने छोरीहरूको रूचि पनि नर्सिङ पढ्ने हुन्छ । अन्य विषयको तुलनामा नर्सिङ पढेपछि स्वदेश तथा विदेशमा रोजगारी पाउन धेरै सहज छ । त्यसैले यसतर्फ धेरै छोरीहरूको आर्कषण बढेको छ ।

एसएलसीको प्राप्ताङकबमोजिम छनोट प्रक्रियाबाट राखिने र छनोटमा नपरेका छात्रा वषौँसम्म प्रयास गरेका हुन्छन् । स्वदेशमा मात्र रोजगारी अवसर नभई विदेशमा पनि राम्रो अवसर पाइने भएकाले नर्स पढाईप्रति धेरैको आकर्षण बढेको हो । ओखलढुङ्गाकी बृन्दा शर्मालाई १४ वर्षर्अघि नर्स बन्नुपर्छ भन्दा नौलो लाग्थ्यो । परम्परावादी रूढीवादी सामाजिक दृष्टिकोण र अस्पतालमा काम गर्दा आइपर्ने चुनौतीका कारणले नर्सिङ विषय पढ्न उहाँलाई निकै सङ्र्घर्ष गर्नु परेको थियो । प्राविधिक शिक्षा तथा व्यवसायीय तालिम परिषद्

-सिटिभिटी) बाट मान्यता प्राप्त मेडिकल कलेज विराटनरमा तीन वर्षे नर्सिङ कोष गर्नु भएकी शर्मालाई अध्ययनपछि जागिर पाउन खासै कठिनाइ भएन । तत्कालीन अवस्थामा नर्सिङ पढ्नेहरू निकै कम हुने भएकाले पढाई सकिना साथ उहाँलाई शिक्षण अस्पताल महाराजगञ्जबाट काम गर्ने अफर आएको थियो । विगत १० वर्षदेखि शिक्षण अस्पतालमा नर्स भएर बिरामीको सेवा गदैँ आउनु भएकी शर्मा नर्सिङ पेसालाई बिरामीको सेवा गर्ने सम्मानित र निस्पक्ष सेवामूलक काम भन्न बढी रूचाउनुहुन्छ ।

नेपालमा केही वर्षयता नर्सिङ् पढ्नेहरूका लहर निकै बढेर गएको छ र मेडिकल कलेजको सङ्ख्या पनि त्यही अनुपातमा बढेका छन् । तर, त्यो उत्पादित जनशक्तिलाई स्वदेशमा रोजगारी पाउने वातावरण बनेको छैन । विकसित मुलुकहरूमा नेपालमा नर्सिङ् पढ्नेहरूले पनि रोजगारीको राम्रो अवसर पाउने गरेका छन् । त्यसै कारण धेरै छोरीहरूले लाखौँ खर्च गरेर भए पनि नर्सिङ पढ्ने गरेका छन् ।

नर्सिङ्मा अध्ययनरत पर्वतकी शर्मिला पौडेल, पोखराकी इन्दिरा गुरूङ् र काठमाडौँकी अनुजा अचार्यको इच्छा तीन वर्षे नर्सिङ कोष पढेपछि विदेश जाने रहेको छ । उहाँहरूलाई नेपालमा काम गर्ने सहज वातावरण बन्छ भन्ने कुरामा पटक्कै विश्वास लाग्दैन । स्टार्फ नर्स पढेकै विदेश जानलाई हो नेपालमा जागिर खान त राजनीतिक र ठुला पदमा रहेका व्यक्तिको भनसुन -सोर्सफोर्स) चाहिन्छ आफ्नो कोही छैन शर्मिलाले भन्नुभयो । नर्सिङ् पढ्नेहरूलाई अस्टे्रलिया, अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा राम्रो सम्भावना छ भन्ने कुरा सुनेर स्टाफ नर्स पढ्न सुरू गरेकी शर्मिलाले नेपालमा आफ्नो भविष्य छ भन्ने कुरामा पटक्कै विश्वास गर्नुहुन्न ।

शर्मिला, किरण र अनुजा त प्रतिनिधि पात्र मात्र हुन् । उहाँहरू जस्ता धेरै नर्स पढेकाहरूको अवस्था यस्तै छ । पछिल्ला वर्षहरूमा नर्सिङ् पढेका मात्र होइन नेपालबाट चिकित्सा विषय अध्ययन गरिसकेकाहरू पनि विदेश पलायन हुने क्रम निकै बढेर गएको छ । नेपालमा सरकारी वा निजीस्तरबाट सञ्चालित दर्जनाँै मेडिकल कलेजले वाषिर्क झण्डै पाँच हजार भन्दा बढी स्टाफ नर्स तयार गर्ने गरेका छन् । यो सङ्ख्या वर्षेनी बढदै गएको छ । तर, उत्पादनको त्यो ठूलो हिस्सा अहिले मुलुकभित्र छैन् । भएकाहरूमध्ये धेरैजसो सहर बजार केन्द्रीत हुन खोजेका कारण कतिपय बेरोजगार छन् । यही बीचमा स्वदेशका विकट र दुर्गम गाउँ ठाउँका अस्पतालमा गएर गरिब जनताको सेवा गर्न चाहनेहरूले पनि नर्सिङ पढेका छन् । यस्तैमध्येकी एक प्रतिनिधि पात्र हुनुहुन्छ काठमाडौँकी यनु जोशी । उहाँ आल अल्का अस्पताल अन्तरगतको मेडिकल कलेजमा तीन वर्षे नर्सिङ कोर्षको तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । नर्सिङ पढेर स्वदेशमा रोजगारीको अवसर छैन भनेर विदेश जानका लागि मात्र पढ्ने हो भन्नेहरूको कुराप्रति उहाँ निकै असन्तुष्ट देखिनुहुन्छ ।

नेपाल नर्सिङ परिषद्को पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हालसम्म १४ हजार ७७ जना स्टाफ नर्स उत्पादन भइसकेका छन् भने अ.न.मी १६ हजार २८३ जना तयार भइसकेका छन् । हालसम्म एक सय तीन -१०३) वटा संस्थाले तीन वर्षे नर्सिङ विषय अध्ययापन गराउने मान्यता लिइसकेका छन् भने विएस्सी नर्सिङका लागि २५ वटा, विएनका लागि १९ वटा, मास्टर अर्फ नर्सिङका लागि ४ वटा र अनमीका लागि ४८ वटा कलेजले मान्यता लिइसकेका छन् ।

नेपालबाट विभिन्न मुलुकमा रोजगारीका लागि जाने नर्सहरूको सङ्ख्या झण्डै तीन हजार जना रहेको परिषद्ले जनाएको छ जसमध्ये नर्सिङ् परिषद्बाट अमेरिका, क्यानडा, अष्टे्रेलिया र अन्य युरोपेली देशहरूमा दुई हजार ८५० जनाले स्वीकृत लिएर गएका छन् भने बेलायत दूतावासबाट मात्र स्वीकृत लिइ एक सय जना नर्स विभिन्न मुलुकमा गएका छन । विदेशबाट आई नेपालका विभिन्न सरकारी वा निजी अस्पतालमा कार्यरत स्टार्फ नर्सको सङ्ख्या ६३८ जना रहेको छ ।

नेपालमा झण्डै एक दशकदेखि नर्सिङ पढ्नेहरूको सङ्ख्या हृवात्तै बढेर गएको बताउँर्दै परिषदका रजिष्टार जानकी केसी भन्नुुहुन्छ- 'नर्सिङ पेसाप्रति अहिले सामाजिक र पारिवारिक दृष्टिकोण सकारात्मक रूपमा बदलिर्दै गएको छ र विदेशमा पनि सहजै रोजगारी पाउने भएकाले नर्सिङ पढाइप्रति रूचि बढेको हो ।'

राज्यले ठूलो लगानी गरेर उत्पादन गरेका स्वास्थ्य जनशक्तिलाई मुलुकभित्र काम गर्ने वातावरण बनाउन सरकारले नसक्नुको कारण असुरक्षा र प्रोत्साहनको अभाव हो भन्नुहुन्छ परिषद्की रजिष्टार केसी । स्वास्थ्य जनशक्तिको पलायन बढ्नु दीर्घकालीन रूपमा स्थास्थ्य सेवाको विकास र सेवालाई विकेन्द्रीकरण गर्ने कुरामा लागि राम्रो सङ्केत नभएको बताउँदै उहाँले भन्नुभयो -मुलुकको अस्थिर राजनीतिक व्यवस्था, कमजोर सामाजिक, आर्थिक परिस्थिति योग्य र सक्षम स्टाफ नर्स विदेश पलायन हुनुको प्रमुख कारण हो ।

बेरोजगारहरूलाई रोजगारीको वातावरण बनाउने र विदेशमा मात्रै आफ्नो भविश्य छ भन्ने मनस्थितिमा परिवर्तन ल्याउन अहिलेको स्वास्थ्य संरचनामा सुधार ल्याउनु जरूरी छ रजिष्टार केसीले थप्नुभयो ।

उपचारका लागि कि काठमाडौँ जाउ कि मर भन्ने परिस्थिति अन्त्य गर्न जिल्ला तथा गाउँ टोलमा रहेका अस्पताल र स्वास्थ्य चौकीहरूलाई उपकरण सम्पन्न बनाउनुपर्ने, स्वास्थ्य क्षेत्रलाई भागवण्डा र राजनीतिकमुक्त गरी निश्पक्ष सरूवा बढुवा वृत्तिविकासको व्यवस्था गर्नुपर्ने छात्रवृत्ति दिने कुरालाई पारर्दशी बनाउनुपर्ने उहाँको भनाइ छ ।

रजिष्टार केसीका अनुसार पहिला नर्सिङ पढ्नलाई अहिले जस्तो सहज वातावरण थिएन, नर्सिङ पढेकी छोरीलाई समाजले हेर्ने दृष्टिकोण गलत थियो । तर, त्यो परिस्थितमा अहिले निकै परिवर्तन आएको छ ।

उहाँको अनुभवमा पछिल्लो समयमा नर्सिङ पढेर जागिरै खानुपर्छ भन्नेहरू मात्रै छैनन् यो विषय हरेक मानिसको स्वास्थ्यसँग सम्बन्धित भएकाले घरपरिवारको स्वास्थ्य अवस्थालाई सन्तुलन राख्नका लागि पनि नर्सिङ प्रत्येक गृहिणीले जान्न अनिवार्य भएको पनि भन्न थालिएको छ ।

मुख्य त स्वदेश तथा विदेशमा रोजगारीको राम्रा अवसर भएकाले पनि आर्कषण बढेको हो, नेपाल नर्सिङ परिषदका पूर्व रजिष्टार दयालक्ष्मी बैद्यको बुझाइ छ । राम्रो पारिश्रमिक र सुरक्षित पेसाको रूपमा नर्सहरूले लिने गरेको उहाँको अनुभव छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् -सिटिभिटी) ले उत्पादन गर्ने सबै भन्दा बढी जनसक्तिमा स्टाफ नर्स पर्छ । यसले वर्षेनी झण्डै चार हजार जना स्टाफ नर्स उत्पादन गर्दछ । सिटिभिटीमा स्टाफ नर्स उत्पादनका लागि आङ्गिक र निजी क्षेत्र गरी ९४ वटा शिक्षालय छन् भने अनमीका लागि ४८ वटा शिक्षालय छन् । एउटा शिक्षालयको ४० जनाको भर्ना क्षमता हुन्छ । प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अञ्चल क्षेत्रीय शिक्षण अस्पताल तथा राष्ट्रियस्तरका अस्पतालमा पनि उत्तिकै यस्ता जनशक्तिको माग छ । विदेशी मुलुक अमेरिका, अस्टे्रलिया, वेलायत, क्यानाडा जस्ता विकसित देशमा पनि रोजगारीको अवसरका साथै वसाईसराई र उच्च अध्ययनको अवसर छ ।

पछिल्लो पाँच वर्षको बीचमा व्यावसायीक रूपमा सञ्चालित नर्सिङ कलेज निकै बढेका छन् जसको नियन्त्रणका लागि नेपाल नर्सिङ परिषद्ले आवश्यक प्रक्रिया थालनी गर्ने भएको छ । जसमा कलेज सञ्चालकहरूले परिषद्ले तोकिएको न्युनतम मापदण्ड पुरा गरेका छन कि छैनन् पढाईको गुणस्तरको बारेमा मुल्याङ्कन र अनुगमन गरी तिनैलाई अझै गुणस्तरयुक्त बनाउने पहल गर्ने परिषद्ले जनाएको छ ।

No comments:

Post a Comment