Thursday, May 12, 2011
नर्स कसरी बन्ने
सेवामुखी भावना छ, पेसाप्रति दत्तचित्त भएर लाग्ने इच्छा छ र आर्थिक आर्जनका विषयवस्तु गौण लाग्छन् भने तपार्इंका लागि नर्सिङ उपयुक्त पेसा बन्न सक्छ । रणमैदानमा छटपिइरहेका घाइतेहरूलाई उपचार गर्दै बा“च्ने आशा जगाइदिने इटालीकी फ्लोरेन्स नाइटिङ्गेल विश्वकै प्रथम नर्स हुन् । जसले 'लेडी विद द ल्याम्प'को उपाधि पाएकी छन् । आलो घाउमा मलहमपट्टी गर्न हरपल खटिने र निराश घाइतेहरूलाई जीवन दिने नाइटिङ्गेल एक उदाहरण मात्र हुन् । नर्सिङ चुनौतीपर्ूण्ा पेसा हो । आज नेपालमा नर्सिङ त्यत्ति नौलो विषय रहेन । दशकौं नर्सिङमा बिताएकाहरू, बिरामीको उपचारबाट पाएको आनन्दलाई नै जीवनको 'उपलब्धि' ठानेर सन्तुष्ट हुनुपर्ने बताउ“छन् ।
कसरी पढ्ने -
एसएलसी उत्तर्ीण्ाले प्रमाणपत्र तहको नर्सिङका लागि आवेदन दिन सक्छन् । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानमा आवेदन दिन न्यूनतम ५० प्रतिशत अंक ल्याएको हुनर्ुपर्छ । त्रिविअर्न्तर्गत महाराजगन्ज नर्सिङ क्याम्पसमा ६१ वटा कोटा पढाइन्छ । सहायक क्याम्पस प्रमुख राजदेवी अधिकारीका अनुसार राजधानीबाहिर ४५ कोटा छन् । ती कोटामा चर्को प्रतिस्पर्धा हुन्छ । प्रवेश परीक्षाका आधामा भर्ना लिइन्छ ।
यसैगरी, विभिन्न विश्वविद्यालयअर्न्तर्गत प्रमाणपत्र तहका लागि नर्सिङ क्याम्पस छन् भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् -सीर्टर्ीइभीटी)ले समेत नर्सिङ कलेज सञ्चालन सम्बन्धन दिएको छ । निजी नर्सिङ कलेजमा शुल्क मह“गो छ । तीनवर्षो कोर्सका लागि दर्ुइदेखि चार लाखसम्म लिन्छन् । सरकारीमा एकमुष्ट १ लाख १५ हजार रुपैया“ जति लाग्छ ।
कस्तो कलेज छान्ने -
स्रोतसाधन सम्पन्न, अनुभवी अध्यापक रहेको नर्सिङ क्याम्पस रोज्न उपयुक्त हुने अनुभवी सुझाव दिन्छन् । प्रयोगात्मक विषय भएकाले आफ्नै अस्पताल भएका नर्सिङ कलेज व्यावहारिक हुन्छ । कतिपय कलेजमा सामान्य पर्ूवाधारविना नै नर्सिङ पढाइ हुने गरेकाले विद्यार्थीलाई प्रयोगात्मक अभ्यासको कठिनाइ छ । 'नर्सिङ कोरा किताबी पढाइ होइन,' सह-प्राध्यापक तारा पोख्रेलले भन्छिन्, 'पछिल्लो समयमा बढेको विकृतिले तीन वर्षपढेर र्सर्ुइ घोच्न नसक्ने नर्स उत्पादन हुने खतरा छ ।' आफ्नै अस्पताल भएको, सुविधा सम्पन्न र नियमित बिरामीको अनुगमन गर्न सहज हुने नर्सिङ क्याम्पस छानेर पढ्न सके शैक्षिक क्षमता र व्यावसायिक दक्षता दुवै बढ्ने उनले सुझाइन् ।
अवसर र चुनौती के छ -
तीन वर्षा प्रमाणपत्र तह उत्तर्ीण्ा गरेकाहरू स्टाफ नर्स हुन योग्य मानिन्छन् । नेपालमा खपत हुने जनशक्तिको तुलनामा उत्पादन बढी भएकाले प्रतिस्पर्धा चर्को छ । केही महिनाअघि त्रिवि शिक्षण अस्पतालले ७० स्टाफ नर्स मागेकोमा झन्डै हजारजनाको आवेदन पर्यो । यसमा आधाजसो सरकारी नर्सिङ क्याम्पस पढेकाले अवसर पाए ।
सरकारी स्टाफ नर्सहरूले न्यूनतम मासिक १० हजार पा“उछन् भने मेट्रनहरूको तलब ४० देखि ८० हजारसम्म हुन्छ । केही निजी अस्पतालले चार महिनासम्म प्रशिक्षार्थीका रूपमा राखेर ६ हजार रुपैया“ मात्रै दिने गरेका छन् । चर्को प्रतिस्पर्धाका कारण सामान्य ढंगले उत्तर्ीण्ा हुनेलाई कामको अवसर गाह्रो छ । देशभर करिब २८ हजार नर्स छन् । प्रमाणपत्र तहको अध्ययन सकेपछि कम्तीमा दर्ुइ वर्ष'कार्यानुभव' हासिल गर्नुपर्ने प्रावधान छ । त्यसपछि उनीहरूले स्नातक -बीएन) अध्ययन गर्न सक्छन् । दर्ुइवर्ष बीएनको अध्ययनपछि प्रमाणपत्र तहमा अध्यापन गर्ने बाटोसमेत खुल्छ । धेरै स्टाफ नर्सहरू, बीएन गरेर निजी कलेजतिर आकषिर्त हुने प्रचलन बढेको जानकारहरूको भनाइ छ । स्नातकोत्तर तह पूूरा गर्नेले प्रतिस्पर्धाबाट छनोट हुन सके सोही तहमै अध्ययनसम्मको सुविधा पाउ“छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment