Friday, May 13, 2011
मिनेटमै रोग निदान
रोग परीक्षणको क्षेत्रमा चाँडै नै क्रान्तिकारी विधि प्रयोगमा आउने छ । केही मिनेटमै रोग निदान गर्न सक्ने स्वचालित माइक्रोचिप प्रयोगशाला परीक्षणमा खरो उत्रिएको छ । अमेरिकाको बर्कलेमा रहेको क्यालिफोर्निया विश्वविद्यालय, आयल्यान्डको डब्लिन सिटी विश्वविद्यालय तथा चिलीको युनिभर्सिडाड डी भाल्पाराएसोका अनुसन्धानकर्ताहरूको एक संयुक्त टोलीले बनाएको सो चिपले बाहृय रसायन वा उपकरणको सहयोग विना केही मिनेटमा रगत जाँच गर्न सक्छ । अनुसन्धान टोलीले चिपको नाम सिम्बास -एसआईएमबीएएस) राखेका छन् । जसको पूर्णरूप सेल्फ पावर्ड इन्टिग्रेटेड माइक्रोप\mल्युडिक ब्लड एनालाइसिस सिस्टम हुन्छ ।
चिपमा एक प्रयोशाला नै रहेको जानकारी दिँदै क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ता इभान डिमोभ भन्छन्- विश्वव्यापी स्वास्थ्य सेवामा यो निकै महìवपूर्ण उपलब्धि हो फिल्डमा काम गर्ने स्वास्थ्यकर्मीले एचआईभी वा क्षयरोगलाई एकै छिनमा पत्ता लगाउन सक्ने छन् । माइक्रोस्केल फिजिक्सको सिद्धान्तमा आधारित रहेर अनुसन्धानकर्ताहरूले चिप तयार पारेकोले प्रयोगशालामा घन्टौँ वा दिन लाग्ने परीक्षण मिनेटमा सकिने छ । यो परीक्षण सस्तो पनि पर्नेछ । माइक्रोस्केल विधिको उदाहरणको रूपमा रेड वाइन बनाउने समयमा आएको परिवर्तनलाई लिन सकिन्छ । परम्परागतरूपमा रेड वाइन थिगि्रन महिनौँ लाग्ने गरेकोमा माइक्रोस्केल विधिले केही मिनेट मै रेड वाइन थिगि्रन्छ ।
चिपको परीक्षणमा ९९ प्रतिशतभन्दा बढी रक्त कोष छुट्याएर प्लाज्मा बनाउन सकिएको जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment