Friday, May 13, 2011
ब्याक्टेरियाले पेट्रोलियम
ब्याक्टेरिया, सौर्य प्रकाश र कार्बनडायोक्साइडको प्रयोगबाट बनाइएको पेट्रोलियम इन्धनले भविष्यमा मोटर गाडी चल्ने छन् । पृथ्वीमा जैव इन्धन सकिँदै गैरहेको अवस्थामा त्यसको विकल्प खोज्न विभिन्न प्रयास भैरहेका छन् । सौर्य ऊर्जा, विद्युत् तथा प\mयुल सेललाई विकल्पको रूपमा हेरिए पनि यिनीहरूको प्रयोग सीमा छ । तर, अमेरिकाको मिनेसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले नयाँ विधिबाट पेट्रोलियम इन्धन बनाउने प्रयासमा आशा लाग्दो सफलता पाएका छन् ।
जेनिस प|mाइसको टोलीले ब्याक्टेरियाले उत्पादन गरेको प\mयाटी एसिडलाई किटोनमा रूपान्तरित गर्ने एक प्रोटिनको प्रयोग विधि रचना गरेको छ । यसरी प्राप्त किटोनबाट हाइड्रोकार्बन इन्धन बनाउन सकिन्छ । बायलोजिकल केमेस्ट्रीको अपि्रल अङ्कमा यस अनुसन्धान बारेमा जनाकारी दिइएको छ । ब्याक्टेरियाको प\mयाटी एसिडबाट प्राप्त किटोनलाई उत्प्रेरक प्रविधिको प्रयोग गरी डिजल बनाउने पद्धति पनि उनीहरूले विकास गरेका छन् ।
विश्वको जलवायु परिवर्तनमा मुख्य दोषी मानिएको कार्बनडाइअक्साइड ग्यासलाई उपयोगमा ल्याएर डिजल सरहको हाइड्रोकार्बन इन्धन बनाउनुलाई ठूलो उपलब्धि मानिएको छ । यस नवीकरणीय विधिले इन्धनको विकल्प दिनुका साथै वायुमण्डलमा कार्बनडाइअक्साइड घटाउनसमेत सहयोग पुग्ने छ ।
अनुसन्धान टोलीले कार्बनडाइअक्साइडबाट हाइड्रोकार्बन बनाउन प्रकाश संश्लेषण गर्ने ब्याक्टेरिया र हाइड्रोकार्बन उत्पादन गर्ने ब्याक्टेरियालाई एकसाथ प्रयोग गरेको छ । सौर्य प्रकाशमा साइनेकोकोकस ब्याक्टेरियाको प्रयोग गरी कार्बनडाइअक्साइडबाट चिनी बनाएपछि हाइड्रोकार्बन उत्पादन गर्ने सेवानेल्ला ब्याक्टेरियालाई त्यो चिनी खान दिइएको थियो । यसले अन्ततः हाइड्रोकार्बन बनायो । साइनेकोकोकस ब्याक्टेरियाले सौर्य प्रकाशमा कार्बनडाइअक्साइडसँग टाँसिएर त्यसलाई चिनीमा परिणत गर्दछ ।
हाइड्रोजन र कार्बनको संयोजनमा बन्ने हाइड्रोकार्बन जैव इन्धनको मुख्य अवयव हो । पृथ्वीमा प्राकृतिकरूपमा जैव इन्धन तयार हुन लाखौँ वर्षसम्म निरन्तर ताप र दबाव आवश्यक पर्छ । एक अनुमानअनुसार अब ५० वर्षमा प्राकृतिक जैव इन्धन सकिने छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment