शरणार्थी र स्थानीयहरु बिच बुधबार देखी जारी रहेको तनाबलाइ सामधान गर्न शुक्रबार बसेको सर्बपक्षिय छलफलले बिभीन्न बाह् बुदामा सहमती गरेर अबका दिनमा यस्ता कार्य कतैबाट पनि दोरीन नदिनका लागी प्रयास गर्ने पहल भएको छ ।
बेलडाँगी शरणार्थी शिबिरका युवा र स्थानीय युवा बिच भएको झगडामा दुइ शरणार्थी युवा इन्द्रबहादुर राइ र कुमार राइ घाइते बनेपछि शिबिर प्रभावित क्षेत्रका बासिन्दा र शरणार्थी बिच तनाब सिर्जना भएको थियो ।
शरणार्थी क्याम्प ब्यवस्थापन समितिले शरणार्थीलाइ शिबिर बाहिर निस्कन बन्देज गरेको र शिबिर बाहिरका बासिन्दालाइ समेत शिबिर पस्न नदिएको भन्दै तनाब सिर्जना भएको थियो ।
शरणार्थीहरुको एक समुहले सडकमा ढाट तेस्र्या्रएर आवत जावतमा रोक लगाउन खोजीएको भन्दै स्थानीयहरु यसको बिरोधमा उत्रिएका थिए ।
स्थानीयहरुले यहाँबाट शरणार्थी हटाउनु पर्ने या त शरणार्थीहरुले शरणार्थी सम्बन्धि अन्तराष्ट्रिय नियम पानला गर्नु पर्ने माग अघि सारेका थिए ।
यता शरणार्थीहरुले शिबिर भित्रका र बाहिरकालाइ प्रशासनले गर्ने ब्यवहार एउटै नभएको भन्दै शिबिर बाहिरका युवाहरुले शिबिर भित्रका युवालाइ निर्घात कुटदा पनि दोषिलाइ कार्बाहि नभएकाले बाध्य भएर क्याम्प आवतजावतमा शरणार्थीलाइ कडाइ गरिएको जनाएका थिए ।
दमकको हम्सेदुम्से सामुदायीक बनको ११७ हेक्टरमा बस्दै आएका भुटानी शरणार्थी शिबिरका शरणार्थीहरुले सामुदायीक बनका कर्मचारीहरुलाइ नै आवत जावतमा रोक लगाएपछि तनाब झनै बडेको थियो ।
स्थानीयहरुले बिहिबार यसको बिरोधमा दातृ निकायका सवारी साधन शिबिरमा पस्न समेत रोकेका थिए भने समस्या सामधानका लागी तत्काल पहल गर्न समेत माग अघि सारेका थिए ।
शुक्रबार बसेको सर्बपक्षिय छलफलले बिहिबार ढाँट लगाएर आवतजावतमा रोक लगाउने काम गलत भएकोमा क्याम्प ब्यवस्थापन समितिले गल्ति स्विकार गरेर यस्ता घटना नदोर् याउने शरणार्थी शिबिर भित्र पालीएका चौपाया एक महिना भित्र हटाउने सहमती भएको छ ।
यसैगरी शरणार्थीहरु जंगल प्रवेशमा रोक लगाउनेअपराधीक कार्यमा जो कोहि संलग्न भएपनि तत्काल कार्बाही गर्न सबैले सहयोग गर्नेबिग्रेड कोइलाको बिकल्प खोज्न संयुक्त राष्ट्र संघिय उच्च आयोगलाइ माग गर्नेशिबिर भित्र रहेका बधशाला हटाउनेक्याप्प भित्रको फोहोरमैला ब्यवस्थापनका लागी सम्बन्धित निकायको ध्यानकर्षण गराउने पनि प्रतिबद्धता जनाइएको छ ।
शरणार्थीहरुले पालना गर्ने नियमहरु र शिबिर प्रभावित क्षेत्रका बासिन्दाले पाउने सेवा सुबिधा तथा क्षतिपुर्तिका बिषयमा दातृ निकायले स्पष्ट पार्नु पर्नेशिबिर भित्र नयाँ टहरा बनाँउदा सामुदायीक बनसंग समन्वय गर्नु पर्ने लगायतका बुदाहरुमा सहमति भएको हो ।
दमक नगरपालीकाका कार्यकारी अधिकृत पशुपती खतिवडाइलाका प्रशासन कार्यलय दमकका प्रमुख यज्ञ आचार्यइलाका प्रहरी कार्यलय दमकका प्रमुख नबिन कार्कीहम्सेदुम्से सामुदायीक बनका अध्यक्ष महेन्द्रिसंह निरौला लगायतले तनाब सामधान गर्नका लागि प्रयास गर्नु भएको थियो ।
स्थानीय र शरणार्थी युवाहरु बिच भएको झगडाको बिषयले यो तनाब सिर्जना भएकोले घटनामा संलग्नहरुको ओजी भइरहेकाले प्रहरीले दोषीलाइ कार्बाहि गर्ने प्रतिबद्धता इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नबिन कार्कीले प्रतिबद्धता जनाउनु भयो ।
यसैगरी शरणार्थीहरुको तर्फबाट शरणार्थी नेता डा।भम्पा राइक्याम्म ब्यवस्थापन समिति बेलडागीका सचिब धनबिर सुब्बासहसचिब मनमायाँ राइ लगायतले यस्तो शिबिर र बाहिरका बासिन्दा बिच सम्बन्ध समुधुर बनाउन भएको सहमतिको पालना गर्ने सहमतिमा हस्ताक्षर गर्नु भएको छ ।
युएनएचसिआरशरणार्थी समन्वय इकाइ आइओएम लगायतका शरणार्थीमा काम गर्ने निकायका प्रतिनिधिहरु पनि छलफलमा सहभागी रहेका थिए ।
स्थानीयहरु हिमालय दाहालचन्द्र गरागाँइनारायण बराल लगायतले शरणार्थीका कारण स्थानीयहरुले भोग्नु परेको समस्याको बिषयमा छलफलमा राख्नु भएको थियो ।
Friday, April 22, 2011
९१ लाख फिर्ता गर्ने अनुजा प्रहरी अनुसन्धानमा
देशमा इमान्दारीता संकट परिरहेका बेला अनुजा बानियाँले इमान्दारिता देखाएको चर्चा देशभरी छायो । देशैभरी अनुजा बानियाँको इमानको बखान छाइरहेका बेला सुनसरी प्रहरीले भने उनीमाथि अनुसन्धान सुरु गरेको छ ।
उनले बसमा भेट्टाएको ९१ लाख रुपैयाँ र हिराको हार फिर्ता दिएको दावी गरेकी छन् । तर पैसा फिर्ता लिने र प्रत्यक्षदर्सी नभेटिएकाले घटना कपोकल्पीत हुन सक्ने प्रहरीको शंका छ ।
२६ चैतमा इटहरीबाट धरान जाने बसमा अनुजाले पैसाको झोला भेटेको बताएकी छन् । घर पुगेर हेर्दा पैसा देखेपछि झोलाकै खल्तीमा भएको कागज हेरेर सम्बन्धीतलाई फोन गरेको उनको दावी छ । अनुजाका अनुसार पैसा हराएपछि सिधै काठमाडौ आएका पुरुषोत्तम पौडेल पाँच दिन पछि धरान पुगेर पैसा बुझी फर्किएका थिए । तर समाचार यति धेरै फैिलंदा पनि पौडेल सम्पर्कमा छैनन् । उनको फोन नम्बर समेत गल्तीवश डिलेट भएको अनुजाको भनाइ छ ।
‘कोही व्यक्ति ९१ लाख रुपैयाँ बोकेर बसमा िहंड्नु र झोला छाडेर जानु आफैमा आश्चर्य हो’- इलाका प्रहरी कार्यालय धरानका डिएसपी दीपक रेग्मीको भनाइ छ । ‘फेरि त्यति धेरै पैसा हराएपछि प्रहरीमा उजुरी गर्नुपर्ने हो तर सम्बन्धीतले पैसा हराएको पाँच दिन सम्म पनि उजुरी गरेको देखिएको छैन ।’ फेरि बसमा कसैले बिर्सेर गएको करिव २० किलोको झोला उठाएर घर जानुलाई पनि प्रहरीले शंकास्पद भनेको छ । तर अनुजाले आजभोलि प्रहरीको इमान विग्रदै गएकोले पैसा आफूले चौकीमा नदिई घर लगेको बताएकी छन् ।
अनुजाले पत्रकारहरुलाई दिएको विवरण अनुसार पौडेलले २६ चैत र त्यसको आसपासमा पुरुषोत्तम पौडेलको नाममा काठमाडौ र धरानबाट कुनै कारोबार नभएको तथ्य फेला परेको छ । आइएमईबाट एउटै व्यक्तिले त्यति धेरै पैसा निकालेको थियो भन्ने समाचार आएपछि आइएमइका कार्यकारी निर्देशक योगेश्वर ढकालले अनुसन्धान गरेका थिए । उनका अनुसार त्यस्तो नाममा कुनै कारोबार भएको छैन । इटहरीबाट अरु कुनै व्यक्तिका नाममा पनि त्यो दिन ९१ लाखको कारोबार भएको छैन फरक फरक नामबाट धेरै पैसा निकालेको भए फरक कुरा हो- ढकालको भनाई छ ।
पैसा फिर्ता दिने प्रचारमा आइरहे पनि फिर्ता पाउने कतै नदेखिएको जिल्ला प्रशासनले शंका व्यक्त गरेको छ । विहिबार नै प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले घटना साँचो हो कि मनगढन्ते हो भनेर अनुसन्धन गर्न धरानका डिगएसपी रेग्मीलाई निर्देशन दिएका थिए ।
रेग्मीले विहिबार विहान फोन गरेर अनुजालाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय आउन भनेका थिए । तर अनुजाले पछि फोन गरेर आज आउन सकिन शुक्रबार आउँछु भनेकी छन् ।
प्रहरीले बोलाउँदा पनि नआएको खबर पाएपछि प्रजिअ थपलियाले विहिबार साँझ आफैले अनुजालाई फोन गरेका थिए । हेर नानी तिमीले साँचो बोलेको हो भने त धेरै महान काम गर् यौ त्यसको सम्मान पनि पाउनु पर्छ तर झूट बोलकी रहेछौ भने फँस्छौ है । उनले अनुजालाई भने र तर जवाफमा अनुजाले आफूले साँचो नै बोलेको दावी गरेको थपलियाले बताएका छन् ।
Monday, April 18, 2011
चीनमा रोमान्स पाठ्यक्रममा समावेश गर्ने वा नगर्ने बहस
के रोमान्स सिकाउनुपर्ने विषय हो ? के प्रेममा पर्नु त्यत्ति महत्वपूर्ण हो कि जुन विश्वविद्यालयकै पाठ्यक्रममा समावेश गर्नुपर्दछ ?
बेइजिङका शिक्षा अधिकारीहरूले कलेजहरूका लागि मानसिक स्वास्थ्यको कार्यक्रमका लागि मनोविज्ञानको पाठ्यक्रममा प्रेम कसरी गर्ने भन्नेबारे नगरका विश्वविद्यालयहरूलाई सलाह दिँदै एउटा मस्यौदा पाठ्यक्रम सार्वजनिक गरेपछि यी प्रश्नहरू व्यापक बनेका छन् । यो मस्यौदा गत सोमबार सार्वजनिक गर्नासाथ यसले ठूलो विवाद जन्मायो ।
क्यापिटल नर्मल विश्वविद्यालयकी विद्यार्थी झाङ यु भन्छिन् “रोमान्स सिकाउन सकिँदैन, तपाइँ आफैँले अनुभव गर्नुपर्दछ र बुझ्नुपर्छ । उनी भर्खरै आफ्ना केटा साथीसँगको विछोडमा थिइन । उनले भनिन— म यो विषय पढ्न त सक्छु तर केवल मनोरञ्जनका लागि मात्र । कुनै सम्बन्धमा रहन नचाहने मेहनती विद्यार्थीले यो विषय पढेमा के होला ? यसले उसलाई सहायता गर्ला कि विचलित बनाउला भन्ने पनि प्रश्न उठेको छ ।
धमाधम वीर्य सङ्कलन
त्यसै पनि सुरक्षा निकायको जागिर जोखिमपूर्ण, हत्केलामा ज्यान राखेर हिँड्नुपर्ने । दुश्मनले ˆयाट्ट फेला पारी हाल्यो भने जीवन लीला नै चट Û त्यसमाथि अफगानिस्तानजस्तो खतरनाक युद्धभूमिमा तैनाथ हुनुपर्दा बाँच्ने आशा कमै हुन्छ । शायद Û यस्तै शतप्रतिशत जोखिमलाई ध्यानमा राखेर होला अफगान भूमिमा सङ्घर्षरत बेलायती सेना हिजो-आज आˆनो वीर्य पि|mज गराउने काममा निकै रुचिपूर्वक सक्रिय छन् । उनीहरूले यसरी वीर्य पि|mज गराउने काममा निकै रुचिपूर्वक सक्रिय छन् । उनीहरूले यसरी वीर्य पि|mज गराउनुको उद्देश्य हो- आफू युद्धमा मरिहालियो भने पनि आˆनो वंश चाहिँ फैलियोस् । वीर्य बैङ्कमा आˆनो वीर्य पि|mज गराएर र्फकंदै गरेका एकजना बेलायती सैनिक मार्क एलिन भन्छन्- युद्धमा ज्यान गइहाले पनि आˆना पत्नी वा गर्लप|mेन्ड आˆनै पति वा ब्वाइप|mेन्डको वीर्य प्रयोगद्वारा गर्भवती हुन र उनीहरूले वंश विस्तार गरिदिउन् भन्ने सोचका साथ यसरी वीर्य सङ्कलन गराएको हौँ।
बेलायती सैनिकहरूले वीर्य पि|mज गराउन अफगानिस्तानस्थित एउटा निजी र्फमको सहयोग प्रान्त गरिरहेका छन् । सो फार्मले सेनाका अतिरिक्त त्यसरी वीर्य पि|mज गराउन चाहने अरू व्यक्तिहरूको पनि वीर्य सङ्कलन गरिँदै आएको छ । अफगानभूमिमा तैनाथ अर्का बेलायती सेनिक 'देरी' की पत्नी लोया भन्छिन्- वीर्य सङ्कलनले हामी कहाँ संस्कारकै रूप लिन थालेको छ । उनका अनुसार सैनिक पत्नी तथा गर्लप|mेन्ड नै हिजोआज आˆना पति युद्ध मैदानतर्फ जानुअघि वीर्य सङ्कलनको सल्लाह दिन्छन् र त्यसै गराउँछन् पनि । 'यदि युद्ध मैदानबाट ऊ कुशलतापूर्वक फर्किएन भने कम्तीमा हामीले उसको वंश त सुरक्षित गराउने छौँ नि Û' लोयाले थपिन् । वीर्य सङ्कलन केन्द्रका अनुसार पि|mज गराइएको वीर्य बढीमा एक वर्षसम्म प्रयोगमा ल्याउन सकिनेछ र त्यसवापत सम्बन्धित व्यक्तिले एक हजार डलर भुक्तान गर्नुपर्दछ ।

हात मिलाउँदा शारीरिक अवस्था पत्ता लाग्न ,गाँजा पनि औषधी ,अब माउस नचाहिने,
लन्डन युनिभर्सिटीका वैज्ञानिहरूले मानिसले हात मिलाउने तरकिाको अध्ययनबाटै मानिसको उमेर र उसको शारीरकि दुर्बलताबारे पत्ता लगाउन सकिने बताएका छन्।
वैज्ञानिकहरूका अनुसार, शारीरकि सन्तुलन र हात मिलाउने समयमा व्यक्तिले खर्चिने शक्तिको अध्ययनबाट यस्तो नतिजा पत्ता लगाउन सकिनेछ। बि्रटिस जर्नलमा प्रकाशित उक्त अध्ययनको निष्कर्षमा भनिएको छ, 'हात मिलाउने तरकिाबाटै व्यक्तिलाई लाग्नसक्ने सम्भावित रोग र त्यसको निदानको उपायबारे पनि बताउन सकिनेछ।'
अमेरकिी शोधकर्ताहरूले मस्ितष्कले सोचेकै आधारमा चल्ने कम्प्युटर माउसको आविष्कार गरेका छन्। उनीहरूका अनुसार, कम्प्युटर स्िक्रनमा देखिने क्रसर चलाउन अब हातको प्रयोग आवश्यक छैन। वैज्ञानिकहरूका अनुसार, यस्तो प्रविधिले शारीरकि विकलांगहरूलाई कम्प्युटर चलाउन मद्दत गर्नेछ। ध्वनि आदेशका आधारमा पनि यस्तो माउसले काम गर्ने वैज्ञानिकहरूले बताएका छन्। ध्वनि उच्चारण हुँदा मस्ितष्कमा पैदा हुने तरंगका आधारमा कम्प्युटरले काम गर्ने वैज्ञानिकहरूको दाबी छ। मस्ितष्कको अत्यन्त सूक्ष्म गतिविधिको आदेश मान्न सक्ने यस प्रविधिलाई इलेक्ट्रोकार्टिकोग्राफी भनिन्छ।
क्यानेडियन वैज्ञानिकहरूले गाँजा खानु स्वास्थ्यका लागि राम्रो रहेको निष्कर्ष निकालेका छन्। उनीहरूका अनुसार, गाँजाले शारीरकि दुखाइ कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। वैज्ञानिकहरूका अनुसार, निन्द्रा नलाग्ने मानिसका लागि पनि गाँजा उपयोगी हुनसक्छ। धमनीको समस्याबाट पीडा खेपेका बिरामीका लागि पनि गाँजा उपयोगी हुनसक्ने अध्ययनले देखाएको छ। वैज्ञानिकहरूले गाँजामा रहेको रसायनिक तत्त्वहरूको सम्मिश्रणबाट औषधी बनाउन सकिनेसमेत बताएका छन्।
प्रचण्डले बारम्बार ढाँटेको भन्दै कार्यकर्ता रुष्ट
कोचिला राज्य स्तरिय कार्यकर्ता प्रशिक्षणका लागी झापाको दमक आउने बताउनु भएका प्रचण्ड चौधो पटक पनि कार्यक्रम स्थगन गरेर नआएपछि कार्यकर्ताहरु रुष्ट बनेका छन ।
कार्यकर्ता प्रशिक्षणका लागि एकिकृत नेकपा मोवोबादीका अध्यक्ष फष्पकमल दाहाल ुप्रचण्डु आउने भनेर चारै पटक अन्तीम तयारी भएको थियो ।
अन्तीम समयमा आएर कार्यक्रम स्थगित हुँदै आएको र यसले कार्यकर्ताम्ाा निराशा पैदा गरेको मोवाबादीका एक जिल्ला नेताले बताउनु भयो ।
शुरुमा गएको चैत २१ गते शहिद दिवशको दिन उहाँ सुखानी आएर यतै बसि २२ र २३ गते दमकमा प्रशिक्षणमा सहभागी हुने कार्यक्रम बनेको थियो ।
यसका लागी तयारी सम्पन्न भइसकेपनि र कार्यकर्ताहरु झापा आउन थालेपनि अन्तिममा कार्यक्रम स्थगित भएको बताइएको छ ।
त्यसपछि पुन चैत २७ गते प्रचण्ड आउने भनेर कार्यकर्ताहरुलाइ सर्कुलर गरिएको र यसका लागी पनि तयारी भएको थियो ।
प्रशिक्षणमा सहभागी हुन आउने कार्यकर्ताहरुले २६ गते अबेर कार्यक्रम स्थगित भएकॊ सुचना पाएका थिए ।
त्यसपछि प्रचण्ड सहितका पार्टीका बरिष्ठ नेताहरु चैतको २९ गते आउने तय भएकोमा यो पनि अन्तिममा आएर रोकिएको थियो ।
नयाँ बर्षको शुभकामना पुर्वमा साटासाट गर्न बैशाख १ गते झापाको दमक आउने र २ गते शुक्रबार देखि प्रशिक्षण शुरु हुने जनाइए पनि राष्ट्रिय राजनितीका कारण उहाँ आउन नसक्नु भएको र फेरी कार्यक्रम रोक्नु परेको एकिकृत नेकपा मावोबादी कोचिल्ाा राज्य समितीका सचिबालय सदस्य गगन पुरीले बताउनु भयो ।
मन्त्री परिषदले पुर्णता पाएपछि मात्र अबको कार्यक्रम तय हुने र मन्त्री परिषदले पुर्णता नपाएको र त्यसका लागी छलफल गर्नु पर्ने भएकाले दाहालको कार्यक्रम सरेको पुरीले बताउनु भयो ।
यता मोवाबादीका कोचिला समितीकै अर्का एक सदस्यका अनुसार मावोबादी भित्र देखिएको बिभिन्न धारका कारण बारम्बार अन्तिम समयमा कोचिला क्षेत्र स्तरिय प्रशिक्षण कार्यक्रम स्थगन भएको हो ।
बाबुराम पक्षधर कार्यकर्ताहरु हाबी हुन सक्ने संकेत पाएका कारण दाहाल समस्यामा परेर कार्यक्रम स्थगन गर्न बाध्य बन्ने गरेको ती सदस्यले बताउनु भयो ।
यता एकिकृत नेकपा मावोबादीका जिल्ला इन्चार्ज सन्देशले कार्यकर्ताहरुले गुनासो गर्ने ठाँउ रहेको बताउदै मन्त्री परिषदमा जानेहरुको टुङ्गो लगाउनु पर्ने भएकाले पार्टी अध्यक्ष दाहाल आउन नसक्नु भएको जानकारी दिनु भयो ।
पाटी भित्र बिचारको संघर्ष रहेको सबै सामु आइसकेको र धारका कारण यो कार्यक्रम बारम्बार स्थगित भएको भन्नुमा कुनै सत्यता नरहेको उहाँको भनाइ रहेको छ ।
झापाको दमकमा रहेको रेडक्रस भवनको सभाहल मावोबादीले ुबुकुगर्दै त्यसको मिति सार्दै आएका छन ।
झापामोरङ्ग र सुनसरी जिल्ल्ााका जिल्ला स्तरका सबै नेता र राज्य समितीका सदस्यहरु गरेर एक हजार दुइ सय भन्दा बढी नेता कार्यकर्ता प्रशिक्षणमा सहभागी हुने जनाइएको थियो ।
मावोबादी अध्यक्ष दाहालबरिष्ठ उपाध्यक्ष मोहन बैद्य र बाबुराम भट्टराइ तीनै जना नेतालाइ बोलाइएपनि दाहाल आउने भने पक्कापक्की रहेको कार्यकर्ताहरुमा सर्कुलर गरिएको थियो ।

एक सय पाँच धारा जडान क्षमता छत्तिस सय धारा जडान
जम्मा एक सय पाँच वटा धारा जडानका लागि निर्माण गरिएको एउटा खानेपानी आयोजनामा अहिले तीन हजार छ सय भन्दा बढी धारा जडान भएको छ भन्दा तपाइलाइ पत्यार लाग्छ
तपाँइलाइ पत्यार नलाग्न सक्छ तर यस्तै गरेको छ झापाको दमकमा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले।
२०४२सालमा एशियाली बिकास बैंकले यहाँका बासिन्दाहरुलाइ स्वच्छ खानेपानी उपलब्ध गराउन दमकबजार र आसपासमा सार्बजनिक धारा बितरणका लागी यो खानेपानी आयोजना निर्माण गरिदिएको दिएको थियो ।
खानेपानी आयोजना निर्माण सम्पन्न गरेर उक्त योजना स्थानिय उपभोक्ता समितिलाइ हस्ताण्तरण गरिएपछि उदेश्य बिपरित जथाभाबी धारा जडान गरेपटि दमकमा अहिले समस्या आएको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष पशुपतीराज गौतमले दिनु भएको जानकारी अनुसार यो योजनाको लक्ष्य एक सय पाँच वटा सार्बजनिक धाराका लागी मात्र रहेकॊ थियो ।
त्यस समय दमकका बिभिन्न स्थानमा निर्माण गरिएका सार्बजानीक धाराहरु अहिले एउटा पनि रहेका छैनन ।
यसको संरक्षण र सम्बद्र्धन नभएका कारण अहिले ति धाराहरुको अस्तित्व नै नरहेको जनाइएको छ ।
एशियाली बिकास बैकले २०५१ सालमा यो आयोजना उपभोक्ता समितीलाई हस्तान्तरण गरको र त्यसपछि नगरबासीको सहजताका लागि भन्दै घरघरमा उदेश्य बिपरित धाराहरु जडान गर्न थालिएको समितिका एक पुराना कर्मचारीले बताउनु भयो ।
यसरी घरघरमा खानेपानीको धारा जडान गरिएपछि सार्बजानिक धारालाइ संरक्षण गर्न कसैले वास्ता नगरेको र अहिले सबै भत्काएर एउटा पनि सार्बजाजिक धारा बजारमा नरहेको अवस्था छ ।
एक सय पाँच वटा सार्बजानीक धारा जडानका लागि निर्माण गरिएको खानेपानी आयोजनालाइ उपभोक्ता समितिले घरघरमा धार जडान गर्न थालेपछि दाताहरुले अन्य आनेपानी आयोजनाका लागि ध्यान नदिएको हुन सक्ने बताइएक्ो छ ।
अहिले खानेपानी आयोजनाले थेग्न नै नसक्ने गरि तीन हजार छ सय धारा जडान भइसकेको र अझै पनि सयौ उपभोक्ताहरु धारा जडानका लागी लाम बसेको उपभोक्ता समितिका अध्यक्ष पशुपतिराज गौतम बताउनु हुन्छ ।
त्यतिखेरको जनसंख्यालाइ ख्याल गरेर निर्माण गरिएको खानेपानी आयोजना र ट्याङ्कीले कयौ गुणा जनसंख्या बडेको अवस्थामा पनि थेगीरहेको उपभोक्ता समितिका केहि सदस्यहरुले बताउने गरेका छन ।
दमकमा शहरीकरण तिब्र भएपनि नयाँ खानेपानी आयोजना निर्माण हुन नसकेको र बर्षेनी जति घर थपिन्छन धाराका लागि पनि त्ययति नै माग आउने गरेको उपभोक्ता समितिले बताएको छ ।

हावाहुण्डरीले अग्नी पिडित शरणार्थीको बिचल्ली
लगातारको पानी र हावा हुण्डरीका कारण तीन साता अघि आगलागी बाट बिस्थापित शरणार्थीहरुको दैनिकी अत्यन्तै कष्ठप्रद बनेको छ ।
एउटा त्रिपाल टाँगेर दिन रात बिताउदै आएका शरणार्थीहरुका त्रिपालहरु समेत हावाले उडाएको र बस्ने तथा सुत्ने स्थान हिलाम्मे बनेपछि शरणार्थीहरुको दैनिकी कष्ठप्रद बनेको हो ।
बालबालीकासुत्केरी महिलाबृद्ध तथा अशक्त शरणार्थीहरुको त झनै कन्तबीजोग भएको शरणार्थी अगुवाहरुले बताएका छन ।
आगलागीबाट ध्वस्त बनेको गोल्धाप शरणार्थी शिबिरमा रहेका चार हजार भन्दा बढी शरणार्थीहरु चार दिन अघि देखि दैनीक आउने हावाहुरी र पानीबाट प्रभावित बने पनि उनीहरुको उचित बसोबासको बन्दोबस्त हुन सकेको छैन ।
गोल्धाप शरणार्थी शिबिरका सचिब चिरिाब राइका अनुसार त्रिपाल उडाएर लगेको र सुत्ने तथा बस्ने ठाँउ हिलो नै हिलो भएर रातभर जागै बस्नु पर्ने अवस्था समेत सिर्जना भएको छ।
पानीले दाउरा समेत भिजेकाले दाउरा नबल्दा खाना पकाउन र बिरामीहरुले पानी तताएर समेत खान नपाएको राइले बताउनु भयो ।
शिबिरमा चार दर्जन भन्दा बढी सुत्केरी महिलाहरु रहेकोमा आधालाय शरणार्थी शिबिर बेलाडाँगीमा पुर्नस्थापना गरिएपनि बाँकी यहि शिबिरमा नै रहेको जनाइएको छ ।
उनिहरुलाइ तत्काल शरणार्थी शिबिर बेलडाँगीमा पुर्नस्थापना गराउन शिबिर ब्यवस्थापन समितिले पहल गरिरहेको बताएको छ ।
गोल्धाप भएको भिषण आगलागी पश्चात यहाँ अस्थाइ रुपमा त्रिपाल टाँगेर बयालीस सय शरणार्थीहरु बसोबास गर्दै आएका छन ।
तेश्रो देश पुर्नबासका कारण शरणार्थी शिबिर बेलडाँगीमा रहेका शरणार्थीको संख्या घटेको र यहि शिबिरमा गोल्धापका शरणार्थीहरुलाइ पुर्नस्थापना गरीने भनेर अस्थाइ रुपमा शरणार्थीहरुलाइ राखिएको दातृ निकायहरुले बताउदै आएका छन ।
गोल्धापका शरणार्थीहरुलाइ बेलडाँगीमा पुर्नस्थापना गरीएको र एक सातामा बीस भन्दा बढी शरणार्थीै परिवार बेलडाँगी ल्याइसकिएको पनि जनाइएको छ ।
शरणार्थी समन्वय इकाइका उपनिर्देशक एबं झापाका साहयक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलका अनुसार आगलागी पिडित शरणार्थीहरुको समस्या बुझेर उनिहरुलाइ चाँडो शिबिर स्ताण्तरण कार्यलाइ तिब्रता दिइदैछ ।
सुत्केरी महिलाबृद्ध तथा शारिरिक रुपमा अशक्तहरुलाइ शिबिर स्ताण्तरण गर्न शुरु गरिसकीएको पोखरेलले जानकारी दिनु भयो ।
पानी परेपछि शिबिरमा हैजा लगायतका सरुवा रोग सर्ने खतरा बडि हुने भएकाले आम्दा अस्पतालले बिशेष शतकर्ता अपानाएको बताएको छ ।
शरणार्थीहरुले भने दातृ निकायले आफुहरुको समस्या नबुझेकाले दिन र रात काटन मुश्किल भएको बताउदै आएका छन ।्
आठ दश जनाको परिवारलाइ एउटा त्रिपाल दिएर त्यहि बस्न भनेको र त्यो पनि हावाले उडाएर च्यातेपछि समस्या भएको उनिहरु बताउछन ।
शरणार्थी शिबिर गोल्धाप र पथरीमा एक साथ चैत ८ गते आगलागी हुँदा सयौ शरणार्थीका छाप्राहरु जलेर नष्ट भएको थियो ।

एक आपसबाट रकम जुटाएर राष्ट्रिय प्रतियोगीताको तयारी
त्यसै पनि गाँउ घरमा ठुला खेलकुदका प्रतियोगीताहरु कमै मात्र आयोजना हुने गर्छन ।बिशेष गरि वडा स्तरिय गाँउ स्तरिय र जिल्ल्ाा स्तरिय सम्मका खेलहरु हुने गर्छन र यो भन्दा ठुला खेल प्रतियोगीताहरु बिरलै मात्र हुने गरेका छन ।
सरकारी निकायहरुको अनुदान र प्रायोजकको अभाब भएका ठाँउमा त यस्ता प्रतियोगीताहरु गर्न झनै समस्या हुने गरेको पाइन्छ ।
दृढ रुपमा लाग्ने हो र स्थानीय युवा एक हुने हो भने जस्तो सुकै खेल प्रतियोगीता पनि गाँउमा गर्न सकिन्छ भनेर लखनपुर २ मंगलबारेका युवाहरुले देखाएका छन ।
सुगुन युवा क्लब मार्फत बर्षेनी एस।वाइ।सी च्यालेन्जकप प्रतियोगितको आयोजनाको माध्यमबाट यहाँका युवाहरुले यस क्षेत्रको एउटा बेग्लै पहिचान निर्माण गरेका छन ।
खेलकुदको क्षेत्रमा बर्षेनी करौडौ रुपिया खर्च भइरहेपनि यहाँ एक रुपिया पनि सहयोग राज्य स्तरबाट नभए पनि बिगत आठ बर्ष देखि निरन्तर रुपमा वडाजिल्ला र क्षेत्रिय स्तरको भलिबल प्रतियोगीता हुदै आएको छ ।
क्लबका पुर्व अध्यक्ष प्रमोद दाहालका अनुसार प्रतेक बर्ष क्लबका पदाधिकारी र स्थानीय क्षेत्रका खेलप्रेमीहरु संग रकम उठाएर नै यो प्रतियोगीता गराइदै आएको छ ।
प्रतेक बर्ष यहाँ हुने भलिबल प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु समेत आउने भएकाले हजारौ दर्शकको समेत उपस्थिति रहने पनि गरेको छ ।
दाहालका अनुसार प्रायोजक र सरकारी निकायबाट सहयोग मागीएपनि गाँउमा प्रतियोगीता गर्न कसैले रकम नदिने गरेको र आँफु आफुले एक आपसमा रकम उठाएर प्रतियोगितालाइ बर्षेनी स्तरउन्नति गरिदै लगिएको छ ।
वडागाँउजिल्ल्ाा र क्षेत्रिय स्तरको हुँदै आठौ एस।वाइ।सी। च्यालेन्ज कप २०६८ मा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गर्ने तयारी भएको प्रतियोगीता मुल आयोजक समितिका संयोजक नित्यानन्द ताजपुरीयाले बताउनु भयो ।
राष्ट्रिय स्तरका भलिबल टिमहरुको सहभागीता जुटाउनका लागि समिती निर्माण गरेर काम शुरु गरिएको बताउदै यसका लागि क्लबका सदस्य र गाँउघरमा नै सहयोग जुटाउन शुर गरिएको उहाँले बताउनु भयो ।
तेह् वटा समुह सहभागी हुने र राजधानी लगायत देशका बिभिन्न जिल्लाबाट भलिबल टिम आउने भएकाले यस बर्ष खर्च पनि बडने भएकाले आयोजकालाइ पिरलो पनि थपएिको छ ।
यो पिरलो हल गर्नका लागी बिगतमा बर्ष भन्दा यो बर्ष क्लबका सदस्यहरुबाट बडि रकम उठाँउन शुरु गरिएको र रकम अपुग भंएको अवस्थामा भाग लगाएर अझै उठाउने निर्णय भएको क्लबले जनाएको छ ।
खेलकुद आयोजक समितीका उपाध्यक्ष गणेश आङदम्बेका अनुसार यहाँ आउने खेलाडीहरुलाइ बसोबास र खानका लागि होम स्टे को ब्यवस्था गरिने र यसको जिम्मेवारी समेत क्लबका पदाधिकारीले नै लिने निर्णय समेत भएको छ ।
क्लबका पदाधिकारी तथा भलिबल प्रतियोगीता आयोजक समितीका सदस्यहरुकै घरमा खेलाडीहरुलाइ स्वागतका साथ राखिने र ग्रामिण क्षेत्रमा पनि राष्ट्रिय खेल प्रतियोगिता राज्यको सहयोग बिना नै स्ाम्भब छ भन्न्ो क्लबले देखाउने छ ।
बैशाख दश गते देखि लखनपुरको मंगलबारे बजारको खाली स्थानमा हुने भलिबल प्रतियोगितामा बिगतमा भन्दा पुरुस्कारको राशि समेत बडाइएको छ ।
प्रतियोगीतामा प्रथम स्थान हासिल गर्नेले नगद चाल्ाीस हजार र प्रमाणपत्र तथा ट्रफी पाउने र दोश्रो स्थान हाँसिल गर्नेलाइ बिस हजार नगद र ट्रपीु प्रदान गरिने तयारी भएको छ ।
अन्य बिभिन्न पुरुस्कारहरु समेत राखिएको र खेल सम्पन्न गर्नका लागि करिब पाँच लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगीता मुलआयोजक समितीका सचिब रोशन दाहालले बताउनु भयो ।
प्रतियोगीता मुल आयोजक समितीका संयोजक नित्यानन्द ताजपुरीयाले पुर्वमा र सम्भवत नेपालमा नै पहिलो पटक स्थानीय युवाहरुको आफनै सकृयतामा प्रायोजक र सरकारी सहयोग बिनानै यति ठुलो प्रतियोगीता गराउन लागेको यो पहिलो हो ।
बिगतका बर्षहरुमा अन्तिम खेल हेर्नका लागि पाँच हजार भन्दा बढी दर्शक आएकोमा यो बर्ष यो संख्या दोब्बर हुने र यसै अनुसार खर्च समेत बडने कोशाध्यक्ष दिनेश दाहालको भनाइ छ ।
क्लबका पदाधिकारीप्रतियोगिता मुलआयोजक समितीका सदस्यक्लबका पुर्व पदाधिकारीसल्लाहकारहरु र स्थानीयबासिहरु संग सहयोग जुटाउन शुरु गरिएको दाहाललले जानकारी दिनु भयो ।
Friday, April 8, 2011
नगरौं है दाउराको प्रयोग
के तपाईं इन्धनका रूपमा दाउराकै प्रयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ र तपाईंका निम्ति सम्भव छ भनें दाउराको प्रयोग गर्न छाड्नु नै तपाईंका निम्ति वेश हुनेछ । झण्डै दुई महिना अघि मात्र कोपेनहेगेन विश्वविद्यालयका अनुसन्धाताको एउटा टोलीले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा इन्धनका रूपमा दाउराको प्रयोग स्वास्थ्यका दृष्टिले अत्यन्तै खतरनाक भएको निष्कर्ष निकालिएको छ ।
दाउरा बाल्दा उत्पन्न हुने धूँवा र आँखाले समेत नदेखिने खालका कणले मानव स्वास्थ्यलाई दीर्घकालसम्म असर पार्ने सो प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा यसबाट खासगरी मानिसमा क्यान्सर, फोक्सोको समस्या र मुटु रोगको जोखिम बढ्नसक्ने सम्भावना औँल्याइएको छ । अनुसन्धाता एवं सो विश्वविद्यालयका प्राध्यापक स्टेफन लˆट भन्छन्- दाउरा वा काठको चुल्हो प्रयोग गर्दा त्यसबाट निस्कने धँूवा वा स-साना कणबाट सोझै मानिसको फोक्सो प्रभावित हुन्छ जसको परिणाम स्वरूप मुटु रोग, फोक्सोको समस्या वा क्यान्सरजस्तो डरलाग्दो रोग झेल्नुपर्ने हुनसक्छ । "सम्भव छ भने तपाईं दाउराको प्रयोग छाड्नुहोस्, यदि हैन भने सुख्खा दाउराको प्रयोगमा मात्र जोड दिनुहोस् जसबाट धूँवा कम आउछ" प्रोफेसर लˆटले प्रतिवेदनमा आˆनो भनाई राख्दै लेखेका छन् ।
पछिल्ला दिनहरूमा तेल, ग्यास र विद्युत्को मूल्य चर्को ढङ्गबाट बढेपछि बेलायतलगायत केही युरोपेली मुलुकमा काठको चुल्होको प्रयोग बढ्न थालिरहेको अवस्थाबीच यो प्रतिवेदन सार्वजनिक भएको छ । यसअघिको एउटा अनुसन्धानले भने गाडी र कोइलाबाट निस्कने धूँवा मात्र मानव स्वास्थ्यका लागि प्रतिकूल हुने जनाएको थियो ।

Monday, April 4, 2011
पुरुषलाई पहिलो नजरमै कसरी आकर्षण गर्छ .......
युवापुस्तामा पुगेका पुरुषको ध्यान राम्री युवतीलाई हेर्नुमा पनि हुन्छ । पहिले उनीहरू राम्री युवतीलाई हेर्छन् त्यसपछि उनीहरूको अंग हेर्न थाल्छन् । पुरुषमा यस्तो स्वभाव देखिएको हजारौं वर्ष भैसकेको छ । पुरुषले कुनै पनि युवतीलाई आँखा सामुन्ने देखेपछि पहिले गर्धन हुँदै स्तनमा आँखा पुर्याउँदै तिघ्रामा दृष्टि फ्याँक्छ । द मेल ब्रेन नामक पुस्तकमा उल्लेख भएअनुसार पुरुषले तिघ्रा हेरेपछि ज्ञानेन्दि्रयतर्फ पनि ध्यान केन्दि्रत गर्छ । पुरुषलाई महिलाको ठूलो स्तन, पातलो कम्मर, सम्म पेट तथा गोलो पुठ्ठा बढी मन पर्छ । यस्तो किसिमको शारीरिक बनावट भएका युवती देखिए कुनै पनि जाति र वर्णका पुरुष आकषिर्त हुन्छन् ।
महिलाको शारीरिक बनावटले पुरुषलाई पहिलो नजरमै कसरी आकर्षण गर्छ र महिलाको कुन अंगले पुरुषलाई बढी आकषिर्त गर्छ भने विषयमा धेरै अनुसन्धान एवं सर्वेक्षणहरू सम्पन्न भैसकेका छन् । अहिलेसम्म भएका अनुसन्धानमध्ये युनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको अनुसन्धानमा के पाइयो भने कुनै पनि पुरुषले एक सेकेन्डको पनि पाँचौं भागमा उसले महिला आकर्षक छ कि छैन भन्ने विषयमा निर्णय गरिसकेको हुन्छ । यो निर्णय गर्ने क्रममा पुरुषका केही ज्ञानेन्दि्रय सक्रिय हुनुका साथै रक्तचापसमेत वृद्धि हुन्छ ।
युनिभर्सिटिका वैज्ञानिकहरूले पुरुषमा यस्तो किसिमको प्रतिक्रिया किन हुन्छ भनेर थप अनुसन्धान गर्दा यौनका विषयमा पुरुषहरूको मस्तिष्कले महिलाको तुलनामा २ दशमलव ५ गुणा बढी टोस्टेसटोरोन हार्मोन उत्पादन गर्छ । यसरी हार्मोनको बढी उत्पादनले गर्दा यौन आकर्षणको क्षेत्रमा पुरुषको मस्तिष्क महिलाको तुलनामा १० देखि १५ गुणा बढी सक्रिय हुन्छ । यही कारणले पनि पुरुषहरू यौनको क्षेत्रमा महिलाभन्दा बढी सक्रिय हुन्छन् । अझ सर्वेक्षणले के प्रस्ट पारेको छ भने पुरुषले आफ्नो जीवनमा १४ जना फरक महिलासँग यौन सम्पर्क राख्छ भने महिलाले जीवनमा १ वा २ पुरुषसँग मात्र शारीरिक सम्पर्क राखेका हुन्छन् ।
भारतले विश्वकप जित्यो म नाङ्गै दौडिनेछु
चर्चामा आउन बहाना न चाहिन्छ, सो भारतकी मोडेल पुनम पाण्डेलाई चर्चामा आउन अहिले एउटा बाहना फेला पर्यो ।यही मौका छोपेर मोडल पुनमले भारतमा एउटा स्क्याण्डल मचाइन त्यसबाट उनले निक्कै चर्चा पनि पाइन ।
भारत-पाकिस्तानको सेमिफाइनल अघि पुनमले घोषणा गरिन्, यदी भारतले विश्वकप जित्यो भने म नाङ्गै दौडिनेछु । भारतले पाकिस्तानलाई सेमिफाइनल जित्यो र फाइनलमा पुग्यो । सेमिफाइनल जितेको खुशीमा पुनमले फेरी एकपटक घोषणा गरिन्, अब नाड्ढो हुने दिन धेरै टाढा छैन ।
मोडेल पूनम पांडे नेटबाट सबभन्दा बढी डाउन लोडेड हुने मोडलमा पर्दछिन्। यस बर्षको किंगफिशर क्यालेण्डरमा उनले सबैलार्इ आकर्षित तुल्याएकी थिर्इन। उनी भारतिय टोलीका ठुला प्रसंशक समेत हुन ।
पूनमका अनुसार यो कुनै प्रचारका लागि गरिएको वक्तव्य होर्इन, भारतिय टोली बिजय भएमा उनले साच्चैकै भारतिय खेलाडीहरूको ड्रेसिंग रूममा कपडा उतार्ने भर्की हुन। अझ उनले भारतिय बोर्डले इजाजत दिएमा खेल मैदानमा नै कपडा उतार्ने समेत बताएकी छिन्।
यस भन्दा अगाडी गत बिश्व कप फुटबलमा बिख्यात फुटबलर तथा प्रसिक्षक माराडोनाले आफ्नो टोली बिश्व बिजय भएमा अर्जेटीनाको गल्लीहरूमा नांगै घुम्ने इच्छा व्यक्त गरेको थियो।

दिसा पचाउन बाध्य छन सन्थाल महिलाहरु
बिहान उज्यालो नहुदै जुरुक्क उठ्यो र लोटामा पानी बोकेर लाग्यो खोला तथा खो_िल्स तिर ।बिहान अलिकता उठनलाइ ढिलो भयो भने आपत आइलाग्छ झापा कोरोबारी १ तुलाचनमा रहेको सन्थाल बस्तिका महिलाहरुलाइ ।
एउटै टोलमा संगै पैतीस भन्दा बढी घर रहेका छन र झण्डै दुइ सयको हाराहारीमा सन्थालहरुको जनसंख्या रहेको छ ।यसमा आधा जसो महिलाहरु नै रहेका छन ।
अशिक्षा र गरिबिको चपेटामा रहेका लोपन्मुख अवस्थामा पुगेका सन्थालको यो बस्तिमा एउटा पनि शौचालय रहेको छैन ।
एउटा सिङ्गो बस्तिमा नै शौचालय नभएपछि उनिहरु खुल्ला ठाँउमा नै दिसापिसाब गर्न बाध्य बनेका छन ।
बस्तिको छेउछाउमा हिउद र बर्षामा नै रोपाइ हुन थालेपछि खेतबारी शौचालय बन्दै आएकोमा यो पनि अब उनिहरुका लागि सम्भब हुन छाडेको छ ।
बस्तिबाट करिब दश मिनेटको दुरिमा धन्द्रा खोलो रहेको छ उनिहरुको लागी अस्थाइ भने पनि इस्थाइ भने पनि शौचालय अहिलेका लागि ।
बस्तिमा शौचालय नभएपछि र खाली जमिनमा रोपाइ गर्न थालिए पछि पुरुष भन्दा महिलाको जिबनमा धेरै असर गर्ने गरेको सन्थाल महिलाहरुको भोगाइ रहेको छ ।
पुरुष त खोलाको डिलमा गएर जति खेर पनि शौच गर्न सक्छन र गर्ने गर्छन तर महिलाहरुलाइ भने अप्ठ्यारो हुने भएकाले उज्यालो हुनु अगाबै खोला पुग्नु पर्ने हुन्छ ।
सन्थाल उत्थान संघकी फुलमणि हेमरमका अनुसार बिहान उठन ढिला भयो भने रोपाइ गर्ने र खेतमा काम गर्ने आउन थाल्ने भएकाले दिसा गर्न समस्या हुने गरेको छ ।
हेमरमले आफ्नो अनुभब सुनाउदै भन्नु भयोुबिहान उठन ढिला भयो भने घण्टौ सम्म दिसा आए पनि भित्रभित्रै पचाएर बस्नु पर्छ ।ु
बर्षाद लागेपछि यहाँका सन्थालहरुले दिसा गर्नलाइ धेरै सास्ति बेहोर्नु परेको छ भने थुप्रै संघर्ष पनि गर्नु पर्ने हुन्छ ।
खोलामा बाढी आउने र खेतबारीपनि हिलो हुने भएकाले दिसा गर्नलाइ समस्या हुने गरेको निकोलाश टुडुले बताउनु भयो ।
केहि बर्ष अघि सम्म हिउदमा भने सतारहरुलाइ दिसा गर्न समस्या हुन थिएन भने अहिले खेतबारि कहिल्यै खालि नहँुदा बाहै मास समस्या भएको छ ।
केहि बर्ष अघि सम्म सबैको खेतबारी खालि हुने भएकाले दाँउ हेरेर जसको पनि खेतबारीमा दिसा गरिदिने गर्थे भने अहिले गाँउगाँउमा बिजुली पुगेपछि मोटर गाडेर खेतमा सिचाइ हुन थालेपछि अर्काको खेतमा उनिहरु पस्न पाउदैनन ।
बिरामि नहुँदा त जसोतसो उनिहरु दिसा पचाएर या त ओल्टेकोल्टे फेरेर मानिस आवत जावत नभएको मौका पर्खेर दिसा गर्ने गर्छन तर पखाला लागेको बेला र पेट दुख्दा भने उनिहरु मर्नु न बाँच्नुको अवस्थामा पुग्ने गरेका छन ।
सतारहरुको बिशेषता भनेको एकै ठाँउ झुरुप्प बनेर बस्नु हो ।उनिहरु प्राय झरुप्प भएर नै बस्ने गर्छन ।घर आँटने मात्र जग्गा जमिन मात्र भए पनि उनिहरु यसरि नै बस्ने भएकाले शौचालय निर्माणका लागि उनिहरु संग जमिन समेत हुँदैन ।
सन्थाल महिला अगुवा फुलमणि हेमरमका अनुसार धेरैको शौचालय निर्माणको लागि जमिन छैन भने कतिपयले आर्थिक अभाबले गर्दा शौचालय नबनाएका हुन ।
उहाँले गाबिसका कर्मचारीको भनाइ उद्र्धत गर्दै भन्नु भयोुपहिले सतारका लागी शौचालय निर्माणका लागि पैसा आएको र शौचालय बनाएर त्यसमा दाउरा राखेकाले बजेट नपरेको हो ।ु
गाबिसमा बारम्बार बजेट माग्न जाँदा समेत आदिबासिलाइ आएको बजेट सकिएको भन्दै आफुहरुले भनेर पठाउने गरिएको हेमरमले बताउनु भयो ।
झापा र मोरङमा मात्र बसोबास रहेका सन्थाल अर्थात सतार सोझो ंएबं सिधा जातिको रुपमा रहेकाु छ ।
राज्यको उपेक्षा र गरिबिका कारण यो जाति दिनप्रतिदिन भारत तिर पलायन बन्दै गइरको छ ।
बेपत्ता भएको एक सय चौतिस बर्षपछि कि्रया बार्दै
तेह्रथुमको फाक्चामाराका गोपाल दाहाल बेपत्ता भएको एक दशक भन्दा पनि बढी भइसक्यो ।
अहिले सम्म उहाँ रहेको त कल्पना पनि गर्न सक्दैन उहाँको परिवारले । घर फर्केर आउने त कुरा त परै जाओस ।
हिन्दु परम्परा अनुसार मरेको मान्छेको बिधिवत रुपमा धार्मिक मान्यता अनुसार अीनतम संस्कार गरेर काजकि्रया गर्ने चलन रहेको छ तर बेपत्ता हुनेको के गर्ने र कहिले काजकि्रया गनेृ भन्नेमा निक्कै गाह्ो हुन्छ ।
वेपत्ता हुनु भएको दाहालको १ सय ३४ बर्षपछि आइतबार देखि झापाको दमकमा काजकि्रया शुरु गरिएको छ ।
विस १९२१ म्ाा तेह्थुममा जन्मनु भएका दाहाल १२ बर्षको उमेरको हुदाँ १९३३ सालदेखी वेपत्ता हुनु भएको थियो ।
त्यस समयदेखी वेपत्ता भएपनि एक दिन त घर फर्कनु हुन्छ भन्ने आश परिवारले प्रतेक दिन पाल्दै आएको थियो ।
अब भने परिवारलाइ त्यो आश रहेन र के गर्ने भन्ने बिषयमा पंण्डित तथा पुरोहित संग छलफल गरेर उहाँको काजकि्रया गर्ने निर्णय परिवारले गरेको हो ।
केन्द्रिय कार्यलय दमकमा रहेको दाहाल प्रतिष्ठानका पण्डितहरुको सल्लाहा अनुसार बैदिक परम्परा अनुसार आइतबारदेखी काजकि्रया थालिएको दाहाल परिवारले जनाएको छ ।
दाहाल प्रतिष्ठान दमकले निर्माण गरेको धार्मिक स्थलमा बेपत्ता भएका गोपालका दाजु चिन्तामणि दाहालका नाति नन्द्रप्रसाद दाहालले बैदिक परम्मपरा अनुसार काजकि्रया शुरु गर्नू भएको हो ।
लामो समय बित्दा समेत कुनै अत्तोपत्तो नलागेको कारण पण्डित तथा पुरोहितहरुको सरसल्लाह अनुसार पितृ मोक्षका लागि आफुले काजकि्रया गरेको नाति नन्द्रप्रसादले बताउनु भएको छ।
बेपत्ता भएको १ सय ३४ बर्ष बित्दा पनि घर नआएपछि बैदिक परम्परा अनुसार काजकि्रया गरिएको हो ।
जसरी अन्य मृतकको काजकि्रया गरिन्छ त्यहि बिधि अनुसार बेपत्ता दाहालको काजकि्रया गरिने कि्रयामा बस्नु भएका नन्दप्रसाद दाहालले बताउनु भयो ।

Sunday, April 3, 2011
सामुहिक रुपमा बन्दुक भाँचीयो
हरेक औपचारीक कार्यक्रमहरु बिधिवत उदघाटन गरेर मात्र शुरु हुन्छ ।sुनै कार्यक्रम प्रमुख अतिथिको हातबाट रिबिन काटेर शुरु गरिन्छ त कुनै कार्यक्रम मैन बत्ति तथा दिप प्रज्वलन गरेरे शुरुवात भएको संकेत गरिन्छ ।
शनिबार झापाको बिर्तामोडमा जेसिजले आयोजना गरेको एउटा कार्यक्रममा भने एउटा नयाँ र नौलो उदघाटन बिधि अपनाइयो ।
राजनैतिक दलका जिल्ला स्तरका नेताहरुको बाक्ल्ौ उपस्थिति थियो भने सभाषद सामाजिक अगुवानागरिक समाजका प्रतिनिधिहरुको पनि निक्कै भिडभाड रहेको थियो र सबैलाइ चासो थियो कसले कार्यक्रम उदघाटन गर्ला भनेर ।
कार्यक्रम उदघोषकले कार्यक्रम उदघाटन गर्ने बेला भएको बताइरहदा त्यहाँ रिबिन त थिएन नै मैनबत्ति तथा दिप प्रज्वलन गर्नका लागि पनि कुनै सामाग्री र संकेत समेत थिएन ।
एक्कासि एउटा लामो बन्दुक ल्याइयो र त्यही बन्दुक भाँचेर उदघाटन गरिन लागेको कार्यक्रम उदघोषकले बताएपछि कार्यक्रममा सहभागीहरु एक छिन सबै अलमल्ल परे ।
सामुहिक रुपमा यहि बन्दुक भाँचेर कार्यक्रमको बिधिवत उदघाटन गर्न भन्दै दमक जेसिजका अध्यक्ष सुवासचन्द्र भट्टराइ बन्दुक लिएर माचमा देखा पर्नु भयो ।
माचमा रहेका अतिथिहरुले सामुहिक रुपमा बन्दुक भाँच्दा त्यहाँ भित्रबाट एउटा मुरिलो निस्कियो ।
तत्कालै दमक जेसिजका अध्यक्ष सुवासचन्द्र भट्टराइले बन्दुककाु नालबाट बाँसुरी बजाउन थाल्नु भयो र बन्दुक नक्कली भएको बताउनु भयो ।
ुसत्ता होइन संबिधान देउदलगत स्वार्थ होइन राष्ट्र बचाऊभन्ने मुल नाराका साथ आयोजना गरिएको दबाब मुलका कार्यक्रको यसरि उदघाटन गरिएको हो ।
यस बारेमा स्पष्ट पार्दै भट्टराइले बन्दुकको नालबाट बाँसुरी बजाउन त सकिन्छ भने संबिधान निर्माण गर्न पनि सकिन्छ भन्न देखाउन खोजिएको बताउनु भयो ।
जनता बन्दुक पडकिएको सुन्न चाहादैनन र बन्दुकको गोली नभएर बाँसुरीको शान्तिपुर्ण धुन सुन्न्ा चाहान्छन भन्ने यस कार्यक्रमले सन्देश दिन खोजेको समेत बताइएको छ ।
सभाषद एबं काँग्रेस नेता शोभाकर पराजुलीएकिकृत नेकपा मावोबादीका झापा जिल्ल्ाा इन्चार्ज झलक िसंह दर्लामीनेपाली काँग्रेसका निबर्तमान जिल्ला सभापति सुधिरकुमार शिवाकोटीनेकपा एमालेका जिल्ला अध्यक्ष रबिन कोइरालाको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा कार्यक्रममा बोल्दै सभाषद तथा नेपाली काँग्रेसका नेता शोभाकर पराजुलीले हतियार मोहका कारण बाधा उत्पन्न भएको चर्चा गर्दै सबै जनता निशस्त्र नभएसम्म संबिधान निर्माणको अन्योलता कायम नै रहने जनाउनु भयो ।
बन्दुकका गोलीबाट जनता आजित बनिसकेकोले अब देशमा फेरी गोली चल्ने र निर्दोष मान्छे मारिने घटना नदोर्याउने बातबरण तयार गर्न नसकिए जनताले कहिल्यै माफ नगर्ने कार्यक्रममा सहभागीहरुले बिचार राखेको थिए ।

यौनका लागि सुँगुरको मासु राम्रो !
| |
Subscribe to:
Comments (Atom)

अर्जेन्टिनाकी राष्ट्रपतिले श्रीमान्-श्रीमतीबीच राम्रो यौन सम्बन्ध स्थापित गर्नका लागि सुँगुरको मासु खान आग्रह गरेकी छिन् । यो भियग्राभन्दा तगडा रहेको उनको तर्क छ । सुँगुरको तारेको मासु खाएपछि उनले श्रीमान्सँग गरेको सम्भोगले आफूलाई सन्तुष्टी दिने गरेको समेत बताएर हालै उनी चर्चामा आएकी छिन् ।