Monday, June 20, 2011

गाईको दूध चुस्ने पाठी


गाईले आफ्ना बाच्छाबाच्छीलाई दूध खुवाउनु त सामान्य नै हो। तर, गाईले आफ्नो बाच्छीसँगै बाख्राको पाठीलाई पनि सँगसगै दूध खुवाउने गरेको दृश्य भने विरलै मात्र देख्न पाइन्छ। गोरखा जिल्लाको मनकामना गाविस-६, बनौतीका किसान रामबहादुर सिर्मलको गोठको गाईले बाच्छी र पाठी दुवैलाई एकैपटक दूध खुवाउँछ। १३औँ बेतमा तिम्ल्याहा पाएपछि आमाको दूधले नपुगेर बाख्राको पाठीले गाईको कल्चौँडोमै गएर दूध खाने गरेको सिर्मल बताउँछन्।

भर्खर दोस्रो बेत ब्याएको गाईले झन्झटै नमानी बाच्छी र पाठीलाई दूध खुवाउने गरेको छ। सिर्मल भन्छन्, "सुरुसुरुमा पाठापाठी बचाउन गाई दुहेर खुवाउने गरेँ तर पछि एउटा पाठी भने आफैँ कल्चौँडोमा नै गएर खान थाली।"

No comments:

Post a Comment