Saturday, June 18, 2011
प्रेममा प्रेमीहरु अन्धा......................
भनिन्छ प्रेममा प्रेमीहरु अन्धा हुन्छन् । उनीहरुलाई दुनियाको कुनै परवाह हुदैन । मतलब हुन्छ त केवल आफ्नो प्रेमी वा प्रेमिकाको । हरेक दिन नै भ्यालेन्टाइन डे हुने गर्दछ यस्ता पागल प्रेमीहरुको लागि । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपकडबीच सडकमै न्यानो अङ्गालोमा बाधिएर एक अर्कालाई किस गर्दै एक जोडीले यस कुराको प्रमाण दिएका छन् ।
यो घटनाले उक्त अपरिचित जोडीलाई इन्टरनेट सेलिबि्रटी बनाइ दिएको छ । क्यानाडाको एक शहरमा हालै सम्पन्न हकी प्रतियोगिताको फाइनलमा बोस्टन ब्रुइन्सबाट पराजित भएपछि भ्यान्कोभर टिमका फ्यानहरुले हुलदंगा मच्चाएका कारण स्थिती तनाबपुर्ण बनेको थियो । शपिङका लागि स्वर्ग मानिने शहर तोडफोड र आगजनीका कारण कुरुप बन्न पुग्यो । रक्सीले मातेका केहि जमातले पार्किङ गरिएका कारहरुलाई पल्टाई आगो समेत लगाइ दिएका थिए । बाध्य भई भीडलाई तितरबितर गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । यद्यपी प्रेममा मस्त त्यो युवा जोडीलाई भिडन्त, ढुङ्गामुढाको कुनै वास्ता थिएन् । उनीहरुलाई प्रेम गर्नबाट फुर्सद नै नमिलेजस्तो देखिन्थ्यो ।
यस जोडीको खुलेआम प्रेमक्रिडाले सनसनीमात्र हैन, विवाद पनि ल्याएको छ । एक प्रत्यक्षदर्शीका अनुसार चोटका कारण सडकमा ढलेकी युवतीलाई अर्का युवकले सहयता गरिरहेका थिए । ‘झडप हुदाँ सडकमा लडेकी युवतीमाथि उनका प्रेमी पनि ढलेका थिए,’ अर्का प्रत्यक्षदर्शीले भने, ‘उनी पीडामा चिच्याइरहेकी प्रष्ट देखिन्थ्यो तर दुई सुरक्षाकर्मीले उनीहरुलाई वेवास्ता गर्दै छोडेको थियो ।’ झडपमा घाइते भएका १ सय ५० प्रदशनकारीलाई स्थानिय अस्पतालमा भर्ना गरिएको छ । त्यस्तै, घटनामा ९ जना सुरक्षाकर्मी पनि घाइते भएको प्रहरी प्रमुख जिम चुले बताए । त्यसो भए वास्तविकता के त ? यो भने छानबिन आयोगको प्रतिवेदनले नै देखाउला ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment