Saturday, June 18, 2011

एक १६ वर्षे युवतीलाई......................


जीवनमा सानोतिनो गल्ती त भइहाल्छ । कतिले यसलाई मनन गरी भावि दिनमा सुधार्छन् भने कोहि तुच्छ कुरा भन्दै वेवास्ता गर्छन । कहिलेकाही यहि सानो भूल ठूलो दुर्घटना निम्त्याउने कारण बन्न पुग्दछ । यस्तै भएको छ जर्मनीकी एक १६ वर्षे युवतीलाई । आफ्नो जन्म दिन धुमधामसाग मनाउने योजना बनाएकी थेसाले विश्वभर चर्चित सामाजिक सञ्जाल फेसबुकद्वारा साथीहरुलाई निमन्त्रणा पठाउने सोच बनाइन् । उनले फेसबुकमार्फत निमन्त्रणा त दिइन्, तर त्यसमा ‘प्राइभेट’ लेख्न भुलिन् । अब भएन बर्बाद ! निमन्त्रणा त संसारभरका लाखौ फेसबुक प्रयोगकर्ताहरु सबैलाई गएछ ।


थेसा दिन गन्दै थिइन आफ्नो जन्म दिनको प्रतिक्षामा । हानबर्गस्थित आफ्नै घरमा उनले पार्टीको आयोजना समेत गरेकी थिइन् । तर जब फूलको गुच्छा, वाइन, केक, पोष्टकार्डलगायत अन्य उपहार लिएर १५ सय भन्दा बढी आमन्त्रित नगरिएका पाहुनाहरुको लामालस्कर घरभित्र छिर्‍यो, थेसाको होसहवास उड्यो । परिस्थितीलाई नियन्त्रण गर्नु आफ्नो काबुबाहिर देखेपछि उनी पार्टी छोडी सुटुक्क घर बाहिर भागिन् । पछि स्थितीलाई काबुमा राख्न घर वरपर प्रहरी तैनाख गरिएको थियो ।

प्रहरी प्रवत्ता मिर्को स्ट्राइवरले बताएअनुसार भीड तितरवितर हुादा दर्जनौ युवतीहरुको खुट्टा मर्कियो भने सिसाका गिलास फुटी कैयौ रक्त्ताम्य भए । दुई ठाउामा आगलागी पनि भयो । जसलाई निभाउन अग्नि नियन्त्रकलाई बोलाउनु परेको थियो । दुःखी र आक्रोसित बनेका पाहुनाहरुले एक पोस्टरमा लेखेका थिए-’थेसा तिमी कहा छौ ? जन्म दिन मनाउनु कुनै गल्ती होइन ।’

फरार थेसा कहाँ गइन् भन्ने निकै हल्लाखल्ला भयो । पछि पो थाहा भयो- उनले टाढा बस्ने हजुरबुबा/आमासाग आफ्नो जन्म दिन रमाइलोसाग मनाएछिन् ।

No comments:

Post a Comment